पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष रामशर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिनु हुन्न । उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएको होइन । हरेक महिनाको दुई दिन लामिछाने खेतबारी रुँगेर बस्न्छन् । यसको कारण हो बाँदर धपाउन ।
लामिछाने मात्र हैन कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रहेको छ । ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर मकै जोगाउन लागेको छन् । वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताए ।
खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउने पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्नुपर्ने बाध्यता परेपछि आफूसमेत महिनामा दुई दिन खेतबारी रुगेर बस्ने गरेको उनी बताउन्छन्।
त्यस्तै पत्रकार राजबाबु पिसीले आफू पनि महिनाको दुई दिन बाँदर धपाउने पालोमा खेतबारी कुरेर बस्नुपर्ने बताए । महिनाको दुई दिन पत्रकारिताको काम छाडेर खेतबारीमा बाँदर धपाउनुपर्ने बाध्यता रहेको उनले बताए ।
खेतबारीमा लगाएका बाली जोगाउन कटुवा चौपारीवासीलाई हम्मेहम्मे परेको छ । यहाँको करिब साढे दुई सय रोपनीमा मकै लगाइएको छ । मकैले घोगा हाल्दै छन्, बाँदर भने दैनिकजसो खेतबारीको आसपासमा आउन थालेका छन् । बाँदर आतङ्क बढेपछि कटुवा चौपारीवासी पालो नै छुट्याएर बाँदर धपाउन लागिपरेका छन् । कुश्मा नगरपालिका–९ कटुवाचौपारीका वडाध्यक्ष लामिछाने गाउँले बाँदरबाट बाली जोगाउन पालो लगाएर खेतबारीमै बस्न थालेको बताए ।
“अब एक महिना बाँदरबाट बाली जोगाउन एकदमै कठिन हुन्छ, बाली पाक्नै लाग्दा बाँदर खेतबारीमा पसेर सबै खाइदिन्छ”, उनले भने, “यसपालि चाहिँ पालो नै बनाएर बाँदर धपाउन खेतबारीमै बसेका छौँ ।”
उक्त क्षेत्रमा बाँदर आतङ्क नयाँ भने होइन । विगत वर्षमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले बताए। “यसअघि पनि बाँदरले बाली खाइदिन्थ्यो, बाँदरबाट जोगाउन धेरै कोसिस गरियो तर, नसकेपछि यसपालि पालो गरेर खेतबारीमै बसे गरेका छौँ”, उनले भने, “बाँदर आएपछि कराउने हल्ला गर्ने अनि बाँदर भाग्छ, त्यसरी बालीनाली जोगाउन सकिन्छ ।”
बाँदरबाट बालीनाली जोगाउन खेतबारीमा छाप्रो बनाइएको छ । पालो परेको व्यक्ति सोही छाप्रोमा आएर बस्ने र बाँदर आएपछि सङ्केत गर्ने गरिन्छ । “हामी खेतबारीको छेउमा सानो छाप्रो बनाएका छौँ । सबैको पालो लगाएका छौँ, कसले कति गते पालो परेको छ, त्यतिअनुसार छाप्रोमा बस्नुहुन्छ, र बाँदर आयो भने त्यहाँबाट सङ्केत गरिन्छ, सङ्केत पाउँदा बित्तिकै सानो झुन्ड रैछ भने आफैँ धपाउछन्, ठूलै भुन्ड रैछ भने सबै गाउँले गएर धपाउँछौँ”, वडाध्यक्ष लामिछानेले भने, “७० घरको खेती यसरी नै जोगाउँछौँ ।”
बाँदर धपाउने कृत्रिम उपाय अपनाए पनि नभागेपछि उक्त उपाय अपनाएको वडाध्यक्ष लामिछाने बताए। “बाँदर धपाउन धेरै उपाय अपनाऔँ, पड्काउने, बजाउने सबै गरियो तर, भागेन”, उनले भन्नुभयो, “अहिले पालो लगाएर खेतबारीमा बसेपछि बाली जोगाउन सकिएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २८ गते, २०८३ - १६:४०
काठमाडौं। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ। हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र चिकित्सकले खतरा...
आषाढ़ २८ गते, २०८३ - १६:३३
काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाउने काठमाडौं महानगरपालिकाकी नगर प्रहरी कर्मचारीमाथि हालसम्म कुनै ज...
आषाढ़ २८ गते, २०८३ - १६:२७
काठमाडौं। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुमवासीलाई सरकारले प्रक...
आषाढ़ २८ गते, २०८३ - १५:३६
काठमाडौं। अविरल वर्षापछि डुबानमा परेको कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्त...
आषाढ़ २८ गते, २०८३ - १५:२३
काठमाडौँ । फिफा विश्वकप–२०२६ को रौनक चुलिँदै गर्दा समेमिफाइनल समिकरण पूरा भएको छ । सेमिफाइनलमा पुग्ने चार टोली सबै पूर्व विजेता हुन् । अन्तिम चारमा...
आषाढ़ २८ गते, २०८३ - १५:०२
काठमाडौं। निजी शिक्षालय सञ्चालकका विभिन्न सङ्गठनहरूले सरकारले लागु गरेको तीन प्रतिशत समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन् । न...
आषाढ़ २८ गते, २०८३ - १४:४४
काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...
आषाढ़ २८ गते, २०८३ - १४:३३
काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...
आषाढ़ २८ गते, २०८३ - १४:१४
काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...
आषाढ़ २८ गते, २०८३ - १४:०५
काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...



प्रतिकृया लेख्नुहोस्: