काठमाडौ । नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा दुईदिने नि:शुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ ।
नुरदुबई फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न आँखा शिविरमार्फत दुई हजार एक सय ९९ जनाको आँखा परीक्षण गर्दा दुई सय ४२ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रक्षा पन्तले बुधबारसम्ममा एक सय ५४ बिरामीको मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया गरिसकिएको र बाँकी बिरामी बिरामीको नि:शुल्क शल्यक्रिया गरिने जानकारी दिए।
यही जेठ १ र २ गते देवानगञ्जमा सञ्चालित उक्त शिविरमार्फत दृष्टिदोष भएका नौ सय १९ बिरामीलाई नि:शुल्क चस्मासमेत वितरण गरिएको थियो । विराटनगर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक मोहम्मद रफिकले शिविरमा मोतिबिन्दु देखिएका बिरामीलाई विराटनगर आँखा अस्पतालमा ल्याई नि:शुल्क शल्यक्रिया गरिएको जानकारी दिए । सो अवसरमा आँखा उपचारको पहुँच र आर्थिक अभावमा लामो समयदेखि दृष्टिविहीन बस्न बाध्य भएका बिरामीले आफ्नो घर आँगनमै नि:शुल्क आँखा उपचार सेवा पाएपछि खुसी हुँदै स्वास्थ्यकर्मीलाई धन्यवादसमेत दिएका थिए ।
अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत सुनसरी जिल्लासहितका छिमेकी जिल्लाका र सीमा क्षेत्रका भारतका नागरिकसमेत लाभान्वित भएको बताए । विराटनगर आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ डा सुमित मिश्र र डा प्रिति अग्रवालको नेतृत्वको टोलीले शिविरमा सेवा प्रवाह गरेको थिए ।
नेपाल नेत्रज्योति सङ्घ पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत हाल दुई आँखा अस्पताल र ३१ आँखा उपचार केन्द्र सञ्चालनमा छन् । सन् २०२२ मा पूर्वाञ्चल आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गत सञ्चालित अस्पताल, आँखा उपचार केन्द्र तथा विभिन्न बाह्य कार्यक्रममार्फत १२ लाख १३ हजार तीन सय २६ जनाको आँखा जाँच गरी एक लाख ३१ हजार आठ सय ४६ जनाको शल्यक्रिया गरिएको थियो । त्यसै गरी स्थापनाकालदेखि सन् २०२२ सम्ममा यस संस्थामार्फत एक करोड २४ लाख ३० हजार चार सय ७६ जनाको आँखा जाँच गरी २० लाख ९४ हजार १५ जनाको शल्यक्रिया गरिएको छ ।
त्यस्तै सन् २०२२ मा एक सय ५४ नि:शुल्क आँखा शिविर सञ्चालन गरी छ हजार एक सय ३० जनाको नि:शुल्क मोतिबिन्दुको शल्यक्रियासमेत गरिएको थियो । पूर्वाञ्चल आँखा उपचार कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले पहुँच र आर्थिक अभावमा कोही पनि नागरिक दृष्टिविहीन बस्नु नपरोस् र सन् २०३० सम्ममा नेपालबाट उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने सरकारको योजनालाई सफल बनाउने गरी आफ्नो सेवालाई विस्तार गरिरहेको जानकारी दिए।
नेत्रज्योति सङ्घका केन्द्रीय सदस्य एवं विराटनगर आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष पद्मनारायण चौधरीले नेपाल नेत्रज्योति सङ्घले सन् २०३० सम्ममा नेपालका हरेक स्थानीय तहसम्म आँखा स्वास्थ्य सेवालाई विस्तार गर्ने लक्ष्य लिएकाले सोहीअनुरुप अहिले काम अगाडि बढिरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - १७:०७
चितवन। मालपोत कार्यालय भरतपुरमा सेवाग्राहीलाई दु:ख दिने र अनधिकृत रूपमा कार्य सम्पादनमा अवरोध पुर्याउने १६ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको...
चैत्र १९ गते, २०८२ - १६:५३
काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गतेका लागि तय गरिएको छ। बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल ले उपाध्यक्षको निर...
चैत्र १९ गते, २०८२ - १६:३८
काठमाडौँ। स्वतन्त्र सांसद महावीर पुनले आफू सदनमा पक्ष, विपक्ष भन्दा निष्पक्ष रुपमा प्रस्तुत हुने बताएको छन् । फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनप...
चैत्र १९ गते, २०८२ - १६:२८
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले प्रतिनिधि सभाको बैठकमा तीन वटा अध्यादेश पेश गरेको छन्। फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनपछि बिहीवार बसेको प्रत...
चैत्र १९ गते, २०८२ - १६:२२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बह...
चैत्र १९ गते, २०८२ - १६:०४
काठमाडौँ। यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८२ अङ्...
चैत्र १९ गते, २०८२ - १५:५५
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् खरिद सम्झौता (पीपीए) र विद्युत् उत्पादन अनुमतिपत्रहरूको विस्तृत अध्ययन तथा समीक्षा गर्न दुईवट...
चैत्र १९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सांसद वर्षमान पुनले पार्टीले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएको छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको...
चैत्र १९ गते, २०८२ - १५:४८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (साम्पाङ) ले संसद्भित्रै विभेद रहेको टिप्पणी गरेका छन्। बिहीबार नयाँ प्रतिनिधिसभाको...
चैत्र १९ गते, २०८२ - १५:३९
काठमाडौं। श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ ले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन्। प्रतिनिधिसभाको प...


प्रतिकृया लेख्नुहोस्: