Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

म्याग्दीको कुहूँमा व्यावसायिक सुन्तला खेतीको लहर

खबरडबली संवाददाता

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका रनबहादुर खत्रीले चार सय बोट सुन्तला रोपेका छन् । परम्परागत रुपमा धान खेती गर्दै आएका उनले करिब पाँच रोपनी खेतमा व्यावसायिकरुपमा सुन्तला खेती र तीन रोपनीमा केरा खेती गर्दै आएका छन्  । 

वैदेशिक रोजगारीको सिलसिलामा बहराइनमा करिब दुई दशक बसेर घर फर्किएका खत्रीले घर फर्किएपछि २०७३ सालदेखि परम्परागत खेती छाडेर व्यावसायिकरुपमा नगदे बालीमा समर्पित भएका छन् । गोपाल कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका उनले सुन्तला  र केरासँगै तरकारी, किबी र ड्रागनको समेत खेती गरेका छन् । खत्रीले करिब १६ रोपनी जग्गामा व्यावसायिक खेती र बाख्रापालन गर्दै आएका छन् । 

“बाह्र मुरी धान फल्ने खेत सबैमा सुन्तला रोपेको छु, यो वर्षदेखि सुन्तला फल्न थालेको छ, खेती गर्न पनि सजिलो तथा नगद आम्दानी पनि हुने भएकाले परम्परागत खेती छाडेर फलफूलतर्फ लागेको हुँ”, उनले भने। 

खत्रीले मौरीपालनसमेत गर्न थालेका छन् । व्यावसायिक बाख्रापालन पनि गर्दै आएका उनको फार्ममा करिब ३० बाख्रा छन् । वैदेशिक रोजगार त्यागेर कृषि उद्यम गरेपछि आफ्नो परिवारका तीन सदीस्य स्वरोजगार बनेको खत्रीको भनाइ छ । “फलफूलसँगै तरकारी खेती पनि गर्दै आएको छु, कृषि र पशुपालनबाट घरखर्च चलाउन सहज भएको छ, केरा र सुन्तलाबाट आम्दानी गर्ने बेला भएको छ, यसबाट वार्षिक रु १० लाखसम्म आम्दानी हुने अनुमान छ”, खत्रीले भने । 

कुहूँमा खत्रीले मात्रै होइन यहाँका अन्य किसानले पनि परम्परागत खेतीबाली छाडेर व्यावसायिक नगदेबाली लगाउन थालेका छन् । खाद्यबालीभन्दा फलफूल खेती सजिलो, रोगकीरा लागेमा प्राविधिक सहयोग लिन सहज भएको र आम्दानीका हिसाबले पनि लाभदायी भएकाले परम्परागत कृषिलाई रुपान्तरण गरेर फलफूल खेतीमा लागेको स्थानीय भद्रबहादुर जिसीले बताए । उनले धान रोप्ने खेतमा एक सय ७० सुन्तलाका बोट लगाएका छन् । सुन्तला खेती गरेको जमिनमा सिमी, भट्टलगायत खेतीसमेत हुने भएकाले फलफूल खेती लाभदायी बनेको जिसीको भनाइ छ ।  

कुहूँको मजुवा, अनबाङ, रातमाटा, खानीगाउँलगायत क्षेत्रमा धान र कोदो रोप्ने खेतबारीमा सुन्तला रोप्ने लहर नै चलेको छ । यहाँ सबैभन्दा धेरै सुन्तला नगेन्द्रबहादुर जिसीले एक हजारभन्दा बढी बोट रोपण गरेका छन् । धान र कोदो खेती गर्न लागत बढी लाग्ने र आम्दानी नहुने भएकाले व्यावसायिक रुपमा सुन्तला खेती थालेको उनले जानकारी दिए । यस क्षेत्रमा लालबहादुर केसी, वीरबहादुर खत्री, देवेन्द्र केसी, विष्णु जिसी, मोहन हमाल, यामबहादुर पुन, गङ्गाबहादुर खत्री, धर्मदक्त रेग्मी, रेशम शर्मा, दीर्घबहादुर खत्री, उदबहादुर खत्री लगायतले खेतसँगै पाखोबारीमा व्यावसायिक सुन्तला खेती गरेका छन् । 

सात वर्षदेखि कुहूँमा व्यावसायिक सुन्तला खेतीको लहर चलेको छ । सुरुआतमा सुन्तला लगाएका कृषकको बगैँचाबाट धमाधम बिक्री हुन थालेपछि अन्य कृषक पनि यसतर्फ आकर्षित भएका छन् । परम्परागत खेती छाडेर व्यावसायिक फलफूल खेतीमा लागेका कृषकलाई अनुदानमा बोटबिरुवा र उपकरणमा सहयोग गरिएको वडाअध्यक्ष एकजित रोकाले बताए । सिँचाइ सुविधाले खेती गर्न कृषकलाई सहज भएको छ । नगदे बालीबाट कृषकको जीवनस्तरमा सुधार आउन थालेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी शिक्षालय सञ्चालकको आग्रह

काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...

ब्लु बस’ सेवा तत्काल सुरु नहुने, साझाका हरिया बसको रङ पनि परिवर्तन नहुने

काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...

राजधानीको प्यास मेटाउने सुन्दरीजलमै खानेपानीको चरम अभाव

काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...

साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु  सचेतना तीन महिने अ...

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...

किसानलाई पेन्सनदेखि मल कारखानासम्म दिने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending