Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

धार्मिक र पर्यटक गन्तव्यका रुपमा विकसित हुँदै ‘केलादीधाम’

खबरडबली संवाददाता

रामपुर । कालीगण्डकी नदी तटको केलादीधाम धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलमा विकास हुँदैछ । स्याङ्जा, पाल्पा, तनहुँ र नवलपुर (नवलपरासी सुस्तापूर्व) जोडेको यस धाममा यहाँको रमणीय प्राकृतिक वातावरणले सबैलाई लोभ्याउछ । 

निम्वार्क वैष्णव सम्प्रदायको केन्द्रीय पीठको कार्यालय रहेको यहाँ विभिन्न जिल्लाबाट दर्शनार्थी आउँछन् । केलादीधामको दर्शन गर्न नसके नाम उच्चारण गरे मात्र पुण्य मिल्ने जनविश्वास छ । मुक्तिनाथबाट उत्पत्ति भई बगेको कालीगण्डकी नदी किनारमा अवस्थित यहाँ विशेषत हिन्दू धर्म संस्कारका कार्यका लागि यो धार्मिक पर्यटकीय गन्तव्यस्थल बनेको छ । 
       
मन्दिर पुन:निर्माण, ज्येष्ठ नागरिक भवन, महन्त निवास, भान्छाघर, खानेपानी ट्याङ्की निर्माणलगायतका पूर्वाधार विकास हुँदै गएपछि धार्मिक पर्यटक बढेको राधा दामोदर नेपाल निम्वार्क पीठ केलादीधाम संरक्षण समितिका सचिव घनश्याम खनालले बताए । “देवघाटधाम जस्तै बनाउने सङ्कल्पसाथ भौतिक संरचना तयार पारेपछि सबैजसो उमेर समूहका मानिस आउनेक्रम बढ्दो छ”, उनले भने, “पहिला काम विशेषले मात्रै आउने अचेल घुमफिर, अवलोकनलाई आउँछन् ।” 

शनिबार र बिदामा चहलपहल बढ्दो छ । कालीनदीको धार्मिक तथा ऐतिहासिक महत्वसँग जोडिएको केलादीधामका बारेमा चासो राख्दै अध्ययन अवलोकनलाई आउने गर्छन् ।  बस, कार, भ्यान, जीप मन्दिरसम्म पुग्ने सुविधा भएपछि गाडी रिजर्भ गरेर नदी स्नान र धाम दर्शन गरेर फर्कने गरेको पाइएको छ । पहिला हिँडेर बाँस बस्ने चलन थियो । यहाँ गौशाला, ज्येष्ठ नागरिकको बसोबासका लागि ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ जहाँ २२  ज्येष्ठ नागरिक बस्छन् । विसं २०१० मा निर्माण भएका पुराना कुटी ९ज्येष्ठ नागरिक बस्ने घर० अझै भेटिन्छन् । 

आश्रममा चार दशकदेखि आश्रयस्थल बनाएर बसोबास गर्दै आइरहेको ८० वर्षीय श्यामदासी सिग्देलले बताए । तनहुँको किहुँ घर बताउने उनी श्रीमानको मृत्युपश्चात् केलादी आएर बसेका छन् । १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभएकी सिग्देल १५ वर्षको कलिलो उमेरमा श्रीमानको मृत्यु भएपछि केलादीधामलाई आश्रयस्थलका रुपमा लिएका  छन् । 

“सानै उमेरमा बिवाह बन्धनमा बाँधियो, श्रीमान्को मृत्यु भएपछि एक्लो जीवन जीउन सकिएन”, उनले भने, “श्रीमान् नभएपछि आफन्त छरछिमेक सबैबाट अपहेलित भइयो, आश्रममा आएर बस्न थालेपछि कसैको अपहेलना सहनु परेको छैन ।” उनले सरकारले उपलब्ध गराएको ज्येष्ठ नागरिक भक्ताबाट आफ्नो जीविकोपार्जन गरिरहेका छन् । मन्दिरको आश्रममा आफैँले पकाएर खाना खाने गर्छन् । जीवनको अन्तिम समय नै यहीँ बिताउने सङ्कल्पका साथ मन्दिरको पूजाआजा, भजनकीर्तनमा सहभागी भएर जीवन व्यतित गरिरहेको पाइन्छ ।
       
आश्रममा बस्न थालेपछि एक्लोपनको महसुस नभएको बताउँछन्, ९१ वर्षीय गोपालदासी । मन्दिरमा भजनकीर्तनमा सहभागी हुँदा समय बिताउन सजिलो भएको उनले अनुभव सुनाए । बिहे गरेको एक वर्षमा नै श्रीमान् बितेपछि सहाराविहीन भएकी उनी बाँकी जीवन बिताउन केलादीधाम आश्रममा आएका हुन् ।“खाने, उपचार खर्च आफैँले जुटाए पनि बास बस्ने सुविधा पाउँदा हामी असाध्यै खुसी छौँ, कसैको दुव्र्यवहार सहनु पर्दैन, सहाराविहीनका लागि यसरी बस्ने आश्रम पाउँदा धेरै सजिलो भएको छ, घरमा छोराछोरी भएर पनि हेरेनन् भनेपनि यहीँ आएर बस्न पाइने व्यवस्था छ”, उनले भने ।
       
ज्येष्ठ नागरिक भक्ता बुझेको रकमले यहाँ बसोबास गर्ने नागरिकले बिहान साँझको जोहो गरिरहेका छन् । पहिला यहाँ एक सय २० कुटी ९ज्येष्ठ नागरिक बस्ने घर० थिए । कुटीमा एक सय ५० ज्येष्ठ नागरिकले केलादीधाम क्षेत्रलाई बासस्थान बनाएर बसोबास गर्ने गरेको बूढापाका बताउँछन् । आजभन्दा दुई दशकअघिसम्म यहाँ बसोबास गर्ने ज्येष्ठ नागरिकको ठूलो सङ्ख्या हुन्थ्यो । पहिलाको तुलनामा आश्रममा बसोबास गर्ने अहिले घटेका छन् । विभिन्न प्राचीन पूर्वीय धर्मग्रन्थमा पनि यसको महिमा र गरिमा वर्णन गरिएको छ । शालिग्राम पाइने विश्वको एकमात्र नदी कालीगण्डकीको किनारमा रहेको यो स्थानमा पुगेपछि मनको बोझ हट्ने र शान्ति प्राप्त हुने विश्वास लिइन्छ । यहाँ मुलुकका पूर्वदेखि पश्चिमसम्मका दर्शनार्थी भित्रिन्छन् । 
       
यहाँ निर्मित राधा दामोदरको मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । कालीगण्डकीको नजिकै रहेकाले शीतल हावासँगै मन्दिर दर्शन, अवलोकन गर्न जानेक्रम बढ्दो छ । यो क्षेत्र कालीगण्डकी तटमा रहेकाले पनि पुण्यप्राप्तिका लागि धेरै जिल्लाका स्थानीयले आफ्ना दिवङ्गत परिवारजनको अन्तिम संस्कार गर्ने, विभिन्न चापडपर्व, वैशाखे, माघे सङ्क्रान्ति, एकादशी जस्ता पर्वमा नदी स्नान गर्ने गर्दछन् । पुण्यभूमि रहेकाले यहाँ धेरै ठाउँबाट शव दाहसंस्कार गर्न ल्याइने गरिन्छ ।

केलादीधामको पौराणिक इतिहास
विसं २००६ मा निर्माण कार्य थालनी भई २००८ मा सम्पन्न भएको पुरानो सत्तल (दर्शनार्थी तथा बटुवा बास बस्ने ठाउँ) अहिले जीर्ण अवस्थामा छ । नौ कोठासहितको चारतले सत्तल नदी स्नान गर्न आउने, बाटो हिँड्ने बटुवा तथा मन्दिर दर्शन गर्न आउनेको आश्रयस्थलका रुपमा लिइन्थ्यो । विसं २०७२ को विनाशकारी भूकम्पले जीर्ण बनाएकाले पुन:निर्माण गर्नुपर्ने अवस्थामा छ । 

राधा दामोदरको पुरानो मन्दिर विसं २०१३ मा पुन:निर्माण गरी विधिवत् पूजाआजा गर्ने कार्य सुरु गरियो । सो मन्दिर पनि जीर्ण बनेपछि २०७० सालदेखि निर्माण कार्य थालेर २०७४ मा नयाँ निर्माण भएपछि पूजाआजा सञ्चालन भइरहेको छ ।  मन्दिरको नामबाट राधा दामोदर मावि र राधा दामोदर संस्कृत क्याम्पस चलेको छ । विसं २०३८ मा स्थापित राधा दामोदर माविमा उच्च शिक्षासम्म आधुनिक तथा संस्कृत भाषामा पनि पठनपाठन हुन्छ । उच्च शिक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई मध्यनजर गर्दै विसं २०५१ मा राधा दामोदर संस्कृत क्याम्पस स्थापना गरी शास्त्री तहसम्मको पठनपाठन भइरहेको छ । मन्दिरमा नै बसेर पढ्न चाहनेका लागि गुरुकूल शिक्षाको पनि व्यवस्था छ । मन्दिरमा गोपाल शरण देव महन्तका रुपमा रहेका छन् ।

बाटो हिँड्ने क्रममा समस्यामा परेका नागरिक, नदी स्नान गर्न आउने तथा मन्दिर दर्शन गर्न आउनेलाई आपत परेमा संस्थाको संरक्षणमा यहीँ खाना तथा बसोबासको पनि व्यवस्था छ ।  राधा दामोदर मन्दिरका नाममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरमा गरी करिब एक सय ८५ रोपनी जग्गा छ । यसको संरक्षण, रेखदेख, भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा पाल्पा, स्याङ्जा र तनहुँका स्थानीयले सहयोग गरिरहेका छन् ।   
    
केलादीधाममा दैनिक बिहान ६ देखि साँझ ६ वजेसम्म अखण्ड भजनकीर्तन हुन्छ । एक समूहले दुई घण्टा भजन गर्छन् । दिनमा छ समूहमा पालोअनुसार भजनमा सहभागी हुँछन् । चौबिसै घण्टा अखण्ड भजनकीर्तन भइरहने गरेकोमा जनशक्ति अभावमा दिनमा मात्रै नियमित हुन्छ । विसं २०३७ वैशाखदेखि हुँदै आएको अखण्ड भजन २०७६ वैशाख देखि १२ घण्टा मात्रै चलेको छ । रातको भजन भने बन्द छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामुदायिक विद्यालयको आंशिक विद्युत महसुल नगरले तिर्ने

मोरङ। मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको ...

कारागारबाट भागेका ४८ बन्दी पक्राउ, ५५ जना अझै फरार

कावासोती। जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।  पूर्व...

राप्रपाको काठमाडौंमा वृहत् विरोध प्रदर्शन: नवीन समझदारीका लागि दबाब

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मङ्गलबार काठमाडौंमा ‘नवीन समझदारीका लागि दबाब’ दिने उद्देश्यसहित विरोध कार्यक्रम आयोजना गरेको छ। उ...

निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न छिमेकी भारतले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । गृहमन्त्री ओमप्रकाश...

रेकर्डमा दोस्रो सबैभन्दा तातो वर्ष बन्ने बाटोमा २०२५

पेरिस। सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस...

एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडीलाई ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’ प्रदान गरिने

काठमाडौँ। नेपाल प्रिमियर लिग ९एनपिएल० दोस्रो सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रेसिडेन्सियल ग्रयाजुएट स्कुलले ‘प्रेसिडेन्सियल प्लाटिनम क्याप’...

प्रतिशोध होइन, शाक्यजीकै सहमतिमा सरुवा गरेको हो : कुलमान घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले कसैप्रति प्रतिशोध राखेर काम नगरेको स्पष्ट बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाजद्व...

धम्कीबाट डराउँदैनौं, भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी मात्र नभई सुशासन स्थापनाका उद्देश्यसहित बनेको स्पष्ट गरेकी छन्। उनले भ्रष्टाचारविरुद्ध आ...

अन्तिमपटक चुनाव लड्ने इच्छा छ: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट नै उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन्। उनले यो चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending