Khabar Dabali १२ असार २०८३ शुक्रबार | 26th June, 2026 Fri
Investment bank

सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा

खबरडबली संवाददाता

बैतडी । पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । नगरपालिकाभित्र रहेका १५ सहिद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । 

नौ सहिद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बीमा गरिएको हो । स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बीमा गरिदिएको हो । पन्ध्र परिवारको रु तीन हजार पाँच सयका दरले स्वास्थ्य बीमावापतको प्रिमियम शुल्क नगरपालिकाले व्यहोर्ने उपप्रमुख बोहराले बताए । 

पाँच जनासम्म सदस्य सङ्ख्या रहेको परिवारको रु तीन हजार पाँच सयमा एक वर्षका लागि स्वास्थ्य बीमा गर्ने गरिन्छ । सोवापत बीमित परिवारले रु एक लाखसम्मको उपचार सुविधा पाउँछन् । बीमित परिवारले सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने गर्दछन् । नगरपालिकाले यसअघि रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको निःशुल्क बीमा पनि गरिदिएको छ । यसअघि सो नगरपालिकाले सहिद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो । प्राप्त नामावली आएका १५ सहिद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई दोसल्ला प्रमाणपत्र र रु पाँच हजारसहित सम्मान गरिएको नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिए । 

यस्तै उनीहरूलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले सहिद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान कार्यक्रम चालु आर्थिक वर्षको नगरसभाबाट स्वीकृत गरेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उम्मेदवारी फिर्ता र समर्थनले सभापतिको भनाइलाई नै खिल्ली उडायो: गणेश कार्की

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्ने प्रवृत्तिप्रति असन...

गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्न रवि लामिछानेलाई मनिष झाको आग्रह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भइरहेको आरोप लगाएका छन्। ...

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सु...

रास्वपा महाधिवेशन: पदाधिकारी चयनका लागि मतदान सुरु

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी महाधिवेशनमा पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। सहमतिबाट टुंगो नलागेपछि पदाधिकारी चयन...

मनिष झाले उम्मेदवारी कायमै राखे, ‘आलोकाँचो राजनीति’ नगर्ने टिप्पणी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी कायमै रहेको घोषणा गरेका...

रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी फिर्ता, विपिन आचार्यलाई समर्थन गर्ने घोषणा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी प्रथम महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन...

एलपिजी प्रतिबन्ध हटायो भारतले

नयाँदिल्ली। मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित भएको ऊर्जा आपूर्ति क्रमश: सहज बन्दै गएपछि भारतले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपिजी)मा लगाइ...

रास्वपा महामन्त्री दौडबाट राजुनाथ पाण्डे पछि हटे, प्रतिस्पर्धा पाँच जनाबीच सीमित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका उम्मेदवार राजुनाथ पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। उनले पार्टीको एकता र सुदृढीक...

महामन्त्रीमा विपीन आचार्यलाई पाँच उम्मेदवारको समर्थन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री पदका आकांक्षी पाँच नेताले विपीन आचार्य लाई समर्थन गर्ने घोषणा गरेका छन्। महामन्त्री पद...

सुनचाँदीको भाउ कति पुग्यो ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending