काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली जिम्बाब्बेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । हरारेमा हुने खेलमा जिम्बाब्बेले टस जितेर बलिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।
नेपालले पाँच वर्षपछि जिम्बाब्बेसँग ५० ओभरको खेल खेल्न लागेको हो । नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रसँग खेल्न लागेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।
नेपालले देव्रेहाते स्पिनर ललित राजवंशीलाई बाहिर राखेर तीन मध्यम गतिका बलरहरुलाई खेलाउने निर्णय गरेको छ । रोहित पौडेलको कप्तानीमा रहने नेपाली टोलीमा आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुल्शन झा र सन्दीप लामिछाने छन् ।
ललितसँगै ज्ञानेन्द्र मल्ल, अर्जुन साउद, किशोर महतो र प्रतिस जिसी बेन्चमा रहेका छन् । नेपालले पहिलो पटक टेस्ट खेल्ने राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरिरहेको हो । विश्वकप लिग २ मा तेस्रो स्थानमा रहि नेपाल विश्वकप छनोटक्रममा पुगेको थियो । सोक्रममा नेपालले १२ मध्येको ११ खेल जितेको थियो ।
क्रेग इर्भिनको कप्तानीमा रहने जिम्बाब्वेका टोलीमा जोयलोर्ड, गुम्बी, वेलिङटन मासाकाद्जा, टेन्डेइ चतारा, सिन विलियम्स, सिकन्दर राजा, रायन बर्ल, वेस्ली माधेभेरे, ब्लेसिङ, मुजाराबानी र रिचर्ड नगराभा प्लेयिङ ११ मा खेल्दै छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - १३:५२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ। १५ सदस्यीय मन्त्रिपरिषद् अनुसार डा। स्वर्णिम वाग्ले...
चैत्र १३ गते, २०८२ - १३:३४
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति कार्यालयबाट बाहिरिएका छन्। प्रधानमन्त्रीको शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय, शीतलनि...
चैत्र १३ गते, २०८२ - १३:१९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री रहेका छन्। नवनियुक्त महिला मन्त्रीहरू यस प्रकार ...
चैत्र १३ गते, २०८२ - १३:०९
काठमाडौं । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले नयाँ मन्त्रीहरूलाई शपथ गराएका छन्। आजै प्रधानमन्त्री बाले...
चैत्र १३ गते, २०८२ - १२:४९
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका वरिष्ठ नेता र पूर्वप्रधानमन्त्रीहरू उपस्थित भएका छन्। राष...
चैत्र १३ गते, २०८२ - १२:४४
काठमाडौं। बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षी...
चैत्र १३ गते, २०८२ - १२:३८
काठमाडौं । निर्वाचित रास्वपाका सांसद अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन्। उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री बन्ने भनिएका सिंहले अस्...
चैत्र १३ गते, २०८२ - १२:२५
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार रुपैय...
चैत्र १३ गते, २०८२ - ११:३४
काठमाडौं । बालेन्द्र साह (बालेन)नेतृत्वको सरकारमा सुनिल लम्साल मन्त्री बन्ने भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री समेत रहेका उ...
चैत्र १३ गते, २०८२ - ११:२३
काठमाडौं । बालेन्द्र साह नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम टुंगो लागेको छ। विभिन्न मन्त्रालयमा जिम्मेवारी बाँडफाँड गर्दै मन्त्रिपरिषद् गठनको प...



प्रतिकृया लेख्नुहोस्: