Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

महिला अधिकारका लागि सामाजिक चेतना र जागरण जरूरी : प्रधानमन्त्री

खबरडबली संवाददाता

काठमाडौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताएको छन् । मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, “तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो । यहाँ तपाईंहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे(जति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ ।” 

प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताउनुभयो । “यो न्यायोचित माग हो ।  यसमा हामी छलफल गर्नेछौँ । एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जे(जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन् । तिनीहरू सम्बोधन गरिनेछ ।”

सत्ताइस वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे ।  प्रधानमन्त्री दाहालले भने, “यस अवधिमा तपाईंहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु ।”

महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हजारौँ महिलाले मुक्ति र परिवर्तनका निम्ति सङ्घर्ष गरेको स्मरण गरे । प्रधानमन्त्रीले भन्नुभयो, “गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको सङ्घषघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ । उहाँहरुलेसङ्घर्ष र बलिदानीको उच्च कीर्तिमानी नराखेको रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ ।” 

महिलाको सहभागिता र भूमिकाबिना संसारमा कहीँ पनि परिवर्तन नभएको भन्दै उनले महिलाको सङ्घर्षका कारण आज राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए। “स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व भए पनि यो अझै पर्याप्त छैन । पुरूष सरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ”, उनले भने।

प्रधानमन्त्रीले कानुनमा भएको प्रगतिशिल व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । उनले कानुनको  प्रभावकारी कार्यान्वयनमा अहिले पनि चुनौती रहेको स्पष्ट पारे । “हाम्रो समाज र संस्कृतिमा रूपान्तरण ल्याएर मात्र यसको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । त्यसका लागि सामाजिक जागरणको अभियान जरुरी छ”, प्रधानमन्त्रीले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ: अर्थमन्त्री वाग्ले

काठमाडौँ।अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था १० वर्षअघिको भारतको अवस्थासँग मिल्दोजुल्दो रहेको उल्लेख गरेको छन् । बाह्रखर...

धोबी खोला करिडोरका पक्की घर भत्काउन थालियो

काठमाडौँ। काठमाडौँ महानगरपालिका–१० धोबी खोला क्षेत्रमा रहेको देवीनगरमा अतिक्रमण गरी बनाइएका पक्की भवनहरू भत्काउन सुरु गरिएको छ । आजदेखि यहाँ रहेका ...

प्रधानमन्त्री बालेनलाई ज्ञवालीको प्रश्न : बागमतीमा बगेको आँशुले नेपाल हाँसिरहेको देखिन्छ कि रोइरहेको ?

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवाली ले बागमती नदी किनारमा सुकुमवासी बस्ती हटाउने क्रममा देखिएको मानवीय पीडामाथि प्रश्न उठाउँदै सरकारको विकास ...

इजरायलका लागि जासुसी गरेको आरोपमा इरानद्वारा दुई जनालाई मृत्युदण्ड

तेहरान। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा शनिबार दुई जनालाई  मृत्युदण्ड दिएको इरानी अदालतले जनाएको छ । यघौब करिम्पोर र नासेर बेक्रजादेहलाई गुप्...

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीनवटा नयाँ अध्यादेश जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संव...

मापदण्ड मिचेको निष्कर्षपछि रोकिएको विष्णुमतीको घर पुन: भत्काउन सुरु

काठमाडौं । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेपछि रोकिएको डोजरले पुन: काम अघि बढाएको छ। उक्त क्ष...

सुकुम्बासी समस्या समाधानमा लोकतान्त्रिक शैली अपनाउन कांग्रेसको आग्रह

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता  भीष्मराज आङ्देम्बेले सुकुम्बासी बस्ती हटाउन सरकारले लोकतान्त्रिक शैली अपनाउनु पर्ने...

सल्यानमा भवनको जग खन्ने क्रममा ८६ वटा बम फेला

सुर्खेत । सल्यानमा भवन निर्माणका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा बम तथा विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी कार्...

रोल्पा जिप दुर्घटना: छानबिन समितिको अवधि सकियो, प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । रोल्पाको थवाङमा भएको जिप दुर्घटनाको सत्यतथ्य छानबिन गर्न गठित समितिको समयावधि आज सकिएको छ । २०८३ वैशाख १७ गते रोल्पाको थवाङ गाउँपालिका–१ मा...

नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending