काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा लफडा भएको छ । प्रधानमन्त्री प्रचण्डले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि अर्का उपप्रधानसहित भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएका छन् ।
प्रधानमन्त्री प्रचण्डपछिको वरियतामा आफूलाई राख्नुपर्ने श्रेष्ठले आफू निकट नेताहरूसँग गुनासो गर्ने गरेका छन् । अर्थमन्त्री पौडेलभन्दा आफू वरियतामा अघि हुनुपर्ने श्रेष्ठको भनाई छ । यस्तै रास्वपाबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएपछि माओवादी नेता वर्षमान पुन असन्तुष्ट छन् ।
उपप्रधानसहित गृहमन्त्री लिएर लामिछाने वरियतामा अघि भएपछि पुन चिढिएका हुन् । सरकारमा जाने सम्भावना भएपनि वरियताकै कारण पुनले मन्त्री नहुने निकटस्थहरुसँग बताउने गरेका छन् । यद्यपि पुनले सरकारमा जानेरनजाने विषयमा कुनै स्पष्ट खुलाएका छैनन् । यस्तै पार्टीका अर्का प्रभावशाली नेता जनार्दन शर्मा मन्त्री हुने चक्करमा छैनन् । शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री भई भर्खरै विदा भएकाले उनले आफू पार्टीको संगठनमा लाग्ने बताउने गरेका छन् ।
यस्तै पार्टीका उपमहासचिव एवम् जाजरकोटबाट प्रतिनिधिसभामा निर्वाचित शक्तिबहादुर बस्नेत मन्त्री हुने दौडधुपमा लागेका छन् । उनले वरियता जस्तोसुकै भएपनि स्वीकार्ने संकेत दिएका छन् । उपप्रधानसहित गृहमन्त्री भएका लामिछानेभन्दा वरियतामा तल बसेर भएपनि सरकारमा जान तयार भएका छन् । लामिछाने आफ्नो पार्टीको नेता नभएकाले सरकारमा जान वरियताले कुनै असर नपर्ने बस्नेतले बताए ।
आफूलाई वरियताकै कारण सरकारमा नजाने हल्ला चलाइएको भन्दै बस्नेतले असन्तुष्टि पोखे । बस्नेत वरियतामा लामिछाने भन्दा तल भएपनि सरकारमा जान तयार भएका छन् । उनी यसअघि गृहमन्त्री भएपनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री भएका थिए ।
यसपटक पनि बस्नेत वरियताको कुनै प्रभाव नगर मन्त्री हुने चक्करमा लागेका छन् । बस्नेत चारपटक सांसद तीन पटक मन्त्री भइसकेका छन् । प्रधानमन्त्री प्रचण्डले यसपटक युवा सांसदलाई अघि सार्ने तयारी गरेका छन् । पटक–पटक मन्त्री र सांसद भएका भन्दा युवालाई प्राथमिकतामा राखेर मन्त्री बनाउने योजनामा उनी लागेका छन् ।रातोटी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - १७:०६
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १७:०२
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...
मंसिर २६ गते, २०८२ - १६:५०
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...
मंसिर २६ गते, २०८२ - १६:३६
काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...
मंसिर २६ गते, २०८२ - १६:१०
काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...
मंसिर २६ गते, २०८२ - १५:४५
अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ
मंसिर २६ गते, २०८२ - १५:३३
डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...
मंसिर २६ गते, २०८२ - १५:२५
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...
मंसिर २६ गते, २०८२ - १५:१६
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...
मंसिर २६ गते, २०८२ - १४:५७
काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...




प्रतिकृया लेख्नुहोस्: