Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन

खबरडबली संवाददाता

गण्डकी । शुक्लागण्डकी नगरपालिका–२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ ।   गाउँका सबै घरमा मौरीका घार छन् । यहाँको मह स्वदेशमा मात्रै नभई विदेशमा पनि निर्यात हुने गरेको छ । पछिल्लो समयमा त दगामको पहिचान नै मह गाउँ बनेको छ । उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका अन्नपूर्ण, धौलागिरि, मनास्लुसहित माछापुच्छे«लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिनु यहाँको विशिष्टता हो । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यसमेतले यहाँको पर्यटकीय महत्व चुलिएको छ । 

प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहार एवं यहाँको महले देश तथा विदेशमा पाएको चर्चासँगै ठाउँठाउँबाट पर्यटक पुग्न थालेपछि स्थानीयवासी हौसिएका छन् ।  मह गाउँकै रुपमा बढ्दै गएको चर्चासँगै हाइकर्स क्लब नेपालले आफ्नो ३५ औँ शृङ्खला दगाममा सम्पन्न गरेको संयोजक कृष्ण रानाभाटले जानकारी दिनुभयो । ‘स्वास्थ्य र पर्यटनको लागि हाइकिङ’ मूल नाराका साथ विगत तीन वर्षदेखि सञ्चालन भइरहेको हाइकिङ यस पटक दगाममा गरेका हौँ”, उनले भने । 

“प्रत्येक महिनाको अन्तिम शनिबार पोखरा र आसपासका पर्यटकीय गन्तव्यलाई एक दिने हाइकिङका माध्यमबाट पवर्द्धन गर्ने गरिएकोमा यस पटक दगामलाई छनोट गरिएको उनले बताए । दगाम सामुदायिक होमस्टे र यहाँका स्थानीयको सरल, निश्चल र सहयोगी भावनालाई यसअघि सुन्ने गरिएकोमा पुगेरै प्रत्यक्ष अनुभव गरिएको उनले सुनाए । दगाम शुद्ध महका लागि पनि पुग्नै पर्ने गन्तव्यका रुपमा आफूहरूले पाएको बताउँदै रानाभाटले हिमाली एवं पहाडी भूभागको दृश्यावलोकनसँगै यहाँको महलाई पर्यटनसँग जोड्न सकिने पर्याप्त सम्भावना रहेको बताए ।

दगाम सामुदायिक होमस्टेमा पुग्ने जो कोहीलाई स्थानीयले अतिथि देवो भव:को मन्त्रलाई आत्मसात् गर्दै अबिर, फूलको गुच्छा प्रदान गर्नुका साथै परम्परागत मगर जातिको मौलिक कौरा नृत्यले स्वागत गरिन्छ । तनहुँ र कास्कीको सिमानामा पर्ने पृथ्वी राजमार्गको कोत्रे बजारबाट दगाम पुग्न गाडीको सुविधा छ भने हाइकिङ गरी ज्वालादेवी सामुदायिक वन, मकनपुर गाउँ, भुजिकोट हुँदै पनि यहाँ पुग्न सकिन्छ । मौरीपालनका माध्यमबाट दगाम गाउँले आफ्नो छुट्टै पहिचान गराउन सफल भएको अगुवा समाजसेवी नन्दबहादुर थापाले बताए । स्वदेश तथा विदेशमा यहाँको मह पुग्ने गरेको बताउँदै उनले गाउँबाटै प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री भइरहेको जानकारी दिए । मह उत्पादन जति गर्न सके पनि बजारको समस्या नरहेको उनको भनाइ छ ।

पछिल्ला समयमा विशेषत: बिदाका दिनमा कास्की तथा तनहुँका विभिन्न स्थानबाट पर्यटक दगाम आउने गरेको दगाम सामुदायिक होमस्टे व्यवस्थापन समितिकी अध्यक्ष तिला थापा मगरले बताए ।  दगामबाट देखिने हिमालसँगै वरपरका हरिया डाँडाहरू, शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखराको फेवातालसम्मका दृश्यमा पर्यटक लोभिने गरेको उनको भनाइ छ । प्रकृति, संस्कृति र आत्मीयताले पर्यटक आउन थालेपछि यहाँका स्थानीयवासी विसं २०६५ मा नेपालकै पहिलो घरवास ९होमस्टे० सुरु भएको स्याङ्जाको सिरुबारी गाउँ पुगेका थिए । त्यहाँको अवलोकन पछि दगाममा घरबास सुरु गरिएको उनले जानकारी दिए ।

घरवास चलाउन २०६३ सालदेखि नै योजना बनाए पनि सिरुबारीको प्रेरणाले यसतर्फ लागिएको स्थानीयवासी बताउँछन् । घरवासमा आउने पर्यटकले कोदो, मकैको परिकारसँगै लोकल कुखुराको मासुलगायतका स्थानीय परिकार नै बढी रुचाउने गरेको स्थानीयको अनुभव छ ।  आफूहरूले सकेसम्म भटमास, मस्याङ, गुन्द्रुक, ढिँडो, महलगायतका स्थानीय परिकार नै खुवाउने गरेको अध्यक्ष थापामगरले जानकारी दिए । घरवासमा आउने पर्यटकका लागि रु एक हजार चार सयको प्याकेज उपलब्ध छ । यसमा दिउँसो र बिहानको खाजा, बिहान बेलुकाको खाना, मनोरञ्जन र आवासको सुविधा मिलाइएको छ । प्रत्येक दिन ४० जना पाहुना राख्न सक्ने क्षमता रहेको दगाममा आएका पर्यटकले मह खरिद गरी लैजान थालेपछि स्थानीयवासीमा अझै उत्साह थपिएको छ ।

मगर र गुरुङ जातिको संस्कृति पनि यहाँको आकर्षण हो । कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने यो गाउँमा संस्कृति संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ । प्राचीन घाटुनाचको संरक्षणलाई पनि स्थानीयले जोड दिएका छन् । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ । गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम अझै ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगरले बताए ।

दगामको राम्रोसँग प्रवर्द्धन गर्दै पर्यटकको आगमन बढाउन सकेमा यो अन्य स्थानका लागि पनि प्रेरक बन्न सक्ने पाइएको हाइकर्स क्लब नेपालका संयोजक रानाभाटले बताए । “दगाममा उत्पादन हुने महलाई कृषि पर्यटनसँग पनि जोड्न सकिने धेरै सम्भावना छन्”, उनले भने । पृथ्वी राजमार्गको कोत्रेबाट चार/पाँच घण्टाको हाइकिङबाट यहाँ पुग्न सकिन्छ 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर, स्वास्थ्य अवस्था खतरामुक्त

काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...

गणेश नेपाली आत्मदाह प्रकरण : जाहेरी नपरेपछि नगर प्रहरी कर्मचारीमाथि मुद्दा दर्ता भएन

काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...

खरिपाटी सारिएका सुकुमवासीलाई सरकारको आश्वासन : प्रक्रिया पूरा गरेर छिट्टै लालपुर्जा वितरण हुन्छ

काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३१ परिवारका ८९ सुकुमवासी खरिपाटी सारिए

काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...

फिफा विश्वकपको रौनक चुलिँदै : सेमिफाइनलमा पूर्व विजेताबिच भिडन्त

काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...

समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी शिक्षालय सञ्चालकको आग्रह

काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...

ब्लु बस’ सेवा तत्काल सुरु नहुने, साझाका हरिया बसको रङ पनि परिवर्तन नहुने

काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...

राजधानीको प्यास मेटाउने सुन्दरीजलमै खानेपानीको चरम अभाव

काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending