काठमाडौं । किसान संघर्षमा मारीएकाहरुलाई राष्ट्रिय सहिद घोषण गर्न अखिल नेपालकिसानमहासंघ (क्रान्तिकारी केन्द्र) ले सरकार सँग माग गरेको छ ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०३४ साल असार ६ गते चितवनको जुगेडीमा सामन्तहरूका विरुद्ध किसानहरूले गरेको ऐतिहासिक र वीरतापूर्ण संघर्षका क्रममा हत्या गरीएका योद्धाहरुलाई राष्टिङय सहिद घोषणा गर्न माग गरेको हो ।
किसान महासंघका केन्द्रीय अध्यक्ष चित्रबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै किसान संघर्षको क्रममा घटनास्थलमा नै सहादतप्राप्त गरेका किसान सहिद दशरथ चेपाङ, सन्तबहादुर प्रजाका साथै हिरासतमै हत्या गरिएका नन्दबहादुर प्रजा र भक्तबहादुर प्रजालाई राष्ट्रिय सहिद घोषणा गर्न र सम्मान प्रकट गर्न नेपाल सरकार समक्ष माग गरेका हुन् ।
विज्ञप्तिमा किसान संघर्षका क्रममा र तत्कालीन राजावादी–पञ्चायती शासकहरूको आदेशमा गिरफ्तार गरी आततायी प्रशासनद्वारा हिरासत भित्र क्रुरतम् र अमानवीय यातना दिई हत्या गरीएकाहरुलाई सम्मान स्वरुप सशिद घोषण गर्न माग गरिएको छ ।
तत्कालीन समयमा २०३४ साल असार ६ गते चितवनको जुगेडीमा सामन्तहरूका विरुद्ध किसानहरूले गरेको ऐतिहासिक र वीरतापूर्ण संघर्ष गरेका थिए । सोही आन्दोलनमा दशरथ चेपाङ, सन्तबहादुर प्रजाको हत्या भएको थियो भने नन्दबहादुर प्रजा र भक्तबहादुर प्रजालाई तत्कालीन प्रशासनले गिराफ्तर गरी हिरासत मै हत्या गरेको थियो ।
अध्यक्ष श्रेष्ठले जुगेडी किसान संघर्षले देखाएको वर्गीय मुक्ति र क्रान्तिको बाटोलाई दृढतापूर्वक पच्छाइरहने प्रतिबद्धता व्यक्त गर्दै जुगेडी किसान संघर्षका महान सहिदहरूलाई स्मरण उच्च सम्मान प्रकट गर्दै उहाँहरूले देखाएको संघर्षको बाटोलाई जस्तो सुकै कठिन परिस्थितिमा पनि जारी राख्ने र उहाँहरूले उठाएको क्रान्तिकारी किसान आन्दोलनको झण्डालाई झुक्न नदिने बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: