Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अध्यक्ष ओलीको पोल खोल्ने धम्कीका कारण एमालेमै बसेका नेताद्वय परे फन्दामा

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली नागरिकलाई नक्कली भुटान शरर्णार्थी बनाएर अमेरिका पठाइने दिने प्रकारणमा हिजो मात्र प्रहरीले थप एक आरोपीलाई प्रकाउ गरेको छ । यो प्रकरणमा प्रकाउ परेका १८ जना मध्ये पूर्व मन्त्री टोप बहादुर रायमाझी बालकृष्ण खाँड सहित १६ जना पुर्पक्षका लगि हाल थुनामा रहेका छन् भने दुई जनालाई धरौटिमा छाडिएको छ । 

जिल्ला अदालत काठमाडौंले आरोपीलाई  पुर्पक्षकालागि थुनामा राखेर मुद्धा अघि बढाइरहेका बेला यस प्रकरणमा पूर्व माओवादी नेता टोप बहादुर रायमाझी र राम बहादुर थापाका छोरा जोडिएको विषय तत्कालिन नेपाल कम्युनिष्ट पार्टी  विभाजन पूर्व नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी रहेको खुलसा भएकाे छ ।

सर्वोच्च अदालतले नेकपा नामको सम्वन्धमा गरेको फैसलाबाट नेकापा एमाले र माओवादी केन्द्र अ–आफ्नै घर फर्कने अवस्थामा आउदा माओवादी नेताद्वय रायमाझी र थापासहित केही नेता माओवादीमा केन्द्रमा फर्कन नसक्नुको मुख्य कारणको रुपमा एमाले अध्यक्ष ओलीलाई उनीहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएको थाहा भएको  बालकोट निकट नेताहरुले बताएका छन् ।

नक्कली भुटानी शरणर्थी प्रकरणको बारेमा ओलीलाई पहिले नै थाहा थियो । नेकपा विभाजनसँगै ओलीले नेताद्वालाई आफुसँग नबसे काण्ड बहिर ल्याइदिने र नछोडने चेतावनी दिएका बालकाेट स्राेतले बताउकाे छ । 

ओलीले काण्ड बाहिर ल्याइदिने र पोल खोल्दिने भनेपछि सुरुमा बादललाई दिइएको धम्की उनको छोरो निर्मला पन्त प्रकरणमा जेडिएको हो कि भन्ने हामीलाई शंका लागेको थियो । तर त्यसमा त्यस्तो प्रमाण केहि भेटिएन । अन्ततः रायमाझी र बादलका छाेरा भुटानी प्रकरणमा जोडिएको प्रष्ट भए पछि याे कुराकाे ओलीलाई पहिले नै थाहा भएकाे र नेता द्वयलाई त्याे धम्की दिएकाे प्रष्ट भएकाे एक नेताले बताए ।

हाल एमालेमै रहेका थापाले माओवादी नेताहरुसँग कुराकानीमा आफुलाई माओवादी केन्द्रमा फर्कने मन भएपनि छोराको कतिपय कारण पार्टीमा फर्कने सक्ने अवस्था नरहेको सुनाउने गरेका नेताहरूले बताउने गरेका छन् । थापाका पिए एमाले छाडेर पुरानै घर फर्किए तर थापा ओलीलाई साथ दिन बाध्य भएका थापा निकट स्रोतले बतायो ।

थापा एमालेमा रहिरहे पनि अन्तत् परिणामा थापाले सोचे भन्दा फरक भइदियो । प्रचण्ड नेतृत्व सरकार गठन भएसँगै भुटानी शरणार्थी प्रकरणको फाइल खोलियो । थापा जुन उदेश्यका लागि एमालेमा रहेका थिए त्यो विपरित परिणाम आयो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाका सुरक्षा सल्लाहकार इन्द्र जित राई पक्राउ परे । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रकरणमा ५ करोडभन्दा धेरै रकम ठगीको  राई माथि आरोप रहेको छ । थापाका शुरक्षा सल्लाहकार राई हाल पुर्पक्षको क्रममा थुनामा छन् ।

यही प्रकरणमा मुछिएका उनका छोरा प्रतीक थापा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । थापाका छोरालाई प्रहरीले खोजी गरिरहे पनि हालसम्म प्रकाउ गर्न सकेको छैन। उनि फरार रहेका छन् । पूर्व माओवादी नेता रायमाझी र उनका छोरा सन्दिप रायमाझी भने थुनामा रहेका छन् । बादलका छोरा प्रतिक रायमाझीका छोरा सन्दिप दुवैजनाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै करोडौँ रकम लिएको आरोप छ ।

गत जेठ १० मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधको अभियोग लगाइएको छ । सरकारी वकिलको कार्यालयले अभियुक्तहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी मुद्दामा गरेको छ।

उक्त प्रकरणमा आरोप लागेका भूतपूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थीलाई स्वदेशफिर्तीका लागि अभियान चलाइरहेका शरणार्थी नेता टेकनाथ रिजालसहित १६ जना पुर्पक्षका लागि थुनामा रहेका छन् ।  फरार रहेका आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजमार्ग क्षेत्रमा नेटवर्क समस्या समाधानका लागि जङ्गलमा टेलिकमको टावर

नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...

इरानको आणविक भण्डार नियन्त्रणबारे ट्रम्प प्रशासनभित्र छलफल

काठमाडौं। अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...

११ वर्ष जेल बसेर छुटेका व्यक्ति पुनः चोरीमा पक्राउ

काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...

इरानको चेतावनीः विश्वभरका पर्यटकीय क्षेत्रहरू अब ‘असुरक्षित’

काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...

बिहारबाट भित्रिएको वर्षा प्रणाली : चितवन र आसपासमा बढी प्रभावको अनुमान

काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...

रोशी खोलामा बाढी पस्दा बिपी राजमार्ग अवरुद्ध

काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...

बैतडीमा ट्रक दुर्घटना, आमा-छोरासहित ४ जना घाइते

बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् ।  जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...

ढोरपाटनमा भारी हिमपात

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...

आज देशभर अधिकांश बादल लाग्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: