Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

गुल्मीका १४ एम्बुलेन्स प्रयोगविहीन

खबरडबली संवाददाता

तम्घास । एम्बुलेन्स खरिद र बिक्रीसम्बन्धी उचित नीति नहुँदा गुल्मीमा १४ एम्बुलेन्स प्रयोगविहीन बनेका छन् । 

विभिन्न सङ्घ संस्थाले विभिन्न समयमा बिरामी बोक्ने उद्देश्यले खरिद गरेका एम्बुलेन्स हाल प्रयोगविहीन अवस्थामा थन्किएका छन् । तत्काल अस्पताल लैजानुपर्ने बिरामीका लागि एम्बुलेन्स हाम्रो निर्विकल्प साधन हो । तर एम्बलेन्स आफै बिरामी हुँदा समस्या भएको छ । 

अहिलेसम्म कुनै पनि एम्बुलेन्सको मर्मत र व्यवस्थापन भएको छैन । कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट स्वास्थ्य चौकीमा दुईवटा एम्बुलेन्सका लागि एक जना मात्रै चालक राखिएको छ । 

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा गुल्मीले १२ वर्ष पहिले बा १७ च ७६८ नम्बरको एम्बुलेन्स खरिद गरेको र उक्त एम्बुलेन्सले छ वर्षसम्म सेवा दिएको थियो ।

अहिले रेडक्रसले नयाँ एम्बुलेन्स किनेर सञ्चालनमा ल्याए पनि पुरानो एम्बुलेन्सको भने व्यवस्थापन हुन सकेको छैन । गुल्मी जिल्ला अस्पतालमा दुई एम्बलेन्स अत्यन्तै जीर्ण अवस्थामा छन् । पहिले अस्पतालको ग्राउण्डमै रहेका एम्बुलेन्स अहिले झाडीतर्फ थन्किाइएको छ । एम्बलेन्सको खरिद मिति, लागत लगायतका बारेमा अस्पतालमासमेत आधिकारिक जानकारी छैन ।

एम्बुलेन्स कामै नलाग्ने भएपछि अस्पतालले तीन वर्षअघिबाट नयाँ एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । तर अस्पतालमै बिरामी एम्बलेन्स हुँदा न त तीनको उपचार हुनसकेको छ, न त उचित व्यवस्थापन नै । 

रुरुक्षेत्र गाउँपालिका–६ रिमुवामा विगत चार वर्षदेखि एम्बुलेन्स बिग्रिएको अवस्थामा छ । भूपु सैनिकले सात वर्षअघि किनेको एम्बुलेन्स तीन वर्षसम्म मात्रै सञ्चालन भयो । 

मर्मत  खर्च धेरै लाग्ने भएकोले पालिकाले पनि सञ्चालन गर्न नसकेपछि अहिले नयाँ एम्बुलेन्सको खरिद प्रक्रिया अगाडि बढाएको स्वास्थ्य संयोजक छत्र अधिकारीले बताए । मालिका गाउँपालिका–६ अर्जैमा भारतीय राजदुतावासबाट प्राप्त एम्बुलेन्स दुई वर्षदेखि अलपत्र छ । 

मदाने गाउँपालिका –३ सिर्सेनीमा पालिकाले रु साढे दुई लाख खर्चेर एम्बुलेन्स बनाए पनि सञ्चालन हुनसकेको छैन । दुई वर्षदेखि ठप्प रहेको एम्बुलेन्स चालु आर्थिक वर्षमा दुई लाख खर्चेर मर्मत गरे पनि चालक अभावको कारण देखाउँदै पालिकाले एम्बुलेन्स सञ्चालन गर्न नसकेको स्थानीय भरत चन्दले बताए ।  

इश्मा गाउँपालिका–४ दोहोलीमा भूपू आर्मीमार्फत प्राप्त एम्बुलेन्स चार महिनादेखि व्यवस्थापनको पर्खाइमा छ । मुसिकोट नगरपालिकामा तीनओटा एम्बुलेन्स बिग्रिएर बन्द अवस्थामा छन् । अर्लाङकोट सेवा समाज, जापानले दिएको एम्बुलेन्स एकवर्ष, रेडक्रस सोसाइटीको एम्बुलेन्स चार वर्ष र निस्ती बडिगाढ सेवा समाजले दिएको एम्बुलेन्स चार वर्षदेखि बन्द अवस्थामा रहेको स्वास्थ्य संयोजक ढालबहादुर जिसीले बताए ।

बिग्रेका एम्बुलेन्स सबै पुराना भएको र पटक–पटक बनाउँदा पनि इञ्जिनले काम नगरेकोले थन्किएको जिसीको भनाइ छ । चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङमा पनि एउटा एम्बुलेन्स विगत तीन महिनादेखि प्रयोगविहीन अवस्थामा छ । 

धुर्कोट गाउँपालिकाको वडा नं १ नयाँ गाउँ र वडा नम्बर ७ वाग्लामा गरी दुईवटा एम्बुलेन्स बिग्रिएर चल्नै नसक्ने अवस्थामा छन् । गाउँपालिकाका स्वास्थ्य संयोजक प्रेम खनालका अनुसार पालिका गठन हुनुभन्दा अगाडि नै ल्याइएका दुवै एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने अवस्थामा छैनन् । सत्यवती गाउँपालिका– ४ लिम्घामा बिग्रिएको एम्बुलेन्स मर्मत गरेर पनि चल्न नसक्ने भएपनि अलपत्र छ । एम्बुलेन्स किनेको मिति, लागत लगायतका बिषयमा पालिका नै बेखबर छ । 

आशा अपाङ्ग केन्द्रलाई गुल्मी जिल्ला समाज युकेले १० वर्षअघि दिएको एम्बुलेन्स आठ वर्ष चलेर दुई वर्षदेखि ठप्प छ । इन्जिनमा समस्या देखिएको एम्बुलेन्सलाई अहिले बनाएर चलाउँदा पनि खर्च नै नउठ्ने भएपछि केन्द्रले सञ्चालन गर्न सकेको छैन । 

केन्द्रका कोषाध्यक्ष ताराप्रसाद भुसालले एम्बुलेन्स लिलाममा बिक्री गर्दा पनि झन्झटिलो प्रक्रिया भएकाले समस्या भएको बताए । 

रेडक्रस सोसाइटी गुल्मीका अध्यक्ष राजेन्द्र श्रेष्ठले अहिले एम्बुलेन्स चल्नै नसक्ने अवस्था भएको बताए । “पुरानो बिग्रेर नयाँ खरिद गर्यौँ”,  उनले भने, “तर एम्बुलेन्सले सञ्चालन खर्च उठाउन नसकेर घाटामै छ ।” प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एम्बुलेन्सको उचित व्यवस्थापनका लागि सक्दो पहल गर्ने बताए । “उचित नीतिको अभावका कारण बिक्रीमा समस्या छ” उनले भने ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग तत्कालै सहकार्य सुरु हुने प्रचण्डको घोषणा

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग तत्काल सहकार्य सुरु हुने बताएका छन्। विराटनगरमा आयोजित पार्टी एकता ब...

उम्मेदवारी फिर्ता र समर्थनले सभापतिको भनाइलाई नै खिल्ली उडायो: गणेश कार्की

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...

गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न रवि लामिछानेलाई मनिष झाको आग्रह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाएका छन्। ...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सु...

रास्वपा महाधिवेशन: पदाधिकारी चयनका लागि मतदान सुरु

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। सहमतिबाट टुंगो नलागेपछि पदाधिकारी चयन...

मनिष झाले उम्मेदवारी कायमै राखे, ‘आलोकाँचो राजनीति’ नगर्ने टिप्पणी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायमै रहेको घोषणा गरेका...

रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी फिर्ता, विपिन आचार्यलाई समर्थन गर्ने घोषणा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन...

एलपिजी प्रतिबन्ध हटायो भारतले

नयाँदिल्ली। मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमश: सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी)मा लगाइ...

रास्वपा महामन्त्री दौडबाट राजुनाथ पाण्डे पछि हटे, प्रतिस्पर्धा पाँच जनाबीच सीमित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका उम्मेदवार राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टीको एकता र सुदृढीक...

महामन्त्रीमा विपीन आचार्यलाई पाँच उम्मेदवारको समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका आकांक्षी पाँच नेताले विपीन आचार्य लाई समर्थन गर्ने घोषणा गरेका छन्। महामन्त्री पद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending