Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

तेमाल गाउँपालिकाको निति तथा कार्यक्रम, अस्पताल निर्माण देखी रैथाने बाली सम्रक्षण सम्म

खबरडबली संवाददाता

काभ्रे । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामाले २०८०/०८१ को निति तथा कार्यक्रम सार्वजनिक गरेक छन्  । लामाले सार्वजनिक गरेको निति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

आइताबार बसेको गाउँ सभाको १३ औं अधिवेशनमा प्रस्तुत भएको निति तथा कार्यक्रममा १५ शैयाको अस्पताल निर्माणदेखि रैथाने बालीको बीउ संरक्षण सम्मको लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरेका छन् ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाको प्रमुख आतिथ्यतामा भएको उक्त गाउँसभामा गाउँपालिका अध्यक्ष लामाले सडक, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई विशेष प्राथमिकता दिएर निति तथा कार्यक्रम ल्याएका छन् ।

विशेषगरी तेमाल काठमाडौंबाट नजिकैको गाउँपालिका भएर पनि एउटा अस्पताल नहुदा स्थानीयको स्वास्थ्य उपचारको लागि सदरमुकाम धुलिखेलमा नै आउनु पर्ने बाध्यात्मक परिस्थितिलाई अन्त्य गर्न यसपटक स्थानीय सरकारले नै अस्पताल निर्माण गर्ने गरी निति तथा कार्यक्रममा महत्त्वपूर्णका साथ ल्याएको छ ।

निर्वाचनको समय बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट जनतामा गरेका प्रतिबद्धता अनुसार निति तथा कार्यक्रम बनाएको अध्यक्ष लामाले बताए । हामीले निर्वाचनको समय जनतालाई धेरै आसाहरु बाँडेका र आसालाई निराशा हुन नदिन त्यस समय गरेका प्रतिबद्धतालाई सम्झेर निति तथा कार्यक्रम बनाएको उनले बताए । समृद्ध तेमाल निर्माण बाहेक अरु सपना केही नरहेको बताउँदै उनले आज पनि तेमाल आउन निक्कै कष्ट बेहोर्नु पर्ने परिस्थिति जिवित नै रहेको बताए  । 

वडाबाट पालिका जोड्ने सडकलाई नाली सहितको पक्कि डलान बनाउनको लागि अगिल्लो वर्षनै बजेट व्यवस्था गरेको र  यस वर्ष पनि सोही कार्यक्रमलाई निरन्तरता दिएको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले   बताए । अब यसको प्रभाव जनताले प्रत्यक्ष महसुस गर्न पाउने  उनको भनाइ छ ।

तेमाल ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण ठाउ भएर पनि सडक संजाल र प्रचारप्रसारको कमिको कारण पर्यटक कम आउने थोकरको भनाइ छ  । तामाङहरुको अन्तिम राजा ह्रेन्जेन दोर्जेले शासन गरेको भुमि र गुरु रेम्पोछेले तपस्या गरेको ठाउ भएर पनि यसलाई प्रचारमा ल्याउन नसक्दा पर्यटकहरू भित्र्याउन नसकेककाले यस वर्ष विभिन्न डकुमेन्ट्रीहरु निर्माण गर्ने समेत नितिगत निर्णय गरेका उनले बताए ।

अंग्रेजी माध्यमबाट शिक्षा दिन इच्छुक विद्यालयलाई प्रोत्साहित गर्ने

तेमाल गाउँपालिकाले पछिल्लो चरण सरकारी विद्यालयको शैक्षिक गुणस्तर खस्किदै गएको प्रति विशेष चासोको साथ निति तथा कार्यक्रम ल्याएको छ । अंग्रेजी राम्रो हुने आसामा अभिभावकले आफ्नो छोराछोरीलाई निजी विद्यालयमा पठाउने गरेको कुराको मध्यनजर गर्दै सरकारी विद्यालयमा नै अंग्रेजी माध्यमबाट शिक्षा दिन सामुदायिक विद्यालयलाई प्रोत्साहन गर्ने भएको छ ।

त्यसको साथै विद्यालयको भौतिक पुर्वाधार, स्वास्थ्य तथा सरसफाइको सुविधा र आधारभुत खानेपानी सुविधा विस्तार गर्दै शिक्षकहरुको व्यवसायिक क्षमतामा विकासको लागि लगानी गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।
उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान भन्ने आदर्श लक्ष्य प्राप्तिका लागि प्राज्ञिक संस्थाहरुसंग सहकार्य र साझेदारी गर्ने बताइएको छ  । साथै गुरुकुल, मदर्शा र गुम्बा जस्ता शिक्षालयहरुको स्तरोन्नति गर्दै लाने गाउँपालिको निती तथा कार्यक्रममा उल्लेख गरीएको छ ।

अन्तराष्ट्रिय तामाङ सांस्कृतिक केन्द्र स्थापना गर्ने

निति तथा कार्यक्रममामा तेमाल गाउँपालिका तामाङ समुदायको उच्चतम स्थल भएकोले तामाङ समुदायको पहिचान झल्किने गरि सार्वजनिक, निजी तथा सामुदायिक साझेदारीमा एक अन्तराष्ट्रिय तामाङ सांस्कृतिक केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ ।

गाउँपालिकालाई खुल्ला वहुसांस्कृतिक संग्राहलयको रुपमा विकास गर्न पुर्वाधार निर्माण गर्दा वहुसंस्कृतिक पहिचान र मौलिकता झल्किने वास्तुकला, मुर्तिकला, चित्रकला जस्ता नमुनाहरु निर्माण गर्ने समेत निति तथा कार्यक्रममा उल्लेख छ ।

कृषकको उत्पादनको मुल्य निर्धारण स्थानीय सरकारले गर्ने

कृषकहरुले उत्पादन गरेको बस्तुले उचित मुल्यांकन नपाउदा कृषि पेसामा जोखिम पर्दै गएको निष्कर्ष निकाल्दै पालिकाले विचौलीयाबाट कृषकहरुमाथि हुने ठगी तथा शोषण नियन्त्रण गर्न मुख्य कृषि उपजको पालिका भित्र समर्थन मुल्य निर्धारण गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

पालिकाभित्रका कृषकहरूको खण्डिकृत वर्गिकृत एवम् विस्तृत तथ्यांकको आधारनमा निर्मान गर्ने समेत कार्यक्रममा उल्लेख छ । व्यवसायिक कृषि पकेट क्षेत्रमा सिंचाइ, कृषि सडक, विद्युतिकरण, कृषि बजार, शीत भण्डार तथा गोदाम घरहरुको पुर्वाधार निर्माण गर्ने बताएका छन् ।

रैथाने बालीको बीउ संरक्षण गर्ने

तेमाल गाउँपालिकाले रैथाने बालीको बीउ संरक्षण तथा खेति विस्तार र बजारीकरण गर्ने निति लिएको छ । गाउँपालिकामा भ्रमण गर्ने पर्यटकहरूलाई स्थानीय परिकारको ब्रान्डको रुपमा त्यस्तो खाना उपलब्ध गर्ने बताएको छ ।

नेपाल जैविक विविधताले धनि देश मानिन्छ । नेपाल उचाइ, भू(बनोट, हावापानी एवं सांस्कृतिक विविधता तथा प्राचीन खेती प्रणालीले गर्दा बाली, पशुपन्छी आदिमा पारिस्थितिक प्रजातीय तथा आनुवंशिक भिन्नत आएको छ ।
नेपालको कृषि जैविक विविधताको धनि देश हुँदा–हुँदै पनि समयको अन्तरालमा स्थानीय कृषिजन्य आनुवंशिय स्रोतको लोप हुन सक्ने खतरालाई मध्यनजर गर्दै रैथाने बालीको बीउ संरक्षण गर्ने नीति तेमाल सरकारले लिएको छ ।

विदेश हैन विजनेस

तेमाल गाउँपालिकाले पछिल्लो वैदेशिक रोजगारीमा जाने युवाहरूको सङ्ख्यालाई घटाउन विदेश हैन बिजनेस भन्ने नारा अघि सारेकाे छ ।

युवाहरूको बेरोजगारी न्युनिकरण गर्नका लागि सरकारी, गैरसरकारी, सहकारी वा निजी क्षेत्रमा समन्वय र सहकार्यमा सीप तथा उद्योमशिल क्षमता विकासका कार्यक्रमहरु अगाडि ल्याउने जसले केही मात्र युवाहरू विदेश जाने सङ्ख्या घट्ने तेमाल गाउँपालिकाले लिएको छ ।

विशेषगरि कृषि क्षेत्रमा लगानी गर्ने युवाहरूको लागि प्रोत्साहन स्वरूप अनुदान तथा तालिमको व्यवस्था गर्ने, उत्पादन गरेको बस्तुका लागि बजारको सुनिश्चितता गर्न पालिकाले पहलकदमि लिने बताएका छन् । जसको कारण हजारौं युवाहरु आत्मनिर्भर हुने विश्वास तेमाल गाउँपालिकाले लिएको छ ।

खाली जग्गामा वृक्षरोपण तथा एक घर एक विरुवा

निति तथा कार्यक्रममा खाली जग्गामा वृक्षरोपण,  हरियाली प्रवद्र्धन, वनमा सुरक्षा र हैसियतमा सुधार गरी जल, जमिन र वातावरणक संरक्षण र जीविकोपार्जनको अबसरमा वृद्धि गर्ने कुरा उल्लेख गरिएको छ ।

साथै गाउँपालिका क्षेत्र भित्र आवासीय भवनमा ुएक घर एक विरुवाु नीति ल्याएको छ । पोखरी संरक्षण, पहिरो तथा गल्छी नियन्त्रण विकासका पुर्वाधार संरक्षण र नदि नियन्त्रण गरि जल, जमिन र जलाधारको संरक्षण तथा उत्पादनमा वृद्धि गर्ने बताएका छन ।

विपद जोखिम न्युनिकरण र व्यवस्थापन तथा जलवायु उत्थानशिल योजना तर्जुमा गरि सो अनुसार विपद पुर्व तयारी, विपद न्युनिकरण, प्रतिकरण, प्रतिक्रिया र पुनस्र्थापनाको कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने आदि कार्यक्रम उल्लेख गरीएकाे छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending