Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

धाराबाट पानी आएपछि ढोरपाटनका खोलेस्बाङवासी दङ्ग

खबरडबली संवाददाता

ढोरपाटन । “गाउँमा खानेपानीको हाहाकार हुन्थ्यो, सबैभन्दा बढी समस्या त चैतदेखि असारसम्म हुथ्यो, अहिले घरकै आँगनको धारोमा पानी आउँछ, घरमै पानी आउन थालेपछि हाम्रो दैनिकी नै फेरिएको छ ।” तमानखोला गाउँपालिका–२ खोलेस्बाङकी श्यामकुमारी रसाइलीलाई एक गाग्री पानी भर्न डेढ घण्टासम्म लाइनमा बस्नुपर्थ्यो । पानी भर्ने पालो कुर्दाकुर्दै अन्य घर धन्दा गर्न भ्याउँथिन् । गाउँको बीचमा रहेको एउटा धारोबाट सिङ्गो टोलका स्थानीयले पानी भर्नुपर्ने बाध्यता थियो तर अहिले कसैले पनि पानी भर्न घण्टौँ कुर्नु पर्दैन । अहिल प्रत्येकको घर–घरमा धारा जडान भएका छन् ।

खोलेस्बाङ गाउँमा गोर्खा वेयलफेयर संस्थाले एक घर एक धारा निर्माण गरी दिएपछि स्थानीयको वर्षौंदेखिको समस्या समाधान भएको छ । वि।सं। २०७८ चैतदेखि सुरु भएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजना विसं २०७९ जेठमा सम्पन्न भएको थियो । खानेपानी आयोजना निर्माणका लागि वेयदफेयर संस्थाले रु ७८ लाख सहयोग गरेको थियो भने स्थानीयले ९९ सय दिन जनश्रमदान गरेका थिए । घर–घरमा धारो बनेपछि पहिले सुक्खा रहेका स्थानीयका करेसा बारी अहिले तरकारीले हरियाली भनेका छन् । पशुचौपायाले पेटभरी पानी पिउन पाएका छन् भने शौचालय पनि सफा भएका छन् ।

अहिले गाउँमा एक सय ३५ घरमा ‘एक घर एक धारा’ निर्माण भएका छन् भने सार्वजनिक ठाउँमा चार वटा थप नयाँ भारा निर्माण भएका छन् । स्थानीलाई पहिलेको जस्तो पानी सुक्छ भन्ने चिन्ता पनि छैन । आवश्यकताअनुसार पानीको प्रयोग गर्न सकिने श्यामकुमारी बताउँछिन् । पहिले खेतीयोग्य जमिन हुँदा पनि पानीका कारण तरकारी खेती गर्न नसकिएको भन्दै अहिले बाहिरबाट किनेर खानुपर्ने अवस्था नरहेको रसाइलीको भनाइ छ । अहिले पानी बोक्ने समय अन्य काम गर्ने गरेको उनले बताइन् ।

गाउँमा सिद्धविर मुहानबाट गाउँमा पानी ल्याएको हो । बरिक तीन किलोमिटर टाढाबाट पाइप लाइनमार्फत पानी झरालिएको छ । एक सय ३९ धाराका लागि ११ वटा ट्याङ्की निर्माण भएका छन् । पानीलाई व्यवस्थित गर्नका लागि मिटर जडान गरिएको खोलेस्बाङ–श्रीबाङ खानेपानी आयोजनाका सचिव लिलबहादुर पुनले जानकारी दिए । उनले गाउँमा स्वच्छ खानेपानी आएपछि आफूहरुको वर्षौंदेखिको समस्या समाधान भएको बताए । एक घर एक धाराले गाउँलेको मुहारमा खुसी छाएको सचिव पुनको भनाइ छ ।

“खोलेस्बाङमा खानेपानीको समस्या वर्षौंदेखिको हो, धेरै ठाउँमा खानेपानीको माग पनि भएको थियो, तर अघिल्लो वर्ष बल्ल समाधान भयो, दुर्गमको भएर होला सम्बन्धित निकायले पहिला कुनै ध्यान दिएनन्”, उनले भने,  “अहिले गाउँपालिकाले पनि सहकार्य गर्यो, वेयलफेयर संस्थाले ठूलो लगानी गर्यो, गाउँलेले पनि धेरै श्रम गरे, सबै पक्षको साथ र सहयोगले गाउँमा पानी आयो, हामीहरु धेरै खुसी भएका छौँ, हाम्रा पुस्ताले जति खानेपानीका लागि दु:ख पायौँ, नयाँ पुस्ताले त्यो समस्या भोग्नु पर्ने छैन्, अहिले हरेकको घरमा धारा बनेको छ, त्यसलाई संरक्षण गरेर प्रयोग गर्नुपर्छ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले सिङ्गो समुदायसहित विद्यार्थी र स्वास्थ्य संस्थामा आउने बिरामीले लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएकोमा अब त्यो समस्या समाधान भएको बताए । पालिका भरका अधिकांश घरमा ‘एक घर एक धारा’ निर्माण भइसकेको भन्दै केही बस्तीमा अहिले आयोजना सञ्चालनमा रहेको अध्यक्ष बुढा मगरको भनाइ छ । अबको केही समयमा तमानखोला गाउँपालिकाका कुनै पनि बस्तीमा खानेपानीको समस्या नहुने उनी बताउँछन् ।

“हामीहरु निर्वाचित भएर आएको पहिलो कार्यकालदेखि नै खानेपानीको समस्या समाधान गर्न थालेका हौँ, अहिलेसम्म आउँदा ९० प्रतिशत नागरिकले सहजरुपमा खानेपानी पाएका छन्, अहिले पनि धेरै ठाउँमा योजना सञ्चालन भइरहेका छन्”, अध्यक्ष बुढा मगरले भने, “धेरै ठाउँमा पालिकाकै लगानीमा खानेपानी आयोजना सम्पन्न भएका छन्, केही गाउँमा सञ्चालन भएका आयोजनामा विभिन्न सङ्घ संस्थासँग सहकार्य गरेका छौँ ।”
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक...

लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड छात्रवृत्ति

काठमाडौँ। सरकारले लक्षित विद्यार्थीका लागि आठ अर्ब ६० करोड रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष...

रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ

काठमाडौं। सरकारले रासायनिक मल खरिदका लागि ३२ अर्व ४६ करोड रुपियाँ विनियोजन गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट...

बाल पोषण भत्तामा दोब्बर वृद्धि

काठमाडौँ। सरकारले बाल पोषण भत्तामा दोब्बर वृद्धि भइ मासिक एक हजार रुपियाँ उपलब्ध गराउने घोषणा गरेको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्...

शिक्षा क्षेत्रको सुधारका लागि दुईसय १८ अर्व ३० करोड

काठमाडौं। सरकारले शिक्षा क्षेत्रका लागि दुई सय १८ अर्व ३० करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।  अर्थमन्त्री डा। स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–...

खानेपानीको बजेट ३७ अर्व १७ करोड

काठमाडौँ । सरकारले देशभर खानेपानीको उचित प्रवन्धका लागि ३७ अर्व १७ करोड बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८...

नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले नेपाल टेलिकम को बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आर्थिक वर्ष २०८३/८४ को बजेट...

२५ प्रकारका औषधी स्वदेशमै उत्पादन गर्ने सरकारको योजना

काठमाडौं। सरकारले २५ प्रकारका औषधी बनाउन स्वदेशी कम्पनीलाई सक्षम बनाउने जनाएको छ ।  अर्थमन्त्री डा. स्वर्णिम बाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेट स...

सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने

काठमाडौँ। सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत...

करका दरमा बृहत् पुनरावलोकन, व्यक्तिगत आयकर दर दश प्रतिशतले घट्यो

काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको अधिकतम दरलाई दश प्रतिशत घटाएको छ ।  अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसदमा आर्थिक वर्ष २०८३/८४ को...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending