Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

ज्ञानेन्द्र र आशिफको कीर्तिमानी साझेदारीमा नामिबियामाथि नेपालको जित

खबरडबली संवाददाता

काठमाडौं । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको  मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शनिबार नामिबियालाई ३ विकेटले पराजित गरेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले नामिबियालाई ३ विकेटले पराजित गर्‍यो। 

यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई २ विकेट र दोस्रो खेलमा स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो।

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७।३ ओभरमा पूरा गर्‍यो।

नेपालका लागि तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। ओपनर आसिफ शेखले ८१ रनको योगदान गरे। उनले ९८ बलमा ८ चौका र २ छक्का प्रहार गरे। 

यस्तै ज्ञानेन्द्र मल्लले ६५ रन जोडे। उनले ७४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

कुशल मल्लले पनि लगातार दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा ६२ रनको योगदान गरे। उनले ४९ बलमा ६ चौका र ४ छक्का हिर्काए। 

ज्ञानेन्द्र र आसिफबीच दोस्रो विकेटका लागि १३९ रनको कीर्तिमानी साझेदारी भएको थियो। यो नेपालका लागि एकदिवसीय खेलमा सबैभन्दा ठूलो साझेदारी हो। 

अर्का ओपनर कुशल मल्ल १ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले पनि १ रन मात्र जोड्न सके। कप्तान रोहित पौडेल ३९ रन र सन्दीप जोराले ३ रन मात्र जोड्न सके। विजयी चौका हिर्काएका सोमपाल कामीले नटआउट ८ रन जोडे।

नेपालले पछिल्लो पाँच ओभरमा चार विकेट गुमाएको थियो।

बलिङमा नामिबियाका ट्रम्पलम्यानले ३ विकेट लिए भने बेर्नाल्ड स्कोल्ट्जले २ विकेट हात पारे।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा ६ विकेटको क्षतिमा २७४ रन जोड्यो।

नामिबियाका लागि जेन ग्रिनले नटआउट ७५ रन जोडे। उनले ६३ बलमा ११ चौका र १ छक्का प्रहार गरे। ये फ्रान्सले ४९ रन जोड्दा ओपनर लो लाउरेन्सले ४१ रन जोडे। 

बलिङमा नेपालका सन्दीप लामिछानले ३ विकेट लिए। उनले १० ओभरमा ४६ रन खर्चिए। करण केसीले १ विकेट हात पारे। 

सिरिजमा नेपालले मंगलबार अन्तिम खेलमा स्कटल्यान्डसँग भिड्नेछ। 

लिग(२ मा स्कटल्यान्ड च्याम्पियन भइसकेको छ। लिग(२ को शीर्ष टिम स्कटल्यान्डले ३४ खेलबाट ४८ अंक जोडेको छ। दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले अन्तिम ३३ खेलबाट ३७ अंक जोडेको छ। चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ। यो अवस्थामा अब स्कटल्यान्डले बाँकी सबै खेल हारे पनि शीर्ष स्थान गुमाउने छैन।

लिग(२ मा नेपाल छैटौं स्थानमा छ। नेपालले लिग(२ मा आफ्ना ९ खेल खेल्न बाँकी छदा २५ खेलबाट २४ अंक जोडेको छ। नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बन्छ : श्रममन्त्री यादव

विराटनगर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक...

निर्वाचन आयोगलाई हतियार बनाएर कांग्रेस लुटेर लगियो: दीपक खड्का

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले निर्वाचन आयोगलाई ‘हतियार’ बनाएर कांग्रेस पार्टी नै लुटेर लगिएको आरोप लगाएका छन्। शु...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री भट्टले लिए शपथ, चार सदस्यीय मन्त्रिपरिषद् गठन

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बनेका छन्। लामो समयदे...

काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

काठमाडौँ। काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा।डा। विवेक बराल नियुक्त भएको छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र श...

सरकारले तोक्यो न्यायपालिका र संवैधानिक निकायका पदाधिकारीको तलव, प्रधानन्यायाधीशको तलब १ लाख १२ हजार

काठमाडौं । सरकारले न्यायपालिका, संवैधानिक निकाय तथा संघीय संसदका उच्च पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ। अर्थ मन्त्रालयले गत ६ साउनमा सूचना प्रकाशित...

रोल्पा पहिरोपछि प्रधानमन्‍त्री शाहसँग वर्षमान पुनको भेट: राख महत्त्वपूर्ण चार सवाल

काठमाडौँ। निरन्तरको बाढी तथा पहिरोका कारण रोल्पामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि जिल्लाका जनप्रतिनिधिले सिंहदरबार पुगेर शुक्रबार प्रधानमन्त्री वाल...

पोखरा बसपार्कमा ११६ अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक

कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...

शेरबहादुरजी पश्चिमको राजकुमार भनेर बीपी कोइरालाले भन्नुहुन्थ्यो: शशांक कोइराला

कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन

खगेन्द्र सुनारको अभिव्यक्तिप्रति गृहमन्त्रीको आपत्ति: उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन

काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...

धवलशमशेरको नेतृत्वमा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिह्न त्रिभुज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending