काठमाडौ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि दुई समिति गठन गरेको छ ।
सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनमा नेविसङ्घलाई जिताउनका लागि आज घोषणापत्र तयारी समिति र प्रचारप्रसार समिति गठन गरेको हो ।
अध्यक्ष शेर्पाका अनुसार घोषणापत्र तयारी समितिको संयोजकमा सङ्घका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व (तनहुँ) र प्रचार–प्रसार समितिको संयोजकमा डा सन्तोष उपाध्याय (ललितपुर) रहेको छन् ।
दुई समितिलाई नै निर्वाचनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन आवश्यकतानुसार समन्वय गरी समिति विस्तार तथा उपसमिति गठन गर्ने अधिकारसमेत दिइएको छ ।
अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गरी विद्यार्थीको हकहितको रक्षा र सम्मान गर्न नेविसङ्घ तयार रहेको बताए । उनले समयमै परीक्षाफल प्रकाशित नहुनु र शैक्षिक बेरोजगारको अवस्था सिर्जना हुनुले शैक्षिक क्षेत्रमा देखिएको ढिलासुस्ती र नीतिगत कठिनाइलाई चिर्न स्ववियु निर्वाचन आवश्यक रहेको बताए।
गत पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । विस २०७३ चैत १५ गते केही आङ्गिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ सालदेखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको थिएन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १७:०१
काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...
पौष १ गते, २०८२ - १६:३४
काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:२२
काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...
पौष १ गते, २०८२ - १६:१६
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...
पौष १ गते, २०८२ - १६:०२
धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी का...
पौष १ गते, २०८२ - १५:५७
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...
पौष १ गते, २०८२ - १५:४९
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् । सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...
पौष १ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...
पौष १ गते, २०८२ - १५:२६
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...




प्रतिकृया लेख्नुहोस्: