Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ : राष्ट्रपति भण्डारी

खबरडबली संवाददाता

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकाको सडक व्यवस्थापन गर्न सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने बताएकि छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज काठमाडौँ उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखसँगको भेटमा उहाँले काठमाडौँ उपत्यकामा बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण दैनिक ट्राफिक जामको समस्या भोगिरहेको हुँदा त्यसलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएको हो ।

“हामी सबैले दैनिकरूपमा अनुभव गर्ने एउटा समस्या सवारी जाम हो, बाटोको क्षमताभन्दा बढी सवारी साधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण हामीले दैनिकरूपमा ट्राफिक जामको समस्या भोगिरहेका छौँ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यो समस्या समाधानका लागि सडक चौडा गरेर मात्र पुग्दैन, साना सवारी साधनभन्दा ठूला सवारी साधनलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनु पर्दछ ।”

उपत्यकामा सवारी साधनको पार्किङको समस्या पनि जल्दोबल्दो समस्याका रूपमा रहेको उल्लेख गर्दै उनले यो समस्याको दिगो समाधानका लागि नगरपालिका तथा सम्बद्ध निकायहरूले समन्वयात्मक पहल गर्नु आवश्यक रहेको बताइन् ।

काठमाडौँ उपत्यकाका सहरहरूलाई व्यवस्थित आधुनिक सहरका रूपमा विकास गर्न सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय पालिकाहरूका साथै काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, विद्युत् प्राधिकरण, ट्राफिक प्रहरी, उपत्यका खानेपानी लिमिटेड एवं पुरातत्व विभाग जस्ता सरकारका विशिष्टीकृत निकायहरूबीच आपसी समन्वयको आवश्यकता रहेको उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले भनिन्, “उपत्यकाका सहरहरूलाई सभ्य सहरका रूपमा विकास गर्न भएका पुस्तकालय तथा वाचनालयलाई सुदृढ तुल्याउनाका साथै निश्चित दूरीभित्र सार्वजनिक पुस्तकालयको उपलब्धतालाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन पनि म स्थानीय पालिकासहित सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु ।”

स्थानीय तहहरू मुलुकको आर्थिक प्रगतिका आधारभूत एकाइ हुनाका साथै सङ्घीय र प्रदेश सरकारका नीतिहरूलाई कार्यान्वयन गर्ने महत्त्वपूर्ण जननिर्वाचित अङ्ग भएको र संविधानप्रदत्त अधिकार र कर्तव्यलाई जनताको आर्थिक समृद्धिको आकाङ्क्षासँग जोड्न सके मात्र मुलुक निर्माणको सपना साकार हुन सक्ने उनको भनाइ थियो ।

राष्ट्रपति भण्डारीले सार्वजनिक शिक्षा तथा स्वास्थ्य, शुद्ध पिउने पानी, सरसफाइ, घरपालुवा जनावरको यथोचित व्यवस्थापन, पर्यटन र कृषि क्षेत्रलाई हरेक स्थानीय तहले आफ्नो परिवेशअनुकूलका योजना तथा कार्यक्रम तर्जुमा गर्दा विशेष प्राथमिकतामा राख्न आह्वान गरिन्।

उपत्यकाभित्र र बाहिर रहेका महानगर तथा पालिकाहरूका बीचमा समन्वय हुन सकेको खण्डमा सागसब्जी, फलफूल, खाद्यान्न, पुष्प उत्पादन जस्ता कृषि उपजको बजार व्यवस्थापन तथा उपभोक्तालाई राहत दिने कार्यमा सहजीकरण हुन सक्ने उनको भनाइ थियो ।
    
स्वास्थ्य, शिक्षा, व्यापार व्यवसाय तथा रोजगारीको अवसरका कारण समेत मुलुकभरिबाट राजधानी आउनुपर्ने अवस्थाले काठमाडौँ उपत्यकामा जनसङ्ख्याको अत्यधिक चाप बढ्न गएको कारण यातायात, खानेपानी तथा सरसफाइ, ढल व्यवस्थापन, नदी प्रणाली व्यवस्थापनमा चुनौती उत्पन्न भएको उनको ठम्याइ छ ।

“वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पर्ने घातक असरलाई रोक्न तथा चुलिँदो व्यापार घाटालाई न्यूनीकरण गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्नका लागि विद्युतीय सवारीको प्रयोगलाई जोड दिनुपर्दछ”, राष्ट्रपति भण्डारीले भन्नुभयो, “यसका लागि सरकारी कार्यालय, स्थानीय तह, विद्यालय तथा विश्वविद्यालय, अस्पताललगायत सार्वजनिक संस्थाहरूले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिनुपर्दछ ।”

उपत्यकाको विकासका लागि सरकारका अन्य निकायहरूलाई समेत उदाहरण हुने गरी आपसी समन्वय र साझेदारी विकास गर्न उहाँले सबैसमक्ष आग्रह गरिन् ।  

राष्ट्रपति भण्डारीले भनिन्, “विश्वका सुन्दर सहरहरूमध्ये मानिने काठमाडौँ उपत्यका सम्भावना र चुनौती दुवै बोकेको सहर भएको र रमणीय हिमशृङ्खलाहरू सहजै देख्न सकिने, वरिपरि हरियाली वनजङ्गल भएको, साथै विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका १० धरोहरहरूमध्ये सातवटा अवस्थित रहेको काठमाडौँ उपत्यका नेपालको सांस्कृतिक राजधानीसमेत हो भन्नु अतिशयोक्ति होइन ।”

देशको मुख्य आर्थिक, शैक्षिक एवं धार्मिक गतिविधिको केन्द्र पनि यही उपत्यका भएकाले यहाँको विकास, प्रगति र उन्नतिसँग मुलुकको भाग्य र भविष्य अभिन्नरूपले जोडिएको उनको भनाइ थियो ।

घरभित्रको प्रदूषणलाई रोक्न र आन्तरिक ऊर्जा खपत बढाई पेट्रोलियमलगायतका ऊर्जा आयातलाई कटौती गर्न विद्युतीय चुलोको प्रयोगलाई व्यापक बनाउन स्थानीय तहहरूले आवश्यक पहल गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड थियो ।

जनसङ्ख्यामा भएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको उर्वर कृषियोग्य जमिन, ताल, पोखरी, नदीनाला एवं खुला क्षेत्रमाथि अतिक्रमण भइरहेको उल्लेख गर्दै उनले नदी प्रणालीमा भएको मानव हस्तक्षेपका कारण हरेक वर्षायाममा बस्तीहरू डुबानमा पर्ने गरेको बताइन्। उनले खुला क्षेत्र र उद्यानहरूको अभावका कारण भूकम्प जस्ता प्राकृतिक विपद्को समयमा सुरक्षित हुने स्थानको अभाव हुने गरेको र बालबालिका, युवा तथा ज्येष्ठ नागरिकहरूका लागि समय व्यतित गर्ने, खेल्ने र मनोरञ्जन गर्ने स्थानको अभाव रहने गरेको बताइन् ।

राष्ट्रपति भण्डारीले वातावरण र मानवबीचको सहज सम्बन्ध कायम राख्नेगरी  हाम्रा विकासका योजनाहरू तर्जुमा हुनु आवश्यक भएको हुँदा काठमाडौँ उपत्यकामा ढल तथा फोहरमैला व्यवस्थापन गर्न, हरियाली पार्क निर्माण गर्नपर्नेमा जोड दिइन् । साथै, खानेपानी व्यवस्थापन गर्न, सार्वजनिक जग्गाको सदुपयोग, संरक्षण र उपयोग गर्नका लागि बनेका नीति, योजना र कार्यक्रमहरूलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न सम्बद्ध पक्षले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE