Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

‘विदेश नजाऔं, गाउँमै कमाउँ, घरमै रमाऔं’ अभियानमा ओखलढुंगाको सुनकोशी

खबरडबली संवाददाता

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले विदेश नजाऔं गाउँमै कमाऔं घरमै रमाऔं अभियान चलाउने भएको छ । स्थानीय स्तरमै स्वरोजगारीको अवसर प्रदान गरेर युवाशक्ति विदेश पलायन हुनेक्रमलाई रोक्न पालिकाले यो अभियान चलाउने भएको हो ।

गाउँपालिकाको १३ औं गाउँसभामा आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष कमल तामाङले युवालाई सिपसँग जोडेर समद्धि यात्रा तय गरिने बताए । विदेश नजाऔं गाउँमै कमाऔं घरमै रमाऔं भन्ने अभियान अन्तरगत युवालाई सिप र आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेर व्यवसायमा प्रोत्साहन गरिने बताए । अध्यक्ष तामाङले प्रस्तुत गरेको लोकप्रिय कार्यक्रमसहितको नीति तथा कार्यक्रममा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम, जेष्ठ नागरिकसँग अध्यक्ष देखि सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमसम्म समेटिएका छन् ।

सुनकोशी गाउँपालिकाले बसाइसरी आउनेलाई दुहुनो गाई उपहार दिने भएको छ । गाउँपालिकाको १३ औं गाउँसभाले बसाईसरेर आउने परिवारलाई ३० हजार बराबरको दुहुनो गाई उपहार दिने नीति पारित गरेको हो ।

उज्यालो सुनकोशी अभियान आगामी वर्ष पुरा गरिने भएको छ । आगामी आर्थिक वर्षभित्र सबै घरघरमा विद्युत पुर्याइने नीति कार्यक्रममा उल्लेख छ । जनता खानेपानी कार्यक्रम चलाएर एकघर एक धारा अभियान अन्तरगत सबै घरघरमा स्वच्छ पानी उपलब्ध गराईने छ । कृषि उपजको बजारीकरणमा स्थानीय तहले सहजिकरण गर्ने भएको छ ।

कृषि क्षेत्रमा लगानी बढाउने, शिक्षामा गुणस्तर वृद्धि गर्ने, स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका गाउँटोलमा स्वास्थ्य इकाई स्थापना गर्ने, क्यान्स पीडितको उपचारका लागि शिविर चलाउने, जिविकोपार्जनका लागि घुम्ती कोष सञ्चालन गर्नेलगायतका नीति कार्यान्वनका लागि उपाध्यक्ष सुनिता अधिकारीले आगामी वर्षको बजेट प्रस्तुत गरेकी थिइन् ।

सुनकोशीमा गर्भवती महिलालाई फोनिङ कार्यक्रम सञ्चालन हुने भएको छ । पालिकाभित्रका सबै गर्भवती महिलालाई समयमै गर्भजाँच गराउन र सुरक्षित सुत्केरीका लागि स्वास्थ्य संस्थाका इन्चार्जहरुले गर्भवतीलाई फोन गरेर स्वास्थ्य संस्था बोलाउने कार्यक्रम राखिएको हो । उपाध्यक्षसँग सुत्केरी कार्यक्रम चलाएर सुत्केरी आमा र नवजात शिशुलाई पोष्टीक आहार कोशेली दिने कार्यक्रम राखिएको छ । जेष्ठ नागरिक तथा महिला स्वास्थ्य स्वयं सेविका सम्मान कार्यक्रमले निरन्तरता दिइएको छ ।

सुनकोशी गाउँपालिकाले मृत्यु संस्कार खर्च ५ हजार दिने कार्यक्रमलाई निरन्तरता दिएको छ । सुनकोशीमा विगतदेखि सञ्चालनमा रहेको मृत्यु संस्कार खर्चलाई निरन्तरता दिँदै पोष्ट मार्टम गर्नुपर्ने भएमा यातायात खर्च बापत पालिकाले ५ हजार खर्च दिने भएको छ । सुनकोशीले आगामी वर्षका लागि ६० करोड ७१ लाख रुपैंया बराबरको बजेट ल्याएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर

नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...

इरानको आणविक भण्डार नियन्त्रणबारे ट्रम्प प्रशासनभित्र छलफल

काठमाडौं। अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...

११ वर्ष जेल बसेर छुटेका व्यक्ति पुनः चोरीमा पक्राउ

काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...

इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’

काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...

बिहारबाट भित्रिएको वर्षा प्रणाली : चितवन र आसपासमा बढी प्रभावको अनुमान

काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...

रोशी खोलामा बाढी पस्दा बिपी राजमार्ग अवरुद्ध

काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...

बैतडीमा ट्रक दुर्घटना, आमा-छोरासहित ४ जना घाइते

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् ।  जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...

ढोरपाटनमा भारी हिमपात

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...

आज देशभर अधिकांश बादल लाग्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: