Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ठगी गर्ने गिरोह सक्रिय रहेकाले प्रलोभनमा नपर्न आग्रह

खबरडबली संवाददाता

काठमाडौ । वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । 

विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गरेकाले प्रलोभनमा नपर्न आग्रह गरेको हो । 

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, “भारतमा रहेको दक्षिण अफ्रिकाको उच्चायुक्त र कन्सुलेट जनरलबाट जारी हुने पर्यटक भिसा दक्षिण अफ्रिका आउने प्रयोजनका लागि मात्र भएको हुँदा त्यस भिसाका आधारमा अफ्रिकामा रोजगारीजन्य काममा संलग्न हुन पाइँदैन ।”

मानव बेचबिखन तथा गैरकानुनी आप्रवासनमा संलग्न गिरोहले एक सय ५० भन्दाबढी व्यक्तिबाट लाखौँ रुपैयाँ सङ्कलन गरिरहेको र सामाजिक सञ्जालमा भ्रमपूर्ण विज्ञापन गरिरहेकाले त्यो गिरोहले पर्यटक भिसामा पठाउने र त्यहाँ पुगेपछि काम लगाइदिने प्रलोभन दिने गरेको तथा पर्यटक भिसामा गएर कुनै पनि किसिमको रोजगारमा संलग्न हुने कार्यलाई गैरकानुनी मानिने विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले राससलाई जानकारी दिनुभयो ।

उनका अनुसार दक्षिण अफ्रिकाले दक्ष जनशक्तिका लागि बाहिरी देशबाट श्रमिक ल्याउँदैन । दक्षिण अफ्रिकाको सरकारी राजपत्रमा २ अगस्ट २०२२ मा प्रकाशित सूचनाअनुसार विशेष ज्ञान, सीप आवश्यकपर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी नागरिकबाट पदपूर्ति नहुने अवस्थामा मात्र विदेशी नागरिकलाई रोजगारीमा लैजाने कानुनी व्यवस्था छ । ती पदका लागि जाँदा पनि नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र जानुपर्ने हुन्छ । 

कुनै पनि देश जानका लागि सम्बन्धित देशको भिसा आवश्यकपर्ने हुँदा दक्षिण अफ्रिकाबाट युरोप, अमेरिकालगायतका देशमा जान सजिलो हुने कुरा भ्रामक र मिथ्या भएकाले त्यस्ता कुराको विश्वास नगर्न पनि विभागद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । भिसासम्बन्धी जानकारीका लागि सम्बन्धित देशको नियोग वा ती देश हेर्ने विदेशमा रहेको नेपाली नियोगमा सम्पर्क गरी आधिकारिक जानकारी लिन सकिने निर्देशक तथा सूचना अधिकारी सुवेदीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको जनाइएको छ।...

दोलखाको लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा अपडेट

काठमाडौं । शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। लाप्च...

सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिन्छौँ: कानुनमन्त्री गौतम

काठमाडौँ। नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताएको छिन् । राष्ट्रपतिसक्षम श...

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार (आज) मध...

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नवनिर्वाचित सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको छ। केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु हुने जनाइए...

नवनियुक्त गृहमन्त्री गुरुङले गरे पदभार ग्रहण, एकद्वार प्रणालीबाट काम गर्ने पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सम्पन्न भएपछी मन्त्री गुरुङ सिंहदरबार पुगेर...

रसुवामा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हेलिकप्टर दिउँसो साढे १ बज...

मोदीले दिए प्रधानमन्त्री बालेनलाई बधाई, भने - तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु

काठमाडौं । नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारतीय समकक्षी नरेन्द्र मोदी ले बधाई दिएका छन्। शुक्रबार दिउँसो फेसबुक मार्फत मोदीले प्रधानमन्...

४३ औँ प्रधानमन्त्री बनेका बालेनको बेग : रास्वपा प्रवेशको तीन महिनामै प्रधानमन्त्री

काठमाडौँ। बालेन्द्र शाह (बालेन) नेपालको ४३ औँ प्रधानमन्त्री पदमा नियुक्त भएको छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ...

पूर्वप्रधानमन्त्री ओलीले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई तथा शुभकामना दिएका छन्। प...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending