Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

मोबाइल सेवा अवरुद्ध हुने समस्या समाधान गर्न प्रणालीगत सुधार गरिने

खबरडबली संवाददाता
काठमाडौ । नेपाल टेलिकमले मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुने समस्या दोहोरिन नदिन प्रणालीगत सुधार गर्ने भएको छ । 
 
मङ्गलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकबाट तत्काल समाधान गरिएको जनाउँदै त्यसको प्रणालीगत सुधार गर्ने टेलिकमले जनाएको छ । 
 
टेलिकमले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘समाधान भइसकेपश्चात् छोटो अवधिमा पनि रोकिएका कलहरूको सङ्ख्यामा एक्कासि अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहक महानुभावले असजिलोपन व्यहोर्नुप¥यो, यसरी प्राविधिक समस्याका कारण ग्राहक महानुभावमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमा प्रार्थी छ ।’ सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको जनाउँदै भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधान गर्ने टेलिकमको प्रतिबद्धता छ ।
 
साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवामा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनीले सम्पूर्ण ग्राहक महानुभावमा अनुरोधसमेत गरेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दियामा चितुवाको आक्रमणबाट घाँस काट्न गएको युवाको मृत्यु

बर्दिया। बर्दियामा सामुदायिक वनमा घाँस काट्न गएको बेलामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ। गुलरिया नगरपालिका–५ तुल्सीपुरका ३५ वर्षीय नन्द...

निर्वाचन आचारसंहिताको उल्लंघनबारे मानव अधिकारको चेतावनी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भइरहेका भ...

नेप्से परिसूचक २७ अंकले बढ्यो, उच्च कारोबारमा हाइड्रोपावर कम्पनी

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल धितोपत्र बजार (नेप्से) उत्साहित देखियो। नेप्से परिसूचक २७.१९ अंकले बढेर २,७०८.७० विन्दुमा पुगेर बन्...

जनताबाट अस्वीकृत भएका र जेलेन्सकी प्रवृत्तिसँग तालमेल गरिदैन : प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब कुनै पनि दलसँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन्। उनले पार्टीका सबै जिल्लाका निर्वाचन परि...

सरकारले फ्री भिसा–फ्री टिकट नीतिको पुनरावलोकनमा गृहकार्य सुरु गर्यो

काठमाडौं । सरकारले खाडी मुलुकहरूमा वैदेशिक रोजगारीका लागि लागू गरेको फ्री भिसा, फ्री टिकट नीति कार्यान्वयन भएको एक दशकपछि पुनरावलोकन गर्ने तयारी थालेक...

टी–२० विश्वकप अभ्यास खेल : नेपाललाई क्यानडाको १६२ रनको चुनैतीपूर्ण लक्ष्य

काठमाडौँ। आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा नेपाललाई जितका लागि क्यानडाले एक सय ६२ रनको चुनैतीपूर्ण लक्ष्य दिएको छ ।  चेन्नईस्थित एमए चिदा...

नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड हो: गृहमन्त्री अर्याल

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताएको छन्।  बिहीबार नेपाल दूरसञ...

सुर्तीजन्य पदार्थ ऐन २०६८ पालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ। सरकारले सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन)ऐन २०६८ का प्रावधानहरु पूर्णरुपमा पालन गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा...

बाुवाटारमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच दुई घण्टा लामो वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब दुई घण्टा वार्ता भएको छ। ओली बिहान करिब ९...

मौसमले साथ नदिए दोस्रो चरणमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

मुस्ताङ। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको दिनमै हिमपात भएको स्थानमामात्रै दोस्रो चरणमा निर्वाचन हुन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE