गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् ।
गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन् । भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय पानीको खोजीमा बित्छ । बस्ती बसेदेखि अहिलेसम्म यहाँका स्थानीय दुईरअढाई घण्टा पिउने पानीको खोजीमा बिताउँछन् ।
बर्खा होस्, या हिउँद डोकोमा पानी नबोकी सुक्खा छैन, बर्खामा अलि नजिकको मुहानमा पानी पाइए पनि हिउँदमा पानी कहाँ छ भन्दै खोज्दै हिँड्नुपर्छ’, स्थानीय ४८ वर्षीया चनिसरा गाहाले भने, ‘पानीको व्यवस्था गरिदिन नगरपालिकासँग धेरै अनुरोध गर्यौँ तर पनि पिउने पानी डोकोमा नबोकी खानै पाइँदैन ।’
उनले हिउँदको समय पानी खोज्न दुईरअढाई घण्टा लाग्ने बताउँदै एउटा मुहानमा पानी नभए अर्कोमा जानुपर्ने बाध्यता रहेको सुनाए । ‘स्कुल जाने केटाकेटीलाई पानी लिन पठायो दश उतै बजाउँछन्, पानीका कारण राम्रोसँग पढ्न पनि पाउँदैनन्’, गाहाले भने ।
स्थानीय ६९ वर्षीया चेतकुमारी गाहाले पाल्पाली डाँडामा बस्न थालेदेखि पानी बोकेरै खाएको दु:खेसो गरिन् । ‘पानी बोकेरै जीवन बिताउनु पर्ने भयो, घरमै आएको पानी थाप्ने दिन कहिले आउला रु’, उनले प्रश्न गरिन्, ‘यो डाँडामा बोल्ने मान्छे पनि कोही नभएर होला, खानेपानीमा सधैँ सास्ती खेप्नु परेको छ ।’
स्थानीय ५५ वर्षीय अमर थापाले आँधीखोला लिफ्टिङ खानेपानीले वस्तुभाउलाई खुवाउन सहज बनाएको बताए । ‘मान्केखोलाको पानी पिउनयोग्य खासै मानिँदैन, नौ घरको संयुक्त एकमात्र धारा छ, वस्तुभाउलाई खुवाउन सबैले डोकोमै बोक्ने गरेका छौँ’, उनले भने, ‘मान्केखोलाको पानी आएको पनि धेरै भएको छैन, कल्लेरीको पानी ल्याउने भनेर घरघरै धारा बनाएका छन् ।’
उनले कल्लेरीको पानी आए पिउने पानीको समस्या हट्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १६:५२
काठमाडौं। बझाङको सुंगुरे क्षेत्रमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शनिबार भएको दुर्...
आषाढ़ २८ गते, २०८३ - १६:४०
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...
आषाढ़ २८ गते, २०८३ - १६:३३
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...
आषाढ़ २८ गते, २०८३ - १६:२७
काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...
आषाढ़ २८ गते, २०८३ - १५:३६
काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...
आषाढ़ २८ गते, २०८३ - १५:२३
काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...
आषाढ़ २८ गते, २०८३ - १५:०२
काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...
आषाढ़ २८ गते, २०८३ - १४:४४
काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...
आषाढ़ २८ गते, २०८३ - १४:३३
काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...
आषाढ़ २८ गते, २०८३ - १४:१४
काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...



प्रतिकृया लेख्नुहोस्: