गोरखा । नेपाल पत्रकार महासंघ, गोरखा शाखामा ताला लगाइएकाे छ । महासंघको केन्द्रीय मापदण्ड विपरीत सदस्यता खारेजीको सिफारीस गरेकाे भन्दै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति, गोरखाले तालबन्दी गरेको हाे ।
प्रेस सेन्टर गोरखाले मंगलबार शुद्धीकरणको बाहानामा महासंघ नेतृत्वले कार्यसमितिको बैठकलाई छलेर साेमबार पदाधिकारीको बैठक बसी शाखालाई कुनै अमुक राजनीतिक दलको भातृसंगठनको रुपमा स्थापित गर्ने रणनीतिका साथ सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत हुने गरी क्रियाशिल पत्रकारहरुको नै सदस्यता नवीकरण नगर्ने भनि गरिएको निर्णयकाे निन्दा गर्दै प्रेस सेन्टरले महासंघलाई गलत निर्णय तत्काल सच्याउन माग समेत गरेको छ ।
महासंघ केन्द्रको सदस्यता शुद्धीकरणको मापदण्ड विपरीत हुनेगरी महासंघको जिल्ला नेतृत्वले ल्याएको शुद्धीकरण प्रस्ताव अत्यन्त गैह्रजिम्मेवार, अव्यवहारिक, अविवेकपूर्ण र भस्मासुर प्रवृत्तिको भएको प्रेस सेन्टरले ठहर गरेको छ ।
प्रेस सेन्टरले महासंघ गोरखाको प्रस्तावले पत्रकार महासंघको ओज घट्ने, पत्रकार महासंघको गरिमा हराउने र पत्रकारिता क्षेत्रमा निरन्तरत क्रियाशिल भई काम गर्दै आएका साथीहरू प्रति घोर अन्याय गरेकेा जनाएको छ । महासंघ गोरखा शाखाले कैफियत राखेर पत्रकारितामा सकृय रहेका तर नवीकरण नगर्ने लिष्टमा समावेश सम्पूर्ण क्रियाशिल पत्रकार साथीहरूका सन्दर्भमा थप छानविन गरी सदस्यता नवीकरणका लागि महासंघको प्रदेश समिति र केन्द्रीय समितिसंग संगठनले माग गरेको छ ।
महासंघ गोरखाको नेतृत्व जबर्जस्ती अघि बढ्न खोजे संगठन गम्भीर कदम चाल्न बाध्य हुने व्यहोरा सहितको चेतावनी समेत दिएको छ । प्रेस यूनियनकाे नेतृत्व रहेकाे गाेरखा शाखामा महासंघका २९ सदस्य रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: