Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

पशुपति अध्ययन केन्द्र स्थापना गरिँदै

खबरडबली संवाददाता

काठमाडौँ । पूर्वीय दर्शनका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा अघि सारेको छ । गुरुयोजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट पारित भई मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको जनाइएको छ । 

नेपाल वेद विद्याश्रमसँगै निर्माण गरिने अध्ययन केन्द्रको ढाँचा पनि तयार गरिएको कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले  जानकारी दिए । नेपाल वेद विद्याश्रमको स्तरोन्नतिसमेत गर्ने गरी अनुमानित रु ८६ करोडको लागतमा अध्ययन केन्द्र निर्माणको ढाँचा तयार पारिएको हो । केन्द्र निर्माणका लागि दाताको सहयोग लिने गरी छलफल चलिरहेको उनले बताए । पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक सङ्कलन गरी पशुपति क्षेत्रमा रहेको पशुपति पुस्तकालयका पुस्तक पनि यहीँ व्यवस्थित गरिने भएको छ । नेपाल वेद विद्याश्रमले विसं २०३१ मा स्थापना गरेको पुस्तकालयमा पशुपति क्षेत्र विकास कोष स्थापना भएपछि कोषको पुस्तकालयसमेत एकीकृत गरी एउटै पुस्तकालय सञ्चालन गरिएको छ । 

विसं २०५६ साउनपछि वेद विद्याश्रमसमेत कोषले सञ्चालन गर्न थालेको हो । कोषले वेद विदाश्रम सञ्चालन गर्न थालेपछि दुवै पुस्तकालयलाई एउटै बनाइएको हो । पुस्तकालयमा पाँच हजार पुस्तक छन् ।  पूर्वीय दर्शनका अन्य पुस्तकसमेत सङ्कलन गरी पशुपति क्षेत्रमा आकर्षक पुस्तकालय सञ्चालन गर्न लागिएको पनि कोषले जनाएको छ । वेद विद्याश्रमका विद्यार्थीका लागि पनि पुस्तकालयले अध्ययनमा सहयोग गर्नेछ । पशुपति क्षेत्रमा आउने भक्तजनले पनि केही समय बसेर अध्ययन गर्न चाहेमा पढ्न पाउने व्यवस्था मिलाइने कोषका सदस्य सचिव डा।मिलनकुमार थापाले बताए ।

अध्ययन केन्द्र पशुपति क्षेत्र, पूर्वीय दर्शन र नेपालका समग्र विषयमा अध्ययन गर्न सकिने गरी विकास गरिने लक्ष्य रहेको जानकारी पनि उनले गराए । कोष मातहत पुस्तकालय भए पनि विगतमा कमै खुल्ने गरेको थियो । कोषले हालै पुस्तकालय हेर्ने कर्मचारीसमेत तोकेको छ । वेद विद्याश्रममा अध्ययन गर्दै हाल अध्यापनसमेत गराउन थालेका मनोज घिमिरे विद्यार्थी र अध्यापटक गरी २० वर्षे अवधिमा कहिलेकाहीँ मात्र पुस्तकालय खुलेको सुनाउँछन् ।
विसं २०५६ देखि कोषले चलाएको पुस्तकालयमा तोकिएका कर्मचारी कहिले आउने कहिले नआउने गर्दा प्रायजसो बन्द रहने गरेको उनले बताए । राष्ट्रदेवका रूपमा पूजिने पशुपतिनाथको मन्दिर रहेको क्षेत्रमा स्वदेश र विदेशबाट समेत वार्षिक लाखौँ पर्यटक आउने गरेका छन् । ती पर्यटकका लागि पशुपतिनाथ, पूर्वीय दर्शनलगायत विषयमा जानकारी लिने पुस्तकालयको अभाव छ । यही अभाव पूर्ति गर्न कोषले पशुपति अध्ययन केन्द्रको अवधारणा अघि सारेको हो । पुस्तकालयमा विभिन्न वेद, शिवपुराण, नेपाली निघण्टुलगायत पूर्वीय दर्शनका महत्वपूर्ण पुस्तक छन् । 

सहरी क्षेत्रमा ई–पुस्तकालयको समेत अवधारणा आइसकेको समयमा यहाँ भने भइरहेको पुस्तकालयसमेत व्यवस्थितरूपमा सञ्चालन हुनसकेको छैन । नेपाल वेद विद्याश्रम स् महाविद्यालयका रुपमा स्थापित हुँदै वेद विद्याश्रममा हाल दुई सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् । एक सय नौ विद्यार्थीका लागि आवासीय व्यवस्था गरिएको छ । हाल कक्षा ४ देखि १२ सम्म पढाइ हुने विद्याश्रममा विसं २०७६ देखि ११ कक्षा सुरु भएको हो ।  

संस्कृत माध्यमिक विद्यालय रानीपोखरी र उत्तर बाहिनी गुरुकुल गोकर्णमासमेत दुई वर्षअघिदेखि कक्षा ११ को पढाइ सुरु भएको हो । उपत्यकाका यी तीन संस्थामा कक्षा ११ र १२ मा संस्कृत विषय अध्यापन गराइन्छ । विद्याश्रमलाई कोषले सञ्चालन गर्नुअघि गुठी संस्थानले चलाउने गरेको थियो । विसं २०५२ देखि २०५४ सम्म दुई वर्ष भने विश्व हिन्दू महासङ्घले विद्याश्रम सञ्चालन गरेको थियो । विसं २०५४ देखि २०५६ सम्म फेरि संस्थानले नै सञ्चालन गरेको जनाइएको छ । संस्थानले २७ जना विद्यार्थीका लागि आवासीय व्यवस्था गरेको थियो । 

विसं २०५५ मा पशुपतिनाथको दर्शनसहित नेपाल भ्रमणमा आएका काञ्चीकामाकोटी पीठका शङ्कराचार्य जयन्द्र सरस्वतीले पाँच विद्यार्थीका लागि आवासीय विद्यार्थी थप गरेका थिए । विसं २०५६ मा तीर्थराज आचार्यले पशुपति क्षेत्रमा लगाएको सोमयाग यज्ञबाट जम्मा भएको स्रोतबाट एक जना विद्यार्थीका लागि विद्याश्रमको आवासीय सुविधा थप गरिएको थियो । विसं २०६० मा बलबहादुर केसी संस्कृतिमन्त्री हुँदा विद्याश्रममा एक जिल्लाको एकजना विद्यार्थीलाई आवासीय रूपमा छात्रावासमा राखी पढ्ने व्यवस्था गरिएको प्रधानाध्यापक पोखरेल बताउँछन् ।

विसं २०७६ देखि भने आवासीय विद्यार्थीको सङ्ख्या बढाएर १०९ पुर्याइएको छ । आवासीय विद्यार्थीको सङ्ख्या १०९ पुर्याइएको छ । कोषले विद्याश्रमलाई महाविद्यालयका रूपमा अघि बढाउने सोच अघि सारेको छ । यसका लागि विद्याश्रमका भवन जीर्णोद्धारसँगै विस्तारसमेत हुन थालेका छन् । योग कक्षा, यज्ञशाला र कक्षाकोठा धमाधम निर्माण भइरहेको छ । पशुपति क्षेत्रस्थित वनकालीको ३१ रोपनी क्षेत्रफलमा फैलिएको विद्याश्रम नेपालमा वेदको औपचारिक पठनपाठन हुने महत्वपूर्ण शैक्षिक संस्था हो ।

यही विद्याश्रमकै कारण पाठ्यक्रम विकास केन्द्रले वेद विद्याश्रमको छुट्टै पाठ्यक्रम निर्माण गरी जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट पाठ्यपुस्तकसमेत छपाइ भइरहेको छ । यसबाट देशभर सञ्चालनमा रहेका करिब दुई सय गुरुकुललाई सहयोग पुगेको छ । विद्याश्रम पूर्वीय दर्शनको संरक्षणमा महत्वपूर्ण शैक्षिक संस्था भए पनि शिक्षक, कर्मचारीको वृत्ति विकासमा व्यवस्थापनले ध्यान नदिएको गुनासो हुने गरेको छ । 

विसं २०५६ देखि कार्यरत शिक्षक, कर्मचारीमध्ये विद्याश्रमका एकजना अध्यापकमात्र स्थायी र अरु करारमा नियुक्ति हुँदा शैक्षिक क्रियाकलापमा असर पुगेको छ । करारमा काम गर्दा अवसर पाउने वित्तिकै अध्यापक अन्यत्र जाने गर्नाले पठनपाठनमा समस्या आउने गरेको हो । यस विषयमा कोष व्यवस्थापनले ध्यान दिनुपर्ने छ । कोषले पशुपति हिन्दू विश्वविद्यालयका अवधारणा पनि अघि सारेको छ । जहाँ पूर्वी दर्शनका सबै विषय अध्ययन, अध्यापनको व्यवस्था गरिने सोच अघि ल्याइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शीतल निवासमा तीन दलका शीर्ष नेतासँग राष्ट्रपति र प्रधानमन्त्रीको छलफल जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...

आयोगले गर्याे तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा

काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...

देउवा र ओली सुटुक्क पुगे शीतल निवास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...

सिन्धुलीमा शरीरमा पेट्रोल छर्की आगो लगाई बुहारीको हत्या, सासू र नन्द पक्राउ

सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...

छानबिन आयोगले पठायो पूर्व गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पत्र

काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...

सरकारी टोलीले गर्याे क्षतिग्रस्त नेकपा कार्यालयको अनुगमन

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...

शितल निवासमा प्रधानमन्त्री कार्की र तीन शीर्ष नेताबीच पहिलो पटक वार्ता हुँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...

हामी सुदन गुरुङजी र कुलमानजीसँग पनि कुरा गर्छौ: रवी लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...

सबैभन्दा पहिला चुनावमा भाग लिने स्पष्ट सन्देश एमालेबाट आयो: सञ्चारमन्त्री खरेल

काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...

हुस्सु र कुहिरोले नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन

नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।  नागरिक उड्डयन क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending