तनहुँ । तनहुँमा ६७ जातजाति पहिचान भएका छन् । एक दशकमा जिल्लामा सात जातजाति थपिएका छन् । विसं २०७८ को जनगणनाको जिल्लास्तरीय नतिजा सार्वजनिक गर्न आज दमौलीमा आयोजित कार्यक्रममा तथ्याङ्क कार्यालयका निर्देशक जगुलाल बस्यालले २०६८ सालको जनगणनामा जिल्लामा ६० जातजाति रहेका जानकारी दिए । जिल्लामा मगर, क्षेत्री, ब्राह्मण, गुरुङ, विश्वकर्मा, नेवार, मिजार, परियार, कुमाल, ठकुरी, मुसलमान, बोटे, सन्यासी, दुरा, राई, सुनुवार, माझी, घले, गाइने, यादव, कमार, खवास, थकाली, बरामलगायतका जातजाति गणनाका क्रममा पहिचान भएको उनले बताए ।
तनहुँको कूल जनसङ्ख्या तीन लाख २१ हजार एक सय ५३ छ । यसमा महिला एक लाख ७१ हजार ५९ र पुरुष एक लाख ५० हजार ९४ रहेका छन् । सबैभन्दा बढी मगरको सङ्ख्या रहेको छ । तथ्याङ्क अनुसार मगरको जनसङ्ख्या ८३ हजार छ सय ३९, क्षेत्री ३६ हजार आठ सय ३३, ब्राम्हण ३६ हजार छ सय ७२ र गुरुङ ३५ हजार एक सय ८४ रहेका छन् ।
सबैभन्दा कम राजपुतको जनसङ्ख्या नौ रहेको छ । त्यस्तै कायस्थ ११, कोचे १२, लोहरुङ १३, धिमाल १३, भूमिहार १४ र छन्त्यालको जनसङ्ख्या १५ रहेको बस्यालले जानकारी दिए । तनहुँमा ४१ मातृभाषा पहिचान भएका छन् । विसं २०६८ को जनगणना अनुसार २८ मातृभाषा रहेकामा एक दशकको अवधिमा १३ मातृभाषा थपिएका छन् । सबैभन्दा बढी बोल्ने नेपाली (६२.७ प्रतिशत) रहेका छन् ।
छ पालिकाको जनसङ्ख्या ऋणात्मक
सार्वजनिक तथ्याङ्क अनुसार जिल्लाका दश पालिकामध्ये छ पालिकाको जनसङ्ख्या ऋणात्मक देखिएको छ । बन्दीपुर गाउँपालिकाको जनसङ्ख्या वृद्धिदर माइनस ०.७४, भानु नगरपालिकाको माइनस .६५, भिमाद नगरपालिकाको माइनस .६७, देवघाट गाउँपालिकाको माइनस ०.९७, घिरिङ गाउँपालिकाको माइनस २.८६ र ऋषिङ गाउँपालिकाको माइनस ३.५२ जनसङ्ख्या छ ।
यस्तै शुक्लागण्डकी नगरपालिकाको जनसङ्ख्या वृद्धिदर १.३२, म्याग्दे गाउँपालिकाको ०.४५, व्यास नगरपालिकाको १.११ र आँबुखैरेनी गाउँपालिकाको ०.६६ प्रतिशत छ । आँबुखैरेनीमा २२ हजार दुई सय ५२, बन्दीपुरमा १८ हजार पाँच सय ३२, भानुमा ४२ हजार सात सय ९४, भिमादमा २९ हजार दुई सय ४८, व्यासमा ७८ हजार नौ सय ३९, देवघाटमा १४ हजार पाँच सय ८४, घिरिङमा १४ हजार तीन सय ३४, म्याग्देमा २३ हजार पाँच सय ७८, ऋषिङमा १७ हजार नौ सय १८ र शुक्लागण्डकीमा ५५ हजार छ सय २० जनसङ्ख्या रहेको छ ।
तथ्याङ्क सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जनगणनाको तथ्याङ्कमा आधारित रहेर जिल्लाका स्थानीय तहले विकासका योजना तर्जुमा गर्नुपर्ने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १५:३६
काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...
आषाढ़ २८ गते, २०८३ - १५:२३
काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...
आषाढ़ २८ गते, २०८३ - १५:०२
काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...
आषाढ़ २८ गते, २०८३ - १४:४४
काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...
आषाढ़ २८ गते, २०८३ - १४:३३
काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...
आषाढ़ २८ गते, २०८३ - १४:१४
काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...
आषाढ़ २८ गते, २०८३ - १४:०५
काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...
आषाढ़ २८ गते, २०८३ - १३:५२
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अ...
आषाढ़ २८ गते, २०८३ - १३:२३
काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...
आषाढ़ २८ गते, २०८३ - १२:४६
टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...



प्रतिकृया लेख्नुहोस्: