ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाका तत्कालिन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध अख्तियारले मुद्दा चलाएको छ । मोलुङ गाउँपालिका वडा नं। २ स्थित काफलबोट देखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
काफलबोट देखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको विषयमा अनुसन्धान हुँदा राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरी(गराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रुपैंया हानी पु¥याउन बदनियतपूर्वक भुक्तानीसमेत गरेको देखिएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उक्त भ्रष्टाचार कसुरमा संलग्न भएको ठहर गर्दै अख्तियारले मोलुङ गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर माधव निरौला, असिस्टेन्ट सब–इन्जिनियर शिवप्रसाद अधिकारी, उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र राई, सचिव भक्तराज राई र कोषाध्यक्ष ननमाया राई, वडाअध्यक्ष टंकबहादुर कार्की, तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक हेमकुमारी तामाङ, तत्कालीन वडा सदस्य ओमबहादुर राई, लेखा अधिकृत प्रवल घिमिरे र योजना शाखा प्रमुख वोदन के.सी.लाई प्रतिवादी बनाई सजायको मागदाबी समेत गरेको छ ।
अख्तियारले आरोप पत्रमा प्रतिवादीलाई कैद र जरिवानासमेतको मागदाबी गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - ०९:०९
झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...
जेष्ठ १६ गते, २०८३ - ०९:०८
पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...
जेष्ठ १६ गते, २०८३ - ०९:०५
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...
जेष्ठ १६ गते, २०८३ - ०९:०१
इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...
जेष्ठ १६ गते, २०८३ - ०८:५९
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...
जेष्ठ १६ गते, २०८३ - ०८:५६
बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...
जेष्ठ १६ गते, २०८३ - ०८:५३
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...
जेष्ठ १६ गते, २०८३ - ०८:४०
काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५०० नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ । गएराति भारतीय ...
जेष्ठ १६ गते, २०८३ - ०८:३५
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...
जेष्ठ १६ गते, २०८३ - ०७:१०
बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...



प्रतिकृया लेख्नुहोस्: