काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नीति तथा कार्यक्रममा शङ्का गर्नुपर्ने ठाउँ नभएको बताए ।
मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा उठेका नीति तथा कार्यक्रममाथिको सवालमा जवाफ दिँदै मूलत: नीति तथा कार्यक्रम आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित भएको भन्दै शङ्का गर्नुपर्ने ठाउँ नभएको उनले बताए ।
‘नीति तथा कार्यक्रमले धेरै र राम्रा कुरा समेटेको छ । तर कार्यान्वयन त हुन्छ ? भन्ने संशययुक्त शङ्का व्यत्त: गर्नुभएको छ, त्यो शङ्का नगर्न म सबै माननियहरुलाई आग्रह गर्न चाहन्छु । कृषि क्षेत्रको सुधार, आर्थिक सुधार गर्दै आर्थिक संवृद्धिमा केन्द्रित हुनेगरी नीति तथा कार्यक्रम लक्षित छ । नेपाली जनताको दशकौंको संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख अर्थतन्त्र र समावेशी शासकीय प्रणाली संस्थागत गर्ने ध्येयका साथ आएको नीति तथा कार्यक्रम गन्तव्यहीन भन्नु विल्कुल तर्कसँग छैन । नीति तथा कार्यक्रम सरकारको सोच, लक्ष्य र गन्तव्य प्रस्ट रुपमा आएको छ । सरकारको प्रमुख नीतिगत कार्यक्रमहरुलाई प्राथमिकताका साथ समेटिएका छन् । अत: नीति तथा कार्यक्रमलाई दीर्घकालीन सोच मात्र होइन त्यसलाई व्यावहारिक कार्यान्वयन गर्ने रणनीतिहरु समेत लिइएको छ । अझै आर्थिक समस्या कायमै रहेका बेला धेरै राम्रा कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन् । अत: यो गफको पुलिन्दा होइन’ प्रधानमन्त्री प्रचण्डले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: