Khabar Dabali ३० बैशाख २०८३ बुधबार | 13th May, 2026 Wed
Investment bank

दुर्गमका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता लिन अझै सास्ती

खबरडवली संवाददाता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका वृखबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा चार घण्टा पैदल हिँड्नुपर्छ ।  बिहानको झिसमिसमै तातो पानी पिएर बेलुका घर फर्किने गरी गाउँपालिकाको केन्द्र तेल्लोक पुग्दा कहिले समयमै काम हुन्छ त कहिले अबेर हुन्छ । समयमै काम हुँदा साँझ टर्च बालेर हस्याङफस्याङ गर्दै घर पुग्छन् । अबेर भए तेल्लोकमै बास बसेर भोलिपल्ट बिहान घर फर्किन्छन् ।

हरेक तीन महिनामा यसरी धाएको लामो समय भयो । बुढेसकालका कारण समय बित्दै जाँदा क्रमशः हिँड्डुल गर्न कठिन हुँदै गए पनि भत्ता लिन आफैँ पुग्नुपर्ने उनको बाध्यता हो । यता सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६९ वर्षीय थरमान सार्की करिब चार घण्टा पैदल हिँडेर गाउँपालिकाको केन्द्र साब्लाखुमा भत्ता थाप्न पुग्ने गरेका छन् । त्यहाँ लक्ष्मी बैंकको शाखा छ ।

बुढेसकालमा हिँड्दा पनि शरीर दुख्ने र गाडीमै जाँदा पनि उत्तिकै दुखाइ र थकान हुने उनले बताए । “कहिले भनेको बेला गाडी पाउँदैन हिँडेरै पुग्छु, कहिले गाडी पाउँदा गाडीमै जान्छु, तर बूढो भइयो हिँड्दा पनि र गाडीमै चढ्दा पनि सहज छैन”, उनले भने ।

यसरी घण्टौँ पैदल हिँडेर भत्ता लिने उहाँनीहरू मात्रै नभई दूरदराजका गाउँमा बसोबास गर्ने थुप्रै वृद्धवृद्धा छन् । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत दिन थालेपछि हरेक स्थानीय तहका केन्द्रमा बैंकका शाखा खुलेका छन् । तर पहाडी जिल्लाका दुर्गम गाउँमा बसोबास गर्ने नागरिकलाई स्थानीय तहका केन्द्रसम्म पुगेर भत्ता थाप्न अझै घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता रहँदै आएको छ । बुढेसकालमा लौरोको सहारामा घण्टौँ हिँड्दा हैरान खेप्नुपरेको वृद्धवृद्धा गुनासो गर्छन् ।

“उमेरले डाँडा काटेपछि हिँड्डुल गर्न कठिन हुन्छ । बुढेसकालको सहारा बनेको भत्ता थाप्न लौरो टेकेर हिँड्नैपर्ने कर छ”, वृखबहादुर सार्कीले भने ।    आर्थिक अवस्था कमजोर बनेका वृद्धवृद्धाले शरीरको दुखाइ र थकानको महसुस नगरी हिँड्ने हिम्मत गरेको पाइन्छ । सवारी साधनमै ओहोरदोहोर गर्दा पनि वृद्ध शरीरलाई गाह्रो हुने गरेको उनीहरू बताउँछन् ।

कतिपय गाउँका हिँड्डुल गर्न नसक्ने अशक्त वृद्धवृद्धाको भत्ता वडाको सिफारिससहित आफन्तले पु¥याइदिन्छन् । केहीले संरक्षक राखेर पनि उनीहरूमार्फत भत्ता निकाल्ने गरेका छन् । तर प्रायजसोले संरक्षक राखेका छैनन् । भत्ता थापेर आफैँ खर्च गर्लान् भन्ने शङ्काले संरक्षक नराखेको हुन सक्ने सिदिङ्वा गाउँपालिकाको मेहेलेका भुपाल मंरातीले बताए ।

उनी वडा कार्यालयमा कार्यरत छन् । यता आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेका वडाध्यक्ष ललित राईले गाउँका अशक्त र बिरामी अवस्थाका वृद्धवृद्धाको चेक सङ्कलन गरेर भत्ता निकासा गरी घरमै लगिदिने गरेका छन् । गाउँ कार्यपालिकाले वडाध्यक्षमार्फत घरमै लगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने निर्णय गरेपछि वडाध्यक्षले चेक सङ्कलन गरी भत्ता बाँड्ने गरेका हुन्। 

“बैंकसम्म पुग्न कठिन अवस्थाका वृद्धवृद्धालाई सहज होस् भनेर वडाध्यक्षमार्फत चेक सङ्कलन गरी सामाजिक सुरक्षा भत्ता बाँड्ने निर्णय गरेर कार्यान्वयन भइरहेको छ”, गाउँपालिका अध्यक्ष दीपेन पोमुले भने । अन्य स्थानीय तहमा भने घरमै लगेर बाँड्ने योजना छैन । “अहिलेसम्म गाउँपालिकाको केन्द्रमा रहेको बैंकमै आएर सामाजिक सुरक्षा भत्ता लैजान्छन्, टाढाका मानिसलाई भने अप्ठ्यारो देखिएको छ, उनीहरूको सहजताका लागि विकल्प सोचिरहेका छौँ”, सिरीजङ्घा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले भने ।  

स्थानीय तह आउनुभन्दा अघि वडा सचिवले घरघरमै लगेर बाँड्ने गरेका थिए । कतिपय वडामा पायक पर्ने ठाउँमा जम्मा गरेर पनि बाँड्ने गरिन्थ्यो । हाल स्थानीय तह आएपछि बैंकमार्फत भत्ता दिने गरिएको हो । यसरी बैंकमार्फत सम्बन्धित व्यक्तिको बैंक खाता खोलेर भत्ता दिने सुनिश्चित गरिए पनि दुर्गम ठाउँका नागरिकले भने अझै सास्ती खेप्नुपरेको स्थानीयवासीले बताएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending