Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

भ्रष्टाचारको छानबिन गर्ने विषय हटाइएपछि न्यूनतम साझा कार्यक्रममा रास्वपाको असहमति

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको न्यूनतम साझा कार्यक्रममा आफूहरु सहमति नहुने बताएको छ । शुक्रबार विहान राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम भ्रष्टाचारविरुद्ध नरम देखिएको निष्कर्ष निकालेको छ ।

महामन्त्री मुकुल ढकालले पहिलेको गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको धेरै विषय अहिले छुटाइएको बताए ।‘नयाँ नीति कार्यक्रम भ्रष्टाचार विरूद्ध नरम देखिएको छ । बलात्कार जन्य घटनाको छिटो छिनोफानो , बिजनेस इन्क्युबेसन सेन्टरहरू खोल्ने, गैर आवसिय नेपालीको लगानीलाई सहज बनाउने, डिजिटल नेपालको फ्रेमवर्क कार्यान्वयन गर्ने, डाटा सर्भरमा आत्मनिर्भर बन्ने, राष्ट्रिय परिचयपत्रको अवधारणालाई एक वर्षमा व्यवहारत लागू गर्ने लगायत विविध महत्त्वपूर्ण विषयहरू हटाइएका छन्’, ढकालले सञ्चारकर्मीहरुलाई भनेका छन् ।

कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषय अघिल्लो गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रममा राखिए पनि अहिले हटाइएको उनले बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङमा ५१ जना कैदीबन्दीले गरे मतदान

बागलुङ। जिल्ला कारागार बागलुङमा मतदान सम्पन्न भएको छ । कारागारमा रहेका १ सय ६१ कैदीबन्दीमध्ये ५३ जना मतदाता रहेका थिए । कारागारमा १ सय ४५ पुरुष र १...

दोलखामा हराएका सबै मतपत्र भेटिएनन्, अझै सुरु हुन सकेन मतदान

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ मा मतपत्र हराउने र विवाद बढेपछि मतदान अझै सुरु हुन सकेको छैन। मतदानको क्रममा दलगत कार्यकर्ताबीच झडप भएको थ...

बाजुरामा सात घण्टामा ३५ हजार मत खस्यो

बाजुरा। बाजुरामा मतदान सुरु भएको सात घण्टाभित्र ३५ हजार मत खसेको छ। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदान अन्तर्गत दिउँसो १२ बजेसम्म झण्डै ३५ हजार म...

स्याङ्जामा मतपत्रमा हस्ताक्षर नहुँदा मतदान रोकियो

काठमाडौं । स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–१०, मोदीखोलास्थित बालज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान रोकिएको छ। मतपत्रमा मतदान अधिकृतले ...

सर्लाही पुगे गगन थापा

सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँमा मतदान गरेर बिहीबार दिउँसो सर्लाही आइपुगेको छन् । थापा सर्लाही ४ बाट प्रतिनिधि सभा सदस्य ...

मध्याह्न १२ बजेसम्म १८ प्रतिशत मतदान

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुर...

बैतडीमा २८ हजार १४१ मत खस्यो

बैतडी। बिहीबार बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ । जिल्ला निर्वाचन कार्याल...

महोत्तरीमा वडाध्यक्षको मतदान विवादपछि रोकिएको मतदान पुन: सुरु

काठमाडौं । महोत्तरीको बर्दिबास–७ मा वडाध्यक्षको मतदान विवादपछि रोकिएको मतदान पुन: सुरु भएको छ। बर्दिबास नगरपालिका–७ प्रेमनगरस्थित रानी मावि मतदान क...

दोलखामा मतपत्र लुटिएपछि बुथ एजेन्टलाई नै प्रहरीले नियन्त्रणमा लियो

काठमाडौं । तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा मतदान रोकिएको छ। कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको थियो। त्यसपछि मत...

बिहान ११ बजेसम्म देशभरि १०.१८ प्रतिशत मत खस्यो

काठमाडौं । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, देशभरि बिहान ११:०० बजेसम्म १९ लाख २३ हजार ८२४ मत खसेको छ। यो कुल मतदाताक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE