ललितपुर । विसं २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ । विसं २०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पुर्याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ । रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएका छैनन् ।
दिनप्रतिदिन जीर्ण बन्दै गएका भवनमा नै पठनपाठन भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रुपमा रहेको यस क्याम्पसका विज्ञान विभाग, समाजशास्त्र र मानवशास्त्र विभागको भवनमा त पानी नै चुहिन्छ । प्रत्येक पुराना भवनको झ्यालका सिसा फुटेका छन् । भवन छेउछाउमा फोहरसँगै घाँस उम्रेको छ । भवनमा विसं २०७२ को भूकम्पले क्षति पुर्याएपछि नौ वटा भवन प्रयोग गर्न नमिल्ने भनी रातो स्टिकर टाँसेको पाटन संयुक्त क्याम्पसका क्याम्पस प्रमुख डा। लक्ष्मणसिंह कुँवरले जानकारी दिए ।
उनले भने, “पुन: निर्माणको लागि पुन:निर्माण प्राधिकरणलाई भेटेरै पत्राचार गर्यौँ । रातो स्टिकर टाँसेको भवनमा अध्ययन गर्नुबाहेक अर्को विकल्प हामीसँग थिएन । अहिलेसम्म नयाँ भवन निर्माण नहुँदा रातो स्टिकर टाँसेकै भवन प्रयोगमा छन् ।” क्याम्पस प्रमुख कुँवरका अनुसार भूकम्पपछि ताइवानको चुजी फाउन्डेसनले सहयोगस्वरुप १५ वटा अस्थायी टहरा निर्माणका लागि सहयोग गरेको थियो । फाउन्डेसनले पाटन क्याम्पसलाई अन्तर्राष्ट्रिय लेबलको सुविधा सम्पन्न क्याम्पस निर्माण गर्न करिब रु दुई अर्ब रकम लगानी गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल सरकारको कूटनीतिक पहल पुग्न नसक्दा त्यो काम अगाडि बढ्न सकेन । विसं २०३३ मा केही समयका लागि अस्थायीरुपमा निर्माण गरेका टिनले छाएका तीन वटा टहरामा अहिलेसम्म पनि विद्यार्थी अध्ययनरत छन् ।
लक्ष्मणसिंह कुँवरले भने, “हाम्रो आन्तरिक स्रोतबाट केही भवन निर्माण गरेका छौँ । हाल पाटन क्याम्पसमा २८ वटा विभाग छन् भने करिब १० हजार बढी विद्यार्थी अध्ययनरत छन् ।” विद्यार्थीलाई भवनकै कारण सहजसाथ अध्ययन गर्ने बताए । क्याम्पस प्रमुख कुँवरका अनुसार क्याम्पसको भवन निर्माणका लागि शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले २०७८ सालमा जिम्मा लिएपछि बोलपत्र प्रक्रियामा छ । तर यी भवनलाई भत्काएर नयाँ भवन कहिले निर्माण हुन्छन् भन्ने अझै थाह छैन ।
क्याम्पसको प्रशासनिक भवन नै जीर्ण अवस्थामा छ । आन्तरिक स्रोतबाट निर्माण भएका केहीबाहेक अरु सबै भवन जीर्ण अवस्थामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - १७:२९
काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की राजकीय जिम्मेवारीबाट अलग हुने तयारीमा रहेकी छन्। शुक्रबार प्रस्तावित नयाँ प्रधानमन्त्री बालेन शाहले पद तथा गोपन...
चैत्र १० गते, २०८२ - १७:२२
देउवालाई बेवास्ता गरेर अघि बढ्दा कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोरेको आरोप
चैत्र १० गते, २०८२ - १७:१२
काठमाडौँ। नेपाली कांग्रेसले आफ्नो १५ औँ महाधिवेशनका लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिले तयार पारेको प्र...
चैत्र १० गते, २०८२ - १६:५२
नयाँदिल्ली। तौल घटाउने औषधिको सस्तो जेनेरिक संस्करण बजारमा तीव्ररूपमा फैलिन थालेपछि भारतले त्यसको दुरुपयोग र स्वास्थ्य जोखिमबारे कडा चेतावनी दिएको छ ।...
चैत्र १० गते, २०८२ - १६:३९
काठमाडौं । चलचित्र ‘तेल भिसा’ का निर्माता शिवराज कार्की पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले उनलाई स्वयम्भू बाट पक...
चैत्र १० गते, २०८२ - १६:२६
काठमाडौं । नेपाली कांग्रेस ले संविधान संशोधनसम्बन्धी अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको छ। पार्टी उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति...
चैत्र १० गते, २०८२ - १६:११
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँचजनाविरुद्ध भ्...
चैत्र १० गते, २०८२ - १५:५६
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले शपथ लिए...
चैत्र १० गते, २०८२ - १५:१२
ढल्केबर। धनुषाको मिथिला नगरपालिका-७, एक्लेबरस्थित मानवबस्ती नजिकै जङ्गली चितुवा देखापरेको छ । वडाध्यक्ष रामबहादुर स्याङ्दनले मङ्गलबार बिहान १० बजे एक्...
चैत्र १० गते, २०८२ - १४:४४
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रह...


प्रतिकृया लेख्नुहोस्: