गोरखा । नेपाल पत्रकार महासंघ, गोरखा शाखामा ताला लगाइएकाे छ । महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस गरेकाे भन्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति, गोरखाले तालबन्दी गरेको हाे ।
प्रेस सेन्टर गोरखाले मंगलबार शुद्धीकरणको बाहानामा महासंघ नेतृत्वले कार्यसमितिको बैठकलाई छलेर साेमबार पदाधिकारीको बैठक बसी शाखालाई कुनै अमुक राजनीतिक दलको भातृसंगठनको रुपमा स्थापित गर्ने रणनीतिका साथ सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत हुने गरी क्रियाशिल पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरिएको निर्णयकाे निन्दा गर्दै प्रेस सेन्टरले महासंघलाई गलत निर्णय तत्काल सच्याउन माग समेत गरेको छ ।
महासंघ केन्द्रको सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत हुनेगरी महासंघको जिल्ला नेतृत्वले ल्याएको शुद्धीकरण प्रस्ताव अत्यन्त गैह्रजिम्मेवार, अव्यवहारिक, अविवेकपूर्ण र भस्मासुर प्रवृत्तिको भएको प्रेस सेन्टरले ठहर गरेको छ ।
प्रेस सेन्टरले महासंघ गोरखाको प्रस्तावले पत्रकार महासंघको ओज घट्ने, पत्रकार महासंघको गरिमा हराउने र पत्रकारिता क्षेत्रमा निरन्तरत क्रियाशिल भई काम गर्दै आएका साथीहरू प्रति घोर अन्याय गरेकेा जनाएको छ । महासंघ गोरखा शाखाले कैफियत राखेर पत्रकारितामा सकृय रहेका तर नवीकरण नगर्ने लिष्टमा समावेश सम्पूर्ण क्रियाशिल पत्रकार साथीहरूका सन्दर्भमा थप छानविन गरी सदस्यता नवीकरणका लागि महासंघको प्रदेश समिति र केन्द्रीय समितिसंग संगठनले माग गरेको छ ।
महासंघ गोरखाको नेतृत्व जबर्जस्ती अघि बढ्न खोजे संगठन गम्भीर कदम चाल्न बाध्य हुने व्यहोरा सहितको चेतावनी समेत दिएको छ । प्रेस यूनियनकाे नेतृत्व रहेकाे गाेरखा शाखामा महासंघका २९ सदस्य रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: