Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सङ्गठन निर्धारित समयसिमाभित्र अद्यावधिक गर्न निर्देशन

खबरडबली संवाददाता

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले आफ्ना सबै कमिटी, विभाग र मोर्चा सङ्गठनलाई निर्धारित समयसीमाभित्र अद्यावधिक गर्न निर्देशन दिएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा सङ्गठन निर्माण थप व्यवस्थित गर्न कार्ययोजनाका साथै समसामयिक विषयमा छलफल गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यही माघ २१ र २२ गते हुने पार्टी केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा छलफल केन्द्रित भएको बैठकले उक्त कार्यपत्रलाई परिमार्जन गरी पेस गर्ने निर्णय गरेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा, पार्टीका विभिन्न तहका कमिटीले सङ्गठन निर्माणमा गरेका निर्णय अनुमोदन गर्ने छ । सङ्गठनको पुनःगठन, पार्टीको भूमिका र गतिविधि प्रभावकारी बनाउने विषयमा छलफल गरिने छ ।

पार्टीले यसअघि नै सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका कमिटीलाई तत्काल सम्मेलन÷अधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्ने र आगामी फागुन मसान्तभित्र सबै जनवर्गीय, पेसागत र सामुदायिक सङ्गठनका जिल्ला सम्मेलन तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडौं ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। ...

रूकुम पूर्वमा प्रचण्ड जीत नजिक

रूकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यहाँ प्रतिनिधि सभा निर्वाचनमा स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मत...

रोल्पामा नेकपाका वर्षमान पुनको अग्रता

रोल्पा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार उनले १,४७६ मत प्राप्त ...

मोरङ पुगे बालेन शाह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह मोरङको उर्लाबारी पुगेका छन्। शुक्रबार दिउँसो उनले विराटनगर विमानस्थल हुँदै उर...

धनकुटा निर्वाचन अपडेट: श्रम संस्कृति पार्टीका सानबहादुर राईको अग्रता

धनकुटा । एकमात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवार सानबहादुर राईले १,५९० मतसहित अग्रता कायम गरेका छन्। मुख्य निर्वाच...

गोरखामा खराब मौसमका कारण मतपेटिका बोकेको हेलिकप्टर पोखरामा आकस्मिक अवतरण

गोरखा । उत्तरी गोरखाबाट मतदान केन्द्रका मतपेटिका बोकेको नेपाली सेनाको हेलिकप्टर खराब मौसमको कारण गोरखा सदरमुकाममा अवतरण गर्न नसकेर पोखरामा आकस्मिक अवत...

बाँके १ र ३ मा रास्वपाका चौधरी र खगेन्द्र सुनारको फराकिलो अग्रता

नेपालगन्ज । प्रतिनिधि सभा सदस्यको निर्वाचनको जारी मतगणना अनुसार बाँके जिल्लाको क्षेत्र नम्बर १ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवा...

सर्लाही–४ मा ११ सय ३३ मतले अमरेशको अग्रता

काठमाडौं। सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो मतान्तर बढाउँदै अघि बढेका छन्। पछिल...

झापा ५ मा ५ हजार बढी मतान्तरले बालेन अगाडि

झापा। झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाह ले मतान्तर बढाउँदै आफ्नो अग्रता अझ मजबुत बनाएका छन्। यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएक...

काठमाडौं-३ मा कुलमानसँग राजुनाथ पाण्डेले बढाए मतान्तर, ४ हजार ४३९ मतको फरक

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका कुलम...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE