Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा ठप्प

खबरडबली संवाददाता

भोजपुर । निरन्तरको वर्षाका कारण भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा बन्द भएको छ । वर्षासँगै विभिन्न ठाउँमा पहिरा खस्नुका साथै सडक हिलाम्य हुँदा यातायात सेवा ठप्प भएको हो । सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक आवागमनका साथै उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । निरन्तर परेको वर्षाले जिल्लाको ग्रामिण क्षेत्रदेखि सदरमुकामसम्मका अधिकांश स्थानमा यातायात सेवा बन्द छन् ।

सदरमुकामबाट उत्तरी क्षेत्र षडानन्द नगरपालिकासँग जोड्ने भोजपुर– दिङ्ला मुख्य सडक हिलाम्य बन्दा यात्रुबाहक तथा ढुवानीका साधन सञ्चालनमा समस्या भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय व्यापारी सन्तोष विष्टले बताए । वर्षातका कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भएको उनले बताए । 

“दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भइरहेको छ । गाउँमा नून, तेलको अभाव हुने सम्भवाना छ”, विष्टले भने, “विभिन्न ठाउँमा पहिरो गएको छ, भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका छन् । आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।” उनका अनुसार सडक हिलाम्य भएपछि स्थानीय किसानले उत्पादन गरेका कृषि उपजसँगै दूध सङ्कलनमासमेत समस्या भएको छ । 

सडक ठाउँ–ठाउँमा पहिराको जोखिम हुनाका साथै हिलाम्य भएर यातयात सञ्चालनमा समस्या भएपछि सुत्केरी तथा गर्भवती महिला, आकस्मिक बिरामीका साथै प्राकृतिक प्रकोपका कारण कुनै पनि विपद् आएमा उद्धारमा थप समस्या हुने स्थानीयको भनाइ छ । भोजपुर सदरमुकामबाट हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, साल्पासिलिछो गाउँपालिकाका साथै खोटाङको सिमाना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ । त्यस्तै, दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायत क्षेत्रका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् ।

सदरमुकामसँग जोडिएका अधिकांश सडक बन्दा हुँदा किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन समस्या भएको किसान रामचन्द्र राईले बताए । “कृषककले उत्पादन गरेका तरकारी, आलु बिक्रीमा कठिनाइ भएको छ । लेकाली भेगको मुख्य आम्दानीको स्रोत नै आलु भएकाले उपज बिक्री नहुँदा जीविकोपार्जनमा सहस्या हुने देखिएको छ”, उनले भने । कतिपय ठाउँमा सडक ग्राबेल गरिएको भए पनि उचित ढलको व्यवस्था नहुँदा डुवानको समस्या रहेको उनको भनाइ थियो ।

पूर्वी क्षेत्रबाट भोजपुर–लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर–चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमित रुपमा यातायात सञ्चालन भइरहेको छ । यस क्षेत्रमा उत्पादित कृषि उपज काठमाडौँ, धरान, विराटनगरलगायत ठाउँमा पुर्‍याउने गरिए पनि वर्षा लागेपछि अधिकांश सडक बन्द रहेका छन् । सडकमा हिलो, खण्डा तथा बाढीपहिराको जोखिमका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भइरहेको स्थानीय बताउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालमा पनि टी–२० विश्वकप ट्रफी टुर हुने

काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...

राष्ट्र संघको सहयोगको कदर गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्।  संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...

जेनजी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थपिँदै, यहि साता ओली र लेखकको बयान लिइने

काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...

झापा राजस्व कार्यालयमा पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन

झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ ।  ...

जेन–जी आन्दोलन जाँचबुझ आयोगले अर्काे सातादेखि राजनीतिक नेताको बयान लिने

काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...

सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्: प्रधानमन्त्री कार्की

ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...

मधेशका मुख्यमन्त्री यादवले पुस ४ गते विश्वासको मत लिदै

जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...

उद्योगको डिमान्ड शुल्क घटाउने मागसहित मन्त्री घिसिङलाई ज्ञापनपत्र

कञ्चनपुर। कञ्चनपुरका उद्योगी व्यवसायीहरूले उद्योगहरूको डिमान्ड शुल्क घटाउनुपर्ने लगायतका माग राख्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यात...

एमाले महाधिवेशन निर्वाचनमा साढे दुईसम्म ५५५ मत खस्यो

काठमाडौँ । नेकपा(एमाले) को ११ औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा ५५५ मत खसेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचन प्रक्रियामा दिउँसो २स्३० ...

एसियाली विकास बैंकले नेपाललाई १० करोड डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालको सार्वजनिक वित्त व्यवस्थापन सुदृढ गर्न १० करोड अमेरिकी डलर ९करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ० बराबर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending