काठमाडौ । किसान सङ्घर्ष समितिले किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य लागू गर्न माग गरेका छन् । सङ्घर्ष समितिले आज किसानलाई परेका समस्या तत्काल समाधान गर्न माग गर्दै काठमाडौँको बाफलमा प्रदर्शन गरेको हो ।
समितिले वास्तविक किसानको पहिचान गर्नुपर्ने, किसानलाई पेन्सनको व्यवस्था लागू गर्नुपर्ने, किसानबाट उत्पादित वस्तुलाई बजारको सुनिश्चित गर्नुपर्ने, मल, बीउ बिजन उचित व्यवस्था गर्नुपर्ने, कृषिलाई यन्त्रीकरण गर्नुपर्ने, उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न माग गरिएको सङ्घर्ष समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिए ।
यस्तै, समितिले साना किसानको ऋण मिनाह गर्नुपर्ने, पशुपन्छी आहारको अनुदानको व्यवस्था गर्नुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, विना धितो ऋणको व्यवस्था गर्नुपर्ने, प्रत्येक वडामा चिस्यान केन्द्रको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेका छन् ।
अध्यक्ष लामिछानेले सरकारले किसानको मागलाई सम्बोधन गर्न कुनै चासो नदेखाएकाले आन्दोलन गर्न बाध्य हुनुपरेको बताए । उनले किसानले उत्पादन गरेका वस्तुले बजार नपाउँदा भुइँमै फाल्नुपर्ने व्यवस्थाको अन्त्यका लागि सरकारले विशेष कदम चाल्न आग्रहसमेत गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - १७:३१
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...
फाल्गुन २२ गते, २०८२ - १७:१८
रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...
फाल्गुन २२ गते, २०८२ - १७:१३
रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...
फाल्गुन २२ गते, २०८२ - १७:०७
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...
फाल्गुन २२ गते, २०८२ - १६:५५
धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...
फाल्गुन २२ गते, २०८२ - १६:४७
गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...
फाल्गुन २२ गते, २०८२ - १६:४०
नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...
फाल्गुन २२ गते, २०८२ - १६:२९
काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...
फाल्गुन २२ गते, २०८२ - १६:००
झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...
फाल्गुन २२ गते, २०८२ - १५:५०
काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...



प्रतिकृया लेख्नुहोस्: