काठमाडौ । सूचनाको हक कार्यान्वयनको अभियानमा काम गरिरहेका सङ्घ, संस्था र अभियानकर्मीले राजनीतिक सङ्क्रमणकालमा सूचना नदिने गरी सूचना वर्गीकरण गरेकामा सरोकार भएका निकायको ध्यानाकर्षण गराएका छन् ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ नेपालको नेतृत्वमा आज राष्ट्रिय सूचना आयोगमा पुगी प्रमुख आयुक्त र आयुक्तहरूको ध्यानाकर्षण गराइएको हो । गत पुस १२ गते मुख्यसचिव नेतृत्वको सूचनाको वर्गीकरणसम्बन्धी समितिले सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली २०६५ लाई निष्क्रिय पार्ने गरी ८७ प्रकारका विषय गोप्य रहने निर्णय गरेको थियो ।
मुख्यसचिव नेतृत्वको समितिले पाँच खण्डमा ८७ प्रकारका नीतिगत विषयहरू नागरिकको सार्वजनिक पहुँचमा नहुने गरी गोप्य राख्ने उल्लेख गरिएको अभियानकर्मीले आयोगमा जानकारी गराएका थिए । नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं सूचनाको हकको क्षेत्रमा कार्यरत फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दाहालले यस विषयमा आज आफूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको बताए।
प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वको जानकारीविना सूचनाको वर्गीकरण गरिएको जानकारी गराउनुभएको पनि उनले सुनाए । यस सम्बन्धमा अभियानकर्मीसँग छलफल गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले बताएको छन्।
सो अवसरमा प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले यससम्बन्धी विस्तृत जानकारी आएपछि आयोगले आवश्यक निर्णय लिने जानकारी गराएको थिए । सरकारले यसअघि डा बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला पनि सरोकार भएकासँग सल्लाह नगरी गरेको सूचनाको वर्गीकरण सर्वोच्च अदालतको आदेशमा खारेज भएको थियो ।
महासङ्घका अध्यक्ष उमिद वागचन्द सूचना वर्गीकरणको प्रक्रियाका बारेमा अध्ययन गरिरहेकाले यससम्बन्धी विस्तृत विवरण आएपछि आवश्यक निर्णय गरी संविधान एवं कानून प्रदत्त नागरिकको सूचनाको हक संरक्षणका लागि लाग्ने प्रतिबद्धता जनाउन्छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १९ गते, २०८२ - १५:२५
काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकाले राजधानी काराकाससहितका सहरहरूमा आक्रमण गरेपछि देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। ...
पौष १९ गते, २०८२ - १५:२०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ। शनिबार बसेको क्षेत्...
पौष १९ गते, २०८२ - १४:५४
पोखरा । नेपाली कांग्रेसका पूर्वमन्त्री कुमार खड्का, कांग्रेस महाधिवेशन प्रतिनिधि मिलन थापा र एमाले गण्डकी प्रदेशका नेता पुष्प अधिकारी राष्ट्रिय स्वतन्...
पौष १९ गते, २०८२ - १३:५३
फ्रान्स। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रदर्शनकारीलाई हत्या गरिएमा अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएको छन् । उनले इरानले प्र...
पौष १९ गते, २०८२ - १३:३३
काठमाडौँ। सन् २०२६ मा नेपाली क्रिकेट मैदानमा बाह्रै महिना सक्रिय हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन...
पौष १९ गते, २०८२ - १३:१४
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र चुलिएको आन्तरिक विवादका विषयमा आफूनिकट नेताहरू तथा कार्यकर्तासँग छलफल गरेका छन्। क...
पौष १९ गते, २०८२ - १२:५२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर २ बाट उम्मेद...
पौष १९ गते, २०८२ - १२:३४
चितवन। सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले सबै सञ्चार माध्यममा काम गर्नेहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने बताएको छन् । चितवनको भरत...
पौष १९ गते, २०८२ - ११:४०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष स...
पौष १९ गते, २०८२ - ११:२२
दमक। झापा कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईखोला पुल नजिक शनिबबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले नि...




प्रतिकृया लेख्नुहोस्: