काठमाडौ ।क्रिप्टो कारोबार, हाइपर नेटवर्किङ र अनलाइन जुवा ९बेटिङ०सँग सम्बन्धित वेवसाइट तथा एप्लिकेसनहरू बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।
नेपालको मौजुदा कानूनी व्यवस्थाले क्रिप्टो कारोबार, नेटवर्किङ र अनलाइन जुवालाई अवैध मानेको छ । तर, यस्ता वेवसाइट र एप्लिकेसन भने निर्वाध चलिरहेका छन् । सरकारले यसअघि नै अनलाइन प्रविधिमार्फत् हुने क्रिप्टो करेन्सी कारोबार, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायत गैरकानूनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेवसाइट, एप्लिकेसन र अनलाइन सञ्जाललाई बन्द गर्न निर्देशन दिए पनि इन्टरनेट सेवा प्रदायकहरूले अटेरी गरेपछि फेरी निर्देशन दिनु परेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
यस्ता वेवसाइट र एप्लिकेसन बन्द गर्नका लागि सेवा प्रदायकहरूलाई दोस्रोपटक निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए “अर्थ मन्त्रालयबाट परिपत्र भए बमोजिम हामीले करिब एक वर्षअघि इन्टरनेट सेवा प्रदायकहरूलाई यस्ता साइट बन्द गर्न निर्देशन दिएका थियौँ । तर उक्त निर्देशनको प्रभावकारी पालना भएको नदेखिएपछि अहिले फेरी निर्देशन दिइएको हो ।”, पौडेलले भने । यो निर्देशन पालना नगर्ने सेवा प्रदायकहरूलाई कारबाही गरिने पनि प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विट क्वाइन, हाइपर नेटवर्किङ्ग, अनलाइन जुवालगायतका विषयसँग सम्बन्धित वेवसाइट र एप्लिकेसन सञ्चालनमा रोक लगाउन भनेको छ । त्यस्तो वेवसाइट, एप्लिकेसन वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेल सहित) सेवा प्रदायक संस्थाहरुलाई दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हो । यसअघि सरकारले अश्लील साइटहरु पनि बन्द गर्न सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: