Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

काठमाडौँको टुँडिखेलमा ओशो महोत्सव

खबरडबली संवाददाता
काठमाडौ । काठमाडौँको टुँडिखेलमा आज नयाँ वर्षको अवसरमा ओशो तपोवनले ओशो महोत्सवको आयोजना गरेको छ । आज बिहान ९ बजेदेखि सुरु भएको महोत्सव राति ९ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवको उपराष्ट्रपति रामसहायप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । 
 
महोत्सवमा ५० हजार भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको महोत्सवका संयोजक सोविता सिम्खडाले जानकारी दिए । महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र सांस्कृतिक व्यक्तिलाई सुहाउने विविध कार्यक्रम हुने उहाँले बताए ।  
 
उक्त महोत्सव सङ्गीत, ध्यान, साधना र अध्ययनको महोत्सव हुने सिम्खडाको भनाइ छ । महोत्सवमा ध्यान, मेडिटेसन, योगा, गायन, नृत्य, लाइभ म्युजिक, लाफिङ मेडिटेसन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । 
 
महोत्सवको मुख्य कार्यक्रम आज साँझ ५ बजेदेखि सुरु हुने संयोजक सिम्खडाले बताए । साँझ ५० हजार बढी व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्ने आयोजकको भनाइ छ । देशका विशिष्ट व्यक्तित्वको उपस्थिति हुने उक्त सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणले विशेष सत्सङ्ग र आशीर्वाद प्रदान गर्नेछन् । 
 
कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका नृत्य, सङ्गीत र हास्य प्रस्तुतिका साथै चर्चित साङ्गीतिक समूह कुटुम्बको विशेष प्रस्तुति हुनेछ । साथै हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, मनोज गजुरेल, जितु नेपाल, प्रदीप खड्का, यमन श्रेष्ठ, प्रदीप रोदनलगायतले प्रस्तुति गर्नुहुने आयोजकले जनाएको छ । 
 
ओशो महोत्सवमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहको संयोजनमा फुड फेस्टिबलसमेत सञ्चालन हुनेछ । कार्यक्रममा मरुन रङको कपडा अनिवार्य गरिएको छ । ड्रेसको आफैँले व्यवस्था गर्नुपर्ने भन्दै महोत्सवमा राखिएका स्टलबाट उक्त ड्रेस रू पाँच सय वा सोभन्दा बढीमा समेत किन्न सकिने महोत्सवका संयोजक सिम्खडाले जानकारी दिए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।   राष्ट्रिय बाणिज्य बै...

ट्रकको ठक्करबाट वृद्धको मृत्यु भएपछि लालबन्दीमा तनाव

सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...

बीपीएलको पहिलो खेलमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् ।  सन्दीप आबद्ध टिम राजशाही वारियर्स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending