विराटनगर। नागरिकता नबनेको विरोधमा सर्वोच्च अदालत परिसरमा शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेका मोरङको कटहरी गाउँपालिका–४ नयाँ बजारका २६ वर्षीय निरज कामतले नागरिकता प्राप्त गरेका छन् । उनले जिल्ला प्रशासन कार्यालय मोरङबाट सोमबार नागरिकता प्राप्त गरेका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले कामतलाई नागरिकता प्रमाण पत्र हस्तान्तरण गरेका छन् । जन्मको आधारमा नागरिकता पाएका बुबा किसुनदेव कामत र वंशज नागरिकता प्राप्त गरेकी आमा गुलाबदेबी चौधरीकी जेठो छोरा निरजले वंशज नागरिकता प्राप्त गरेका हुन् ।
निरजले समयमा नागरिकता नपाउँदा प्रहरीमा भर्ना हुने सपना अधुरै रहेको र नागरिकता पाउने कि नपाउने तनावले बीबीएसको पढाइ पूरा गर्न नसकेको उनले बताए । समयमा नागरिकता नपाउँदा राज्यले प्रदान गर्ने सबै प्रकारका सेवा सुविधाबाट बञ्चित हुनुका साथै अनागरिक भएर बस्न बाध्य भएको उनको भनाइ छ । मृत्युको मुखबाट फर्केर नेपालको नागरिक हुन पाएको खुशी लागेको र आफ्नो आन्दोलन सफल भएकोमा आफु खुसी भएको उनले बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको विरूद्धमा परेको रिटका आधारमा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेपछि नागरिकता ऐन कार्यान्वयन हुन सकेको थिएन । त्यसको विरोधमा कामतले सर्वोच्च अदालत परिसरमा शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए ।
सर्वोच्च अदालतमा परेको रिट टुंगिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारबाट जन्मको आधारमा नागरिकता प्राप्त गरेकाका छोराछोरीलाई नागरिकता वितरण सुरू गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: