Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

तेमाल गाउँपालिकाको निति तथा कार्यक्रम, अस्पताल निर्माण देखी रैथाने बाली सम्रक्षण सम्म

खबरडबली संवाददाता

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामाले २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेक छन्  । लामाले सार्वजनिक गरेको निति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

आइताबार बसेको गाउँ सभाको १३ औं अधिवेशनमा प्रस्तुत भएको निति तथा कार्यक्रममा १५ शैयाको अस्पताल निर्माणदेखि रैथाने बालीको बीउ संरक्षण सम्मको लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यतामा भएको उक्त गाउँसभामा गाउँपालिका अध्यक्ष लामाले सडक, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएर निति तथा कार्यक्रम ल्याएका छन् ।

विशेषगरी तेमाल काठमाडौंबाट नजिकैको गाउँपालिका भएर पनि एउटा अस्पताल नहुदा स्थानीयको स्वास्थ्य उपचारको लागि सदरमुकाम धुलिखेलमा नै आउनु पर्ने बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न यसपटक स्थानीय सरकारले नै अस्पताल निर्माण गर्ने गरी निति तथा कार्यक्रममा महत्त्वपूर्णका साथ ल्याएको छ ।

निर्वाचनको समय बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट जनतामा गरेका प्रतिबद्धता अनुसार निति तथा कार्यक्रम बनाएको अध्यक्ष लामाले बताए । हामीले निर्वाचनको समय जनतालाई धेरै आसाहरु बाँडेका र आसालाई निराशा हुन नदिन त्यस समय गरेका प्रतिबद्धतालाई सम्झेर निति तथा कार्यक्रम बनाएको उनले बताए । समृद्ध तेमाल निर्माण बाहेक अरु सपना केही नरहेको बताउँदै उनले आज पनि तेमाल आउन निक्कै कष्ट बेहोर्नु पर्ने परिस्थिति जिवित नै रहेको बताए  । 

वडाबाट पालिका जोड्ने सडकलाई नाली सहितको पक्कि डलान बनाउनको लागि अगिल्लो वर्षनै बजेट व्यवस्था गरेको र  यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले   बताए । अब यसको प्रभाव जनताले प्रत्यक्ष महसुस गर्न पाउने  उनको भनाइ छ ।

तेमाल ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण ठाउ भएर पनि सडक संजाल र प्रचारप्रसारको कमिको कारण पर्यटक कम आउने थोकरको भनाइ छ  । तामाङहरुको अन्तिम राजा ह्रेन्जेन दोर्जेले शासन गरेको भुमि र गुरु रेम्पोछेले तपस्या गरेको ठाउ भएर पनि यसलाई प्रचारमा ल्याउन नसक्दा पर्यटकहरू भित्र्याउन नसकेककाले यस वर्ष विभिन्न डकुमेन्ट्रीहरु निर्माण गर्ने समेत नितिगत निर्णय गरेका उनले बताए ।

अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक विद्यालयलाई प्रोत्साहित गर्ने

तेमाल गाउँपालिकाले पछिल्लो चरण सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको प्रति विशेष चासोको साथ निति तथा कार्यक्रम ल्याएको छ । अंग्रेजी राम्रो हुने आसामा अभिभावकले आफ्नो छोराछोरीलाई निजी विद्यालयमा पठाउने गरेको कुराको मध्यनजर गर्दै सरकारी विद्यालयमा नै अंग्रेजी माध्यमबाट शिक्षा दिन सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने भएको छ ।

त्यसको साथै विद्यालयको भौतिक पुर्वाधार, स्वास्थ्य तथा सरसफाइको सुविधा र आधारभुत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरुको व्यवसायिक क्षमतामा विकासको लागि लगानी गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि प्राज्ञिक संस्थाहरुसंग सहकार्य र साझेदारी गर्ने बताइएको छ  । साथै गुरुकुल, मदर्शा र गुम्बा जस्ता शिक्षालयहरुको स्तरोन्नति गर्दै लाने गाउँपालिको निती तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

अन्तराष्ट्रिय तामाङ सांस्कृतिक केन्द्र स्थापना गर्ने

निति तथा कार्यक्रममामा तेमाल गाउँपालिका तामाङ समुदायको उच्चतम स्थल भएकोले तामाङ समुदायको पहिचान झल्किने गरि सार्वजनिक, निजी तथा सामुदायिक साझेदारीमा एक अन्तराष्ट्रिय तामाङ सांस्कृतिक केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ ।

गाउँपालिकालाई खुल्ला वहुसांस्कृतिक संग्राहलयको रुपमा विकास गर्न पुर्वाधार निर्माण गर्दा वहुसंस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मुर्तिकला, चित्रकला जस्ता नमुनाहरु निर्माण गर्ने समेत निति तथा कार्यक्रममा उल्लेख छ ।

कृषकको उत्पादनको मुल्य निर्धारण स्थानीय सरकारले गर्ने

कृषकहरुले उत्पादन गरेको बस्तुले उचित मुल्यांकन नपाउदा कृषि पेसामा जोखिम पर्दै गएको निष्कर्ष निकाल्दै पालिकाले विचौलीयाबाट कृषकहरुमाथि हुने ठगी तथा शोषण नियन्त्रण गर्न मुख्य कृषि उपजको पालिका भित्र समर्थन मुल्य निर्धारण गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्रका कृषकहरूको खण्डिकृत वर्गिकृत एवम् विस्तृत तथ्यांकको आधारनमा निर्मान गर्ने समेत कार्यक्रममा उल्लेख छ । व्यवसायिक कृषि पकेट क्षेत्रमा सिंचाइ, कृषि सडक, विद्युतिकरण, कृषि बजार, शीत भण्डार तथा गोदाम घरहरुको पुर्वाधार निर्माण गर्ने बताएका छन् ।

रैथाने बालीको बीउ संरक्षण गर्ने

तेमाल गाउँपालिकाले रैथाने बालीको बीउ संरक्षण तथा खेति विस्तार र बजारीकरण गर्ने निति लिएको छ । गाउँपालिकामा भ्रमण गर्ने पर्यटकहरूलाई स्थानीय परिकारको ब्रान्डको रुपमा त्यस्तो खाना उपलब्ध गर्ने बताएको छ ।

नेपाल जैविक विविधताले धनि देश मानिन्छ । नेपाल उचाइ, भू(बनोट, हावापानी एवं सांस्कृतिक विविधता तथा प्राचीन खेती प्रणालीले गर्दा बाली, पशुपन्छी आदिमा पारिस्थितिक प्रजातीय तथा आनुवंशिक भिन्नत आएको छ ।
नेपालको कृषि जैविक विविधताको धनि देश हुँदा–हुँदै पनि समयको अन्तरालमा स्थानीय कृषिजन्य आनुवंशिय स्रोतको लोप हुन सक्ने खतरालाई मध्यनजर गर्दै रैथाने बालीको बीउ संरक्षण गर्ने नीति तेमाल सरकारले लिएको छ ।

विदेश हैन विजनेस

तेमाल गाउँपालिकाले पछिल्लो वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्यालाई घटाउन विदेश हैन बिजनेस भन्ने नारा अघि सारेकाे छ ।

युवाहरूको बेरोजगारी न्युनिकरण गर्नका लागि सरकारी, गैरसरकारी, सहकारी वा निजी क्षेत्रमा समन्वय र सहकार्यमा सीप तथा उद्योमशिल क्षमता विकासका कार्यक्रमहरु अगाडि ल्याउने जसले केही मात्र युवाहरू विदेश जाने सङ्ख्या घट्ने तेमाल गाउँपालिकाले लिएको छ ।

विशेषगरि कृषि क्षेत्रमा लगानी गर्ने युवाहरूको लागि प्रोत्साहन स्वरूप अनुदान तथा तालिमको व्यवस्था गर्ने, उत्पादन गरेको बस्तुका लागि बजारको सुनिश्चितता गर्न पालिकाले पहलकदमि लिने बताएका छन् । जसको कारण हजारौं युवाहरु आत्मनिर्भर हुने विश्वास तेमाल गाउँपालिकाले लिएको छ ।

खाली जग्गामा वृक्षरोपण तथा एक घर एक विरुवा

निति तथा कार्यक्रममा खाली जग्गामा वृक्षरोपण,  हरियाली प्रवद्र्धन, वनमा सुरक्षा र हैसियतमा सुधार गरी जल, जमिन र वातावरणक संरक्षण र जीविकोपार्जनको अबसरमा वृद्धि गर्ने कुरा उल्लेख गरिएको छ ।

साथै गाउँपालिका क्षेत्र भित्र आवासीय भवनमा ुएक घर एक विरुवाु नीति ल्याएको छ । पोखरी संरक्षण, पहिरो तथा गल्छी नियन्त्रण विकासका पुर्वाधार संरक्षण र नदि नियन्त्रण गरि जल, जमिन र जलाधारको संरक्षण तथा उत्पादनमा वृद्धि गर्ने बताएका छन ।

विपद जोखिम न्युनिकरण र व्यवस्थापन तथा जलवायु उत्थानशिल योजना तर्जुमा गरि सो अनुसार विपद पुर्व तयारी, विपद न्युनिकरण, प्रतिकरण, प्रतिक्रिया र पुनस्र्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने आदि कार्यक्रम उल्लेख गरीएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धान खेतमा पहिलोपटक मखना खेती

झापा । धान खेतीका लागि परिचित झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवलमा पहिलो पटक व्यावसायिक रूपमा मखना खेती सुरु गरिएको छ । पानीमा फल्ने कमल प्रजा...

पाँचथरका ग्रामीण क्षेत्रमा बढ्यो कालोपत्र सडकको पहुँच

पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका ग्रामीण क्षेत्रमा कालोपत्र सडकको पहुँच उल्लेख्य रूपमा विस्तार भएको छ। सङ्घीय र प्रदेश सरकारका विभिन्न योजनामार्फ...

सरकार सामाजिक सुरक्षाबाट पछि हट्न खोजेको एमाले सांसद गुरु बरालको आरोप

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले ल्याएको बजेटले आधारभूत र मध्यम वर्गको हितमा पर्याप्त कार्यक्रम समेट्न नसकेको आरोप लगाएका छन्। बज...

इलामकाे माङसेबुङमा आज च्याब्रुङ महोत्सव

इलाम । लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालि...

आजको तरकारी बजारमा मूल्य स्थिर, केही वस्तुमा भारी उतारचढाव

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही तरकारी सस्तो भएको देखिएको छ ...

पर्यटकले ढोरपाटनका होटल भरिभराउ

बागलुङ । लगातार चार दिन बिदा हुँदा ढोरपाटन उपत्यकामा पर्यटक बढेका छन् । एकै दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक पुगेपछि होटल भरिभराउ भएका छन् । कतिपय ...

सरकारकाे २१ खर्ब २४ अर्बको घाटा बजेट, करदेखि खर्चसम्म व्यापक हेरफेर

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्...

भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार

  काठमाडौं । भारतको उत्तर प्रदेशको कुशीनगरबाट ५००  नेपालीको उद्धार गरिएको छ । उनीहरूलाई नेपाल ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।  गएराति भारतीय ...

अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् । दार...

सिक्टा आयोजनालाई दुई अर्ब ५५ करोड बजेट

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइलाई आगामी आर्थिक वर्ष २०८३/८४ मा बजेट सिलिङ बढेको छ। अर्थमन्त्री डा स्वर्णिम वाग्ल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending