सिरहा । सिरहाकाे नगरपालिका– ७ बाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरी लागुऔषध मुद्दा चलाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त टोलीले जिल्ला सदरमुकामस्थित ट्राफिक चोकबाट दुई पटकमा ७०.९३ ग्राम खैरो हेरोइन र तौल गर्ने डिजिटल मेसिनसहित तीन युवकलाई पक्राउ गरेको हो।
सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा सिरहा– ८ का २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनिष यादव तथा सिरहा– २० का १९ वर्षीय सत्यनारायण कारक छन्। उनीहरुविरुद्ध सिरहा जिल्ला अदालतबाट शुक्रबार लागुऔषध मुद्दामा १० दिनको म्याद लिएर जिल्ला प्रहरीबाट थप अनुसन्धान भइरहेको पाण्डेले बताए ।
प्रहरीका अनुसार ट्राफिक चोक नजिक गत बुधबार मनीषले चलाएको स. १० प ६१७७ नम्बरको मोटरसाइकल चढेर दक्षिणतर्फबाट आएका तीनजना स्थानीय लक्ष्मी डेरी उद्योग नजिक रोकिएर कुराकानी गरिरहेको अवस्थामा प्रहरीले शंका लागेर नियन्त्रणमा लिई सोधपुछ र खानतलासी गर्दा कारकले बोकेको झोलाबाट खैरो हिरोईनजस्तो देखिने लागुऔषध ६२.२१ ग्राम र तौल गर्ने डिजिटल मेसिन बरामद भएको थियो ।
प्रहरीले तीनजनालाई नै नियन्त्रणमा लिई सोधपुछको क्रममा कारकले आफ्नो डेरामा पनि लागुऔषध राखेको सूचना दिएपछि सिरहा– ७ स्थित डेरा खानतलासी गर्दा शुक्रबार पुनः ८.७२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - २०:४२
सर्लाही। सर्लाहीमा सोमबार साँझ अचानक चलेको तीव्र हावाहुरीले कृषि क्षेत्रमा ठूलो असर पारेको छ। जिल्लाका विभिन्न स्थानमा लगाइएको मकै र गहुँ बाली ढलेर नष...
चैत्र ३ गते, २०८२ - २०:४१
ललितपुर । सुदन गुरुङ ले आफू राजनीतिमा सुविधा र व्यक्तिगत स्वार्थका लागि नभई जनताको आवाज संसद्सम्म पुर्याउने उद्देश्यले आएको बताएका छन्। गोरखा क्षे...
चैत्र ३ गते, २०८२ - २०:१२
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ। ...
चैत्र ३ गते, २०८२ - १९:५७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं धादिङ क्षेत्र नं. १ की जनप्रतिनिधि आशिका तामाङले राजमार्गमा गैरकानुनी रूपमा उठाइने ‘पटके ...
चैत्र ३ गते, २०८२ - १९:०३
एकै दिन ४५ हजारभन्दा बढी सिलिन्डर वितरण
चैत्र ३ गते, २०८२ - १९:०१
जनकपुरधाम । संघीय लोकतान्त्रिक मोर्चाले बालेन्द्र साह (बालेन) लाई भावी प्रधानमन्त्रीका रूपमा समर्थन तथा शुभकामना व्यक्त गरेपछि मधेसकेन्द्रित दलभित्रै ...
चैत्र ३ गते, २०८२ - १८:५३
कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१४ चाउथे बस्ने भा...
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...


प्रतिकृया लेख्नुहोस्: