Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

नेवाः संस्कृतिको विकासका लागि अनुसन्धान प्रतिष्ठान बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

खबरडबली संवाददाता

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेवारहरुको सभ्यता, संस्कृति र इतिहासको विकास तथा सम्वर्द्धन गर्न अनुसन्धान प्रतिष्ठान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 

छैठौं विश्व नेवा दिवसका अवसरमा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रममा उनले त्यस्तो अनुसन्धान प्रतिष्ठान नेवारको मात्र नभई सम्पूर्ण नेपालीको हुने बताए।

उनले नेपाल भाषा, नेवारी साहित्य र कलाको विकासका निम्ति नेवारले गरेको अनवरत संघर्षप्रति आफ्नो उच्च सम्मान रहेको बताए।

‘शान्ति प्रक्रियामा आएपछिको पहिलो कार्यक्रम यही वसन्तपुर डबली भएको थियो। पहिलो चोटी प्रधानमन्त्री भएपछि नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिलाउनका लागि मैले पहल गरेको हुँ,’ उनले भने, ‘नेपाल सरकारका तर्फबाट नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरेको यही डबलीबाट हो।’

राष्ट्र निर्माणमा नेवार समुदायको मुख्य र ऐतिहासिक भूमिका रहेको जनाउँदै उनले नेपाललाई स्वाधीन राष्ट्रका रूपमा विश्वसामु चिनाउन नेवार समुदायको भूमिका महत्वपूर्ण रहेको बताए। नेवार पुर्खाले विरासतमा हामीलाई छाडेर गएका मन्दिर, पाटी, पौवा, डबली, हिटी, देवालय लगायतका सम्पदाको योगदान महत्वपूर्ण रहेको उनको भनाइ छ।

‘विश्वमै नगर सभ्यता सुरू गर्ने अग्रज समुदायमध्ये नेवार समुदाय पनि हो। आज हामीले विश्व नेवार दिवस मनाइरहँदा ती नेवार अग्रजप्रति सम्मान व्यक्त गर्नैपर्छ,’ उनले भने। 

उत्पीडितले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ
    
एक फरक प्रसंगमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले गरिब, विपन्न र उत्पीडित वर्गको असली प्रतिनिधि पार्टी माओवादी केन्द्र र यसको नेतृत्व नै भएको बताए। उनले गरिब र उत्पीडित वर्गले आफ्नो असल प्रतिनिधि चिन्न सक्नुपर्ने बताए। 

‘नेपाल जनताको त्याग र बलिदानको बलमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक विशेषतासहितको संवैधानिक व्यवस्था गरिएको छ। यद्यपि, वर्तमान संविधान पनि हामीले अपेक्षा गरेजस्तै पूर्ण भने छैन,’ उनले भने। 

नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न आफू र माओवादी केन्द्रले मुख्य संघर्ष गरेको भन्दै उनले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो असली प्रतिनिधि को हो भन्ने चिन्न जरूरी रहेको भनाइ व्यक्त गरे। 

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आगामी दिनमा समग्ररूपमा नेपाली समाजको रुपान्तरणका निम्ति नेपालको भाषा संस्कृति तथा नेपाल भाषा र संस्कृतिको विकासका निम्ति अझ महत्वपूर्ण योगदान पुर्‍याउन सबैमा आग्रह गरे। 

उनले नेवार समुदायबाट विकसित भएर राष्ट्र र नेपाल भाषा, संस्कृतिको विकासमा योगदान गर्ने सम्मानित व्यक्तित्वप्रति बधाई ज्ञापन गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकामा ४७ प्रतिशत मत खस्यो, देशभर ३३ प्रतिशत

काठमाडौँ। निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मत खसेको छ ।  आयोगका अनुसार उपत्यकामा दिउँसो ...

दोलखाको मालु मतदानस्थलमा कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेपछि...

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका मालु मतदानस्थलबाट ५५ वटा मतपत्र हराएपछि मतदान स्थगित भएको छ । केही व्यक्तिले कर्मचारीबाट मतपत्रको ठेली खोसेर लगेका...

हुम्लाको कालाशिल्तामा एक घण्टादेखि स्थगित मतदान पुन: सुरु

हुम्ला। एक घण्टादेखि स्थगित भएको सिमकोट गाउँपालिका–१ को कालाशिल्ता मतदान केन्द्रको मतदान कार्य सुरु भएको छ। मतदान स्थलमा बसेको सर्वदलीय बैठकमा सहमति भ...

दोलखाको वेदिङमा अहिलेसम्म एक जना पनि मतदाता मतदानमा सहभागी भएनन्

काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका–९ वेदिङका कुनै पनि मतदाता हालसम्म मतदान प्रक्रियामा सहभागी भएका छैनन्। वेदिङ आधारभूत विद्यालय रोल्वालि...

दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खस्यो

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बिहीबार दिउँसो २ बजेसम्म देशभर ६२ लाखभन्दा बढी मत खसेको छ। निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क...

झापा उडेका बालेन शाह आधा बाटोबाटै किन काठमाडौं फर्किए ? यस्तो छ कारण

काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा–५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आध...

चितवनमा ४५ प्रतिशत मतदान, तीनै क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान जारी

चितवन । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा हालसम्म करिब ४५ प्रतिशत मतदान भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान क...

झापामा ४१ प्रतिशत मत खस्यो

दमक। झापामा ४१ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दिउसो १ बजेसम्ममा ४१ प्रतिशत मत खसेको हो ।  हालस...

रुकुम कारागारमा मतदान सकियो

रुकुमपश्चिम। जिल्ला कारागार रुकुम पश्चिमका ७२ जना कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ७२ जनाले मतदान गरेको मतदान...

मेचीनगरमा १०४ बर्षीय बृद्धाद्वारा मतदान

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गरेकी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE