Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

वैशाखभर भर्ना अभियान सञ्चालन

खबरडबली संवाददाता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिकसत्र २०८० का लागि यही वैशाखभित्र विद्यालय तहको भर्ना सम्पन्न गर्ने गरी अभियान सञ्चालन गर्न स्थानीय तह, र विद्यालयहरूलाई आह्वान गरेको छ । ‘समयमै भर्ना, समयमै ज्ञान स् गुणस्तरीय शिक्षा, सबैको अभियान’ भन्ने आदर्श वाक्यसहित शैक्षिकसत्र २०८० को विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न मन्त्रालयमातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पत्राचार गरेको हो । केन्द्रले यसका लागि गत चैत २६ गते सबै शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह र विद्यालयलाई पत्राचार गरिसकेको छ । 

अभियानका सन्दर्भमा गत चैत ३० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको उपस्थितिमा मन्त्रालयमा जिल्ला समन्वय समिति महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रमुख एवं पदाधिकारी र मन्त्रालयका अधिकारीहरूबिचको छलफलले सङ्घ, प्रदेश एवं स्थानीय तहबाट संयुक्तरूपमा शैक्षिकसत्र २०८० को मा विद्यालय उमेर समूह (पाँच वर्षमाथि) का सबै बालबालिकालाई विद्यालयमा ल्याउन विद्यार्थी भर्ना कार्यक्रम सञ्चालन गर्न निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले शैक्षिकसत्रमा सुरुमै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रका छनोट भएका छापाखानालाई आग्रह गरिएको बताउनुभयो । सोको अनुगमन स्थानीय तहबाट हुनेछ । निजी विद्यालयको शुल्क निर्धारण पनि स्थानीय तहबाट हुनेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीको ब्रेकफास्टको अम्लेटमा काँडा भेटिएपछि दुई जना कुक नियन्त्रणमा

चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको संख्या १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

कांग्रेसलाई १० वर्षमा “छिया–छिया” पारियो, अब पार्टी बनाउने अभियान अघि बढाउँछौं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई गम्भीर रूपमा कमजोर बनाइएको टिप्पणी गरेका छन्। झापामा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending