काँके । बाँकेकाे बैजनाथ गाउँपालिका–४ पिपलडाँडाकी सुनिता परियारको विवाह भएको १२ वर्ष भयो । छिन्चु माइतीघर भएकी उनको बैजनाथ–४ का रामबहादुर थापासँग भागी विवाह भएको थियो ।
उनको अहिलेसम्म न विवाह दर्ता बनेको छ न त बालबच्चाको जन्मदर्ता नै । विवाह भएदेखि श्रीमान् र घरपरिवारले दलित समुदायको बुहारी भित्र्याएको भन्दै हेला गर्दै आएको सुनिताको भनाइ छ ।
तीन सन्तानकी आमा सुनिताका दुई छोरी र एक छोरा रहेका छन् । तीनै जनाको जन्मदर्ता समेत बनेको छैन । सामान्यदेखि घरको पूजाआजा र अन्य काममा समेत विभेद गर्दै आएको उनको भनाइ छ । ‘विवाह गरेको दिनदेखि अहिलेसम्म पीडाबाहेक कुनै दिन सुख आएन’, सुनिताले भनिन्, ‘अहिले घर न घाटको भएकी छु। श्रीमानलाई घरपरिवारले अन्यत्र भगाएका छन्। आफूलाई भने छोराछोरीको जोहो कसरी टार्ने भन्ने पिर छ।’
सुनिता अहिले राँझास्थित आफ्नो दिदीसँग बस्दै आएकी छन्। ‘श्रीमानले घर छाडेपछि म दिदीसँगै बस्दै आएकी छु। उहाँसँगै मिलेर काम गर्छु। सुख–दुःख पोख्ने गर्छु।’ विवाह दर्ता भएको भए विदेश गएर पनि कमाउन सकिन्थ्यो तर विवाह दर्ता बनाउन श्रीमान र घरपरिवार राजी छैनन्। पाएको काम पनि गर्न सकिएको छैन।’
अन्तरजातीय विवाहले गर्दा विवाह दर्ता, नागरिकता र बच्चाको जन्मदर्ता बनाउन घरपरिवारले कहिले पनि सहयोग नगरेको सुनिताले बताइन्। ‘वडा कार्यालय, इलाका प्रहरी कार्यालय कोहलपुर र बैजनाथ गाउँपालिका धाउँदाधाउँदै हारेस खाइसकेँ कतैबाट आश्वासन आएन’, उनले भनिन्, ‘जहाँ जाँदा पनि श्रीमान् ल्याउन भन्छन् सम्पर्कमै नभएको श्रीमान् कहाँबाट खोजेर ल्याउने।’
सुनिताकी आमा विष्णु परियारले सानो उमेरमै मन पराएर अन्तरजातीय बिहे गर्दा छोरीले दुःख पाइरहेको पीडा सुनाइन् । ‘बिहे गरेदेखि नै छोरीको दुःख देखेर घरमा शान्तिको महसुस कहिल्यै भएन।’ उनले भनिन्, ‘छोरीको पीडा देखेर उराठ लाग्छ, सधैँ चिन्ताले सताइरहन्छ। यसको विवाह दर्ता बन्यो र नातिनातिनीहरूको जन्मदर्ता बनेको हेर्न इच्छा छ।’
सुनिताले बिहे गरेदेखि सुनिताका श्रीमान् र सासु–ससुराले विवादमात्र सिर्जना गरेको आमा विष्णुले बताइन् । बैजनाथ वडा नं ४ का वडासचिव तिलक खत्री नागरिकता र विवाहदर्ताका लागि श्रीमान् स्वयं उपस्थित हुनुपर्ने बताउँछन् । बालबच्चाको जन्मदर्ता बनाउन सचिवले नै बालबालिकाको आफन्त र गाउँ समाजलाई साक्षी राखेर बनाउन सकिने उनको भनाइ छ ।
वडासचिव खत्रीका अनुसार रामबहादुर थापालाई वडा कार्यालयसम्म ल्याउने व्यवस्था गरेपछि आफूहरूले सबै प्रक्रिया पुर्याएर विवाह दर्ता र नागरिकता सिफारिसका साथै जन्मदर्ता बनाउन मद्दत गर्ने बताए । श्रीमान नभएको खण्डमा विवाहदर्ता र नागरिकताका लागि अदालतबाट नाता प्रमाणित कायम गरेको प्रमाणका आधारमा पनि बनाउन सकिने वडासचिव खत्रीकाे भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १० गते, २०८२ - २०:५९
काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण मंगलबार काठमाडौंसहित देशका विभिन्न जिल्लामा वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका ...
चैत्र १० गते, २०८२ - २०:५७
सुर्खेत । भौतिक पूर्वाधार तथा यातायाता एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् । उनले जाजरकोटको भेरी...
चैत्र १० गते, २०८२ - २०:५४
महोत्तरी । महोत्तरीका ९ वटा पालिका बाढीको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ । सदरमुकाम जलेश्वरमा मंगलबार आयोजित विपद् तयारी तथा ‘लजिस्टिक्स’ ...
चैत्र १० गते, २०८२ - २०:४७
काठमाडाैँ । अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए पनि जलवायु परिवर्तनका कारण वन्यजन्तु र प्राकृतिक वातावरणमा क्षति तीव्र रूपमा बढिरह...
चैत्र १० गते, २०८२ - २०:४४
पर्वत । पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको रुखले च्यापिएर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७५ वर्षीय पूर्णबहादुर दर्जीको आ...
चैत्र १० गते, २०८२ - १९:५४
काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएको करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५९...
चैत्र १० गते, २०८२ - १९:५२
काठमाडाैँ । पूर्व डारफुरस्थित एक अस्पतालमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ६४ बाट बढेर ७० पुगेको विश्व स्वास्थ्य सङ्गठनले मङ्गलबार जनाएको छ । सङ्ग...
चैत्र १० गते, २०८२ - १९:४९
काठमाडौं । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो र...
चैत्र १० गते, २०८२ - १९:४८
भक्तपुर । भक्तपुर नगरपालिका–१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी दुई सार्वजनिक बस एक आपसमा ठोक्किए । दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भयो ...
चैत्र १० गते, २०८२ - १९:४५
सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपा...


प्रतिकृया लेख्नुहोस्: