Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सुदूरपश्चिममा लागुऔषध दुर्व्यसन मुख्य चुनौती: ११ महिनामा ७५४ पक्राउ

खबरडबली संवाददाता

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसन अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुर्व्यसन अखडा बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।

चालु आर्थिक वर्षको ११ महिना ९जेठ मसान्त०मा सुदूरपश्चिममा प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा सात सय ५४ जनालाई पक्राउ गरेको छ । जसमा १७ जना भारतीय नागरिक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले जनाएको छ । आर्थिक वर्ष २०७६र७७ मा सुदूरपश्चिम प्रदेशमा लागुऔषध मुद्दामा दुई सय ७० जना पक्राउ पर्नुका साथै सोसम्बन्धी एकसय ७१ मुद्दा दर्ता भएका थिए । पछिल्लो समय समाजको तल्लो तहसम्म लागुऔषध ब्राउन सुगर, चरेशलगायतको कारोबार र सेवनकर्ता बढ्दै गएको देखिएको छ ।

तीन वर्षअघिको तुलनामा सुदूरपश्चिममा लागुऔषध मुद्दामा पक्राउ सङ्ख्या र मुद्दाको सङ्ख्या हेर्दा ठूलो सङ्ख्याले बढेको पाइएको छ । कैलाली र कञ्चनपुरमा भारतसँगको खुला सीमानाका कारण ब्राउन सगुरको आयात र अवैध कारोबार बढ्दै गएको प्रहरीको भनाइ छ । गत साउनदेखि जेठसम्म सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रहरीले एक किलो दुई सय ८८ ग्राम आठ सय ९२ मिलिग्राम बाउनसुगर बरामद गर्नुका साथै ४८ किलो आठ सय छ ग्राम चरेश र एक सय चार किलोग्रामभन्दा बढी चरेश बरामद गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले सुदूरपश्चिममा प्रहरीले लागुऔषध न्यूनीकरण र अवैध ओसारपसार नियन्त्रणका लागि स्थानीयस्तरमा जनचेतनामूलक कार्यक्रमदेखि कारबाहीको दायरामा ल्याउनेसम्मको काममा सक्रिय रहेको बताए । “भारतसँगको खुला सिमाना, नेपाल–भारतमा लागुऔषध कारोबारको सञ्जालका कारणले यो समाजमा फैलिँदै गयो”, प्रहरी उपरीक्षक चौधरीले भने, “पहाडी जिल्लाबाटसमेत सोझै भारतमा सम्पर्क गरेर लागुऔषध भित्र्याउने गरेको पनि पाइयो ।”

उनले प्रदेश प्रहरीको अगुवाइ र धनगढी उपमहानगरपालिकाको सहकार्यमा फूलबारीमा सुधार केन्द्र निर्माणको प्रक्रिया चलिरहेको जानकारी दिए । “हरेक दिन लागुऔषधसहित तीनदेखि पाँच जना पक्राउ परेकै छन्”, उनले भने, “जनचेतना, कानुनी कारबाही र सुधार केन्द्र गरी प्रहरीले तीन वटा कोणबाट यसको नियन्त्रणका लागि प्रयासरत छ ।” प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७र७८ मा यहाँ लागुऔषध मुद्दामा तीन सय ९४ जना पक्राउ पर्नुका साथै दुई सय ५३ वटा मुद्दा दर्ता भएका थिए आव २०७८र७९ मा यहाँ तीन सय ५३ लागुऔषधसम्बन्धी मुद्दा दर्ता भए भने पाँच सय ६३ जना पक्राउ परेका छन् ।

गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा एक किलो ५६ ग्राम ब्राउन सुगर, एक सय १२ किलोग्राम चरेस र एक किलो पाँच सय ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियो ।  यहाँस्थित रिकभरिङ नेपालका केन्द्रीय सदस्य एवं राष्ट्रिय समाज कल्याण सङ्घमा लागुऔषधको क्षेत्रमा लामो समयदेखि कार्यरत नवराज पाण्डेयले सुदूरपश्चिममा मात्रै लागुऔषध दुरुपयोगकर्ताको सङ्ख्या तीन हजारभन्दा बढी रहेको बताए ।

“ब्राउन सुगरको अवैध व्यापार यहाँका गाउँबस्तीसम्म पुगिसक्दा युवापुस्ता नराम्ररी प्रभावित छ”, पाण्डेयले भने, “लागुऔषध नियन्त्रणका लागि राज्यबाट नीति योजना बने तर ठोसरुपमा कार्यान्वयनको जोड दिइएन ।” उनले लागुऔषधकै कारण सामाजिक अपराध बढ्नुका साथै मानसिक रोगीको सङ्ख्या वृद्धि भइरहेको बताए । “लागुऔषधको ओभरडोजकै कारण ज्यान गुमाएका धेरै उदाहरण सुदूरमा छन्”, उनले भने, “यतिसम्म कि कारागारमा रहेको छोरालाई ब्राउन सुगर दिन जाँदा आमा पक्राउ परेको घटना यहाँ देखिए ।”

उनले सामान्यरुपमै लागुऔषध पाउन थालेका कारण यसको दुरुपयोगकर्ता सुदूरपश्चिममा बढिरहेकोप्रति सबैको चिन्ता र चासो हुनु नपर्नेमा जोड दिए । “चलचित्रमा सुन्ने गरेको ब्राउन सुगर अहिले यहाँका गाउँबस्तीमा पाउन थालेको घटनाले गम्भीर भएनौँ भने अवस्था चिन्ताजनक आउन सक्छ”, उनले भने, “यसको न्यूनीकरणका लागि सबैको हातेमालो अति आवश्यक भइसक्यो ।”

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending