सिन्धुपाल्चोक । निर्माणकार्य सुस्त हुन थालेपछि सिन्धुपाल्चोकमा नदीजन्य पदार्थ बिक्री हुन छाडेको छ । सुनकोशी, इन्द्रावती र भोटेकोशी नदी आसपसामा दुई दर्जनबढी क्रसर उद्योग सञ्चालनमा छन् । निर्माणकार्य सुस्त हुँदा क्रसर उद्योगले उत्पादन गरेको बालुवा, गिट्टीलगायत सामग्री बिक्री हुन छाडेको हो ।
स्थानीय सरकारको मुख्य आन्तरिक स्रोत बनेको बालुवा तथा गिट्टी बिक्री हुन छाडेपछि ठेक्का पनि लाग्न छाडेको छ । नदी आसपासका स्थानीय तहले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा आन्तरिक आम्दानीको प्रमुख स्रोतको रूपमा दहत्तर बहत्तरबाट (गिटी बालुवा निकासी गरेबात राज्यलाई तिर्ने कर) रकम उठ्ने योजनाका साथ बजेट निर्माण गरेकामा आर्थिक वर्ष सकिन करिब तीन महिना मात्रै बाँकी हुँदा पनि चारवटा स्थानीय तहको ठेक्का नलाग्दा चालु अर्थिक वर्षको बजेटमा असर परेको छ ।
बाह्रबिसे नगरपालिकाका साथै त्रिपुरासुन्दरी, सुनकोशी र बलेफी गाउँपालिकाले सुनकोशी र भोटेकोशी नदीबाट नदीजन्य सामग्री उत्खनन् हुँदा त्यस बापत लाखाँै रकम करबापत सङ्कलन गर्दै आएका थिए । ती पालिकाले चालु आर्थिक वर्षका लागि पटक पटक सूचना प्रकाशन गर्दा पनि ठेक्का नलागेको जनाएका छन् । बाह्रविसे नगरपालिकाले सुनकोशी नदी क्षेत्रको बाह्रबिसेदेखि जुरेसम्मको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन्बापत झण्डै रु एक करोडको ठेक्का लगाएको थियो तर चार पटक सूचना प्रकाशन गर्दासमेत कोही पनि फारम भर्न नआएको त्यहाँका प्रमुख शासकीय अधिकृत चुरामणि पन्थीले जानकारी दिनुभयो । चार पटकसम्म ठेक्का नलागेपछि कार्यपालिकाको बैठकमै सुरुको रकममा २५ प्रतिशत रकम घटाएर बोलपत्र आह्वान गर्दा पनि कसैले पनि फारम भर्न नआएको उहाँको भनाइ थियो ।
त्रिपुरासन्दरी गाउँपालिकाले पनि दहत्तर–बहत्तरबापत रु एक करोड १० लाखमा ठेक्का दिन खोजे पनि फारम भर्न नआएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए । धेरै पटक सूचना प्रकाशित गर्दा पनि कसैले पनि फारम नभरेकोे उनले जानकारी दिए ।
यसैगरी सुनकोशी गाउँपालिकाले पनि आफ्नो क्षेत्रभित्र सुनकोशी नदीमा रू ६५ लाखमा दहत्तर–बहत्तरका लागि ठेक्का दिन खोज्दा अहिलेसम्म कसैले पनि फारम नभरेको त्यहाँका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
आन्तरिक आम्दानी सङ्कलन हुने अनुमानसहित वार्षिक बजेट निर्माण गरिएको र अहिले आम्दानी नहुँदा योजना कार्यान्वयनमा समस्या भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।
त्यस्तै बलेफी गाउँपालिकाले पनि आह्वान गरिएको ठेक्का कसैले पनि नस्वीकार्दा समस्या भएको छ । चौतारा साँगचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको मात्रै नदीजन्य पदार्थमा भने ठेक्का स्वीकार भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...
आषाढ़ ९ गते, २०८३ - १५:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई गम्भीर रूपमा कमजोर बनाइएको टिप्पणी गरेका छन्। झापामा आयोजित...
आषाढ़ ९ गते, २०८३ - १५:१०
काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जार...
आषाढ़ ९ गते, २०८३ - १४:५४
काठमाडौँ। सरकारले मेडिकल शिक्षामा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने तयारी गरेको छ । मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विका...
आषाढ़ ९ गते, २०८३ - १४:२५
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जो...
आषाढ़ ९ गते, २०८३ - १४:१०
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसी...
आषाढ़ ९ गते, २०८३ - १४:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुव...



प्रतिकृया लेख्नुहोस्: