Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र भर्ने बढे, भन्सार कडाइप्रति उद्योगी व्यवसायीको समर्थन

खबरडबली संवाददाता

बेलहिया । भैरहवा भन्सार कार्यलयले गत जेठ १६ गतेदेखि रू एक सय भन्दा बढी मूल्यको समान ल्याउदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको छ ।  प्रज्ञापनपत्रमा कडाइ नहुँदा घरयासी प्रयोजनका लागि भन्दै भारतबाट समान ल्याउनेको सङ्ख्या उल्लेख्य रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाइ गरेपछि प्रज्ञापनपत्र भर्नेको सङ्ख्या बढेको हो ।

भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भने, “हामीले प्रज्ञापनपत्र नभरी कुनै पनि घरायासी होस् वा अन्य कुनै प्रयोजनको समान नेपाल ल्याउन दिएका छैनौँ । यसैले सर्वसाधरणले स्वत:स्फूर्त रुपमा प्रज्ञापनपत्र भरिरहनुभएको छ ।” भन्सारको अभिलेख अनुसार जेठ १६ देखि जेठ मसान्तसम्मको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापनपत्र भरेर समान लिएका छन् । गत वर्षको जेठ महिनाभरी तीन सय छ जनाले मात्रै प्रज्ञापनपत्र भरेर समान लिएको तथ्याङ्क छ । 

भन्सारको अभिलेखका अनुसार विसं २०७९ फागुनमा एक हजार दुई सय १५ जनाले, चैतमा एक हजार तीन सय ४४ जनाले प्रज्ञापनपत्र भरेका छन् । विसं २०८० वैशाखमा एक हजार एक सय ८३ र जेठमा तीन सय ५७ जनाले मात्रै प्रज्ञापनपत्र भरेका थिए । भन्सार व्यवस्थालाई कडाइ गरेपछि जेठ १६ देखि ३२ सम्मको १६ दिनको अवधिमा ३० हजार तीन सय ६६ जनाले प्रज्ञापन भरेका कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

भन्सार कडाइप्रति उद्योगी व्यवसायीको समर्थन 
भन्सार कार्यालयले प्रज्ञापनपत्र नभरी कुनैपनि समान नेपाल ल्याउन नदिने गरी कडाइ गरेपछि उद्योगी व्यवसायीका नेताले समर्थन जनाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित एक कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्सारमा कडाइ गरेपछि प्रारम्भिक रुपमा सीमावारीको व्यापारमा सकारात्मक प्रभाव परेको बताए ।

“भन्सारमा कडाइ गरेसँगै यसको सकारात्मक प्रभाव परेको छ भने साना व्यवसायीलाई धेरै राहत भएको छ । दीर्घकालीन असर केही समयमा देखिन्छ”, उनले भने । उनले चोरी तस्करीको सामान किन्ने व्यवसायीलाई प्रहरीले सहजै पक्राउ गर्न सक्ने बताए । “कसैले पनि तस्करीको समान न किनौँ, कुनै व्यवसायीले बिल विजक बिनाको समान किनेमा प्रहरी प्रशासनले कारबाही गर्छ”, शर्माले भने । 

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य राजेश अग्रवालले भन्सारमा गरिएको कडाइ सकारात्मक रहेको भन्दै चोरी तस्करी नियन्त्रणमा सबैको सहयोग जरुरी रहेको बताए । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कूलप्रसाद न्यौपानेले तस्करीको समान भैरहवा बुटवल मात्रै नभएर पाल्पा, गुल्मी, चितवन, काठमाडौँसम्म पुग्ने गरेकामा अब त्यो काम रोकिने बताए ।

उद्योग वाणिज्य महासङ्घका पूर्व केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले भैरहवा भन्सारले गरेको कडाइले चोरी तस्करी मात्रै नभएर लागुऔषध र अन्य सामाजिक विकृतिमा पनि न्यूनीकरण गरिरहेको बताए । वरिष्ठ पत्रकार माधव ढुङ्गानाले नेपालको भन्सार ऐन अनुसार संक्षिप्त प्रज्ञापनपत्र कार्यन्वयनमा गरिएको कडाइप्रति भारतीय पक्षले टाउको दुखाउनुको अर्थ नहुने बताए ।

लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसीले भन्सारमा कडाइ गर्ने कार्य राम्रो भएको बताउँदै मूल भन्सार भन्दा दायाँबायाँको नाकाबाट भइरहेको चोरी तस्करी नियन्त्रणमा सबैको सहकार्य जरुरी रहेको बताए । “सीमापारीबाट अवैध रुपमा साइकल, मोटरसाइकल, चिनी, दाल, किराना सामान, कपडालगायत अन्य सामग्री खरिद गर्ने काम व्यवसायीले बन्द गर्नुपर्छ”, उनले भने ।

लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्माले सिद्धार्थ उद्योग वाणिज्य सङ्घले सस्तो बजार लगाएर आर्थिक अवस्था कमजोर भएका नागरिकलाई राहत दिनुपर्नेमा जोड दिए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले उद्योगी व्यवसायीले बिलबिजक बिनाको समान खरिद नगर्न आग्रह गरे । “कसैले पनि बिलबिजक बिनाको समान किन्नु अवैध हो”, उनले भने, “अवैध कार्यमा संलग्न जुनसुकै व्यपारीलाई प्रहरी प्रशासनले कारबाही गरेमा हामीले उनीहरुको बचाउमा एक शब्द पनि खर्चिन्नौँ ।” 

अध्यक्ष श्रेष्ठले भन्सार प्रशासनले संक्षिप्त प्रज्ञापनपत्रको कडाइ गरेकोप्रति स्वागत गर्दै यस कार्यले नेपाली व्यवसायीलाई राहत मिलेको बताए । “यताका किराना पसल, कपडा पसल, हार्डवेयर पसललाई केही राहत मिलेको छ, भन्सार राजस्व बढेको छ । राज्य र नागरिकलाई फाइदा भएको छ । हामी भन्सार र प्रहरी प्रशासनको उक्त कार्यको प्रशंसा गर्दछौँ”, उनले भने ।

अध्यक्ष श्रेष्ठले सीमावर्ति भारतीय व्यपारीले केही दिन अगाडि पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य सङ्घले रोकेको भन्ने गलत प्रचार गरेकोप्रति ध्यानकर्षण भएको बताए । उनले भने, “हामीले बोडरमा गएर रोेकेका छैनौँ, यति अनुरोध छ कि सीमापारीबाट अवैध समान आउनु हुँदैन । सामान ल्याउँदा भन्सार तिरेर मात्रै ल्याउनु पर्छ ।”

भैरहवामा जेठ १६ गतेदेखि सीमावर्ति भारतीय बजारबाट रू एक सय मूल्यभन्दा बढीको समान ल्याउँदा अनिवार्य संक्षिप्त प्रज्ञापनपत्र भरेर ल्याउने व्यवस्थामा कडाइ गरेपछि यसको असर सीमापारीको सुनौली नौतनवा बजारमा परेको छ । भारतीय व्यपारीहरुले नेपालमा भन्सार नगरी समान लैजान दिनुपर्ने भन्दै दुई दिन पहिले महापञ्चायत गरेका थिए ।  भन्सार नतिरी तस्करहरुले सीमापारीबाट अवैध रुपमा सामान ल्याइए बिक्री गरेको पाइएमा अवैध समान खरिद, बिक्री गर्ने व्यापारीलाई कारबाही गर्ने उद्योग वाणिज्य सङ्घले जनाएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी शिक्षालय सञ्चालकको आग्रह

काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...

ब्लु बस’ सेवा तत्काल सुरु नहुने, साझाका हरिया बसको रङ पनि परिवर्तन नहुने

काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...

राजधानीको प्यास मेटाउने सुन्दरीजलमै खानेपानीको चरम अभाव

काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending