काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रतिनिधि सभामा शोक प्रस्ताव पारित भएको छ । प्रतिनिधि सभामा प्रदेशका बहालवाला मन्त्रीको निधन भएपछि शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएकाे हाे ।
प्रदेशका बहालवाला मन्त्री सिंहको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै बुधबार संसद बैठकको सुरुमै सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए याे अभ्यास आजदेखि नयाँ सुरुवात भएको हो ।।
शोक प्रस्तावमा भनिएको छ, “प्रतिनिधि सभाको यो बैठक, नेपाली काँग्रेसको तर्फबाट वि.सं. २०७९ सालमा बझाङ जिल्ला निर्वाचन क्षेत्र नं. १ (क) बाट सुदूरपश्चिम प्रदेश सभा निर्वाचनमा निर्वाचित सदस्य, लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका, ग्रामिण विकासमा उल्लेखनीय योगदान पुऱ्याउनु भएका, सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारको क्रममा २०८० असार ५ गते मंगलबार ६५ वर्षको उमेरमा असामयिक निधन भएकोमा उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक-सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।”
सभामुख घिमिरेले उक्त शोक प्रस्ताव प्रस्तुत गरेर पारित भएपछि आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
कांग्रेसका नेता सिंह बझाङ–१ बाट प्रदेशसभामा निर्वाचित भएका थिए । मन्त्री सिंह सोमबार प्रदेश राजधानी धनगढीबाट परिवारका ४ सदस्यसहित गृह जिल्ला प्रस्थान गरेका थिए । मन्त्री सिंह चढेको जिप दिउँसो कालंगा खोला किनारको धारछडी भन्ने स्थानमा जिप दुर्घटना हुँदा उनकाे निधन भएकाे हाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: