Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

रोकिएका स्ववियु निर्वाचन एकै मितिमा गराउन माग

खबरडबली संवाददाता

काठमाडौ । तीन विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का रोकिएका क्याम्पसपमा एकै दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गरेका छन् । 

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूको आज बसेको संयुक्त बैठकले रोकिएका क्याम्पसमा एकै दिन निर्वाचन गराउन माग गरेका हुन् । 

बैठकपछि नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, क्रान्तिकारीका अध्यक्ष पन्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै रोकिएका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा एउटै मितिमा निर्वाचन सम्पन्न हुने गरी कार्यतालिका सार्वजनिक गर्न त्रिविसँग माग गरेको छन् । 

उनीहरुले निश्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचनको सुनिश्चिता गर्नसमेत माग गरेको छन् । उनीहरुले बाँकी रहेका क्याम्पसमा लोकतान्त्रिक प्रक्रियाबाट विद्यार्थीलाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार पनि सुनिश्चित गराउन माग गरेको छन्। 

तीन विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचन अवैधानिक भर्ना र क्याम्पस प्रशासनको चरम लापरवाहीका कारणले यही चैत ५ गते हुन नसकेको बताएका आरोप लगाएका छन् । उपत्यकाका अमृत साइन्स क्याम्पस, त्रिचन्द्र वहुमुखी क्याम्पस, पाटन संयुक्त क्याम्पस, विश्वभाषा क्याम्पस, आरआर क्याम्पस र नेपाल कर्मश क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ ।  

यस्तै उपत्यका बाहिरका पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस विरगंज, वीरेन्द्र वहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा निर्वाचन गर्न बाँकी छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महिलाको १७ प्रतिशत मात्रै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...

मालपानीको गाडी प्रयोग गर्ने व्यक्तिमाथि पनि अनुसन्धान हुनुपर्ने अधिवक्ता बडालको तर्क

काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...

ललितपुरको महालक्ष्मी नगरको लुभु र चाङ्गाथली क्षेत्रलाई जोड्दै नयाँ रुटमा चल्न थाल्यो साझा यातायात

ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...

रास्वपाको बन्दसत्र सुरु, विभिन्न प्रतिवेदन र निर्वाचन कार्यतालिका सार्वजनिक हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...

महाधिवेशनमा सबैलाई उम्मेदवारी दिन खुला छ: रवि लामिछाने

रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो

प्रतिनिधिलाई तोकिएको पाँच हजार स्वेच्छिक बनाइएको सभापति लामिछानेको घोषणा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...

विष्णु पौडेल विशेष अदालतमा उपस्थित, २० दिन थुनामा राख्न अनुमति मागियो

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...

रास्वपाको बन्द सत्र सुरु, बालेन शाह आएनन्

चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...

कांग्रेसलाई १० वर्षमा “छिया–छिया” पारियो, अब पार्टी बनाउने अभियान अघि बढाउँछौं: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो ८–१० वर्षमा नेपाली कांग्रेसलाई गम्भीर रूपमा कमजोर बनाइएको टिप्पणी गरेका छन्। झापामा आयोजित...

कीर्तिपुरको होल्डिङ सेन्टर खाली गर्न ५ दिनको समय, सुकुम्बासीलाई प्रति परिवार २५ हजार रुपैयाँ दिने निर्णय

काठमाडौं । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई ५ दिनभित्र भवन खाली गर्न सूचना जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending