Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी

खबरडबली संवाददाता

वीरगञ्ज । मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ । विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ई मुनिन्द्र ठाकुरले अघिल्लो आर्थिक वर्ष २०७८–७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत् सेवा पुगेको जानकारी दिए । “बाँकी रहेको एक प्रतिशत घरमा चालु आर्थिक वर्ष २०७९–८० मा विद्युत पुर्‍याएपछि प्रदेशका शतप्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ”, उनले भने । 

प्रमुख ठाकुरले केही दिनमा प्रदेशलाई ‘शतप्रतिशत विद्युतीयकरण प्रदेश’घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए । प्रदेशका सबै गाउँबस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानको खेतबारीसम्म विद्युत् पुर्‍याउने अभियान सुरु गरिएको उनले बताए ।  विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षदेखि रू ५५ करोड बराबरको सिञ्चाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारसँगको सहकार्यमा सिँचाइ विद्युतीकरण सुरु गरेको छ ।

“उक्त कार्यक्रमअन्तर्गत स्थानीय सरकारले आफ्ना पालिकाभित्रका किसानलाई नि:शुल्क बत्ती दिने र सिँचाइ बत्ती महसुलबापतको रकम स्थानीय तहले प्राधिकरणलाई बुझाइने व्यवस्था गरेको छ”, प्रमुख ठाकुरले भने । हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ८० स्थानीय तहले नि:शुल्क सिँचाइ बत्ती पुर्‍याउन निर्णय गरेर पठाएको उहले बताए । 

सिँचाइ मिटर प्रयोग गर्ने किसानलाई प्रतियुनिट रू दुईका दरले मात्र महसुल तिराउने नीति लिएर विद्युत् प्राधिकरणले सिँचाइ विद्युतीकरण सुदृढीकरण कार्यक्रमका लागि रू पाँच अर्ब बजेट छुट्याएको जनाएको छ ।  प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम पश्चात् प्राधिकरण सेवा विस्तार प्रणाली सुदृढीकरण भएको र निरन्तर विद्युत् चुहावट घट्दै गएको प्रमुख ठाकुरले जानकारी दिए ।

मधेस प्रदेशमा गत आर्थिक वर्ष २०७७–७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७८–७९ मा १४ दशमलव १७ प्रतिशतमा चुहावट झरेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।  सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१–४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५–३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो । 

औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने शून्य दशमलव ३२ प्रतिशत रहेको जनाएको छ । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।  मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २२ हजार छ सय ६३ ग्राहकको विद्युत लाइन काटिँदा १८ हजार आठ सय २९ ग्राहकले पुन:विद्युत् जडान गराएका प्रमुुख ई ठाकुरले बताए । उनका अनुसार पुन:विद्युत् जडानबाट रू एक अर्ब ४३ लाख ४३ हजार एक सय १५ बक्यौता असुली भएको छ । 

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन कट्टा गर्ने अभियान चलाएको प्रमुुख ई ठाकुरको भनाइ छ । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म मधेस प्रदेशमा रू १४ अर्ब ३३ करोड मूल्य बराबरको विद्युत् बिक्री हुँदा रू १२ अर्ब ९३ करोड महसुल सङ्कलन भएको उनले जानकारी दिए ।

“मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०७९–८० मा ६१ हजार सात सय ६३ नयाँ ग्राहक थपिएका छन् । योसँगै प्रदेशमा ग्राहकको सङ्ख्या दश लाख ४४ हजार सात सय ८६ रहेका छन्”, प्रमुख ठाकुरले भने । विसं २०७८ देखि अनलाइनबाट विद्युत् महसुल बुझाउनका लागि अनलाइन सेवा सुरु गरेको उनले जानकारी दिए । उनका अनुसार कुल ग्राहकमध्ये हाल २६ प्रतिशतले अनलाइन सेवामार्फत विद्युत महसुल तिर्दै आएका छन् ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संसदमा मौनधारण विषयलाई लिएर सभामुखको आपत्ति

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सहिदहरूको सम्झनामा ५ मिनेट मौनधारण गरिएको विषयलाई लिएर सभामुखले आपत्ति जनाएका छन्। नेपाली कांग्रेसका सचे...

प्रधानमन्त्रीको अभिव्यक्तिमा स्पष्टीकरण माग्दै आजपनि विपक्षीको विरोध

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि विपक्षी दलहरूको विरोधका कारण प्रभावित भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका हुन्। ...

नभएका प्रमाणहरू सिर्जना गरेर नेपाललाई सीमा अतिक्रमणकारी देशको रूपमा प्रस्तुत गर्न खोजियो: निश्कल राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहको हालैको संसदमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले प्रधानमन्...

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...

विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका छन् । आजै दिउँसो राष्ट्रप...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी गर्ज हाइड्रोपावर प्राली प्रवर्द्धक रहेको...

मन्त्रिपरिषद्का चार निर्णय: जलविद्युत् आयोजनालाई वन प्रयोग स्वीकृति

काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले ऊर्जा, प्रशासन, सामाजिक संस्था व्यवस्थापन र छानबिन प्रतिवेदनसम्बन्धी चार प्रमुख निर्णय गरेको छ। बैठ...

देशभर भूमि समस्या समाधान समिति गठन, ७७ जिल्लामा परिपत्र

काठमाडौं । सरकारले देशभरका ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा स...

पुन: गृहमन्त्रीमा नियुक्त भए सुधन गुरुङ, आजै शपथ ग्रहण

काठमाडौँ, सांसद सुधन गुरुङ पुन: गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ ग्रहण आज दिउँसो ३ बजे राष्ट्रपति भवन शीतल निवास मा हुने त...

सुनको भाउ तोलामा २ हजार रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending