Khabar Dabali २६ जेष्ठ २०८३ मंगलवार | 9th June, 2026 Tue
Investment bank

वीरगञ्जमा विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

खबरडबली संवाददाता

पर्सा । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका–२५ खलवाटोला सिर्सियामा सञ्चालित विद्यालयमा अध्ययनरत १४ वर्षीय नीरजकुमार दुसादको अपहरण तथा हत्याको अभियोगमा सोही विद्यालयका प्रधानाध्यापक पर्साको धोवनी गाउँपालिका–१ घोडदौर पिपरा निवासी ३० वर्षीय दिलीपकुमार पटेल र उनका सहयोगी वीरगञ्ज–१७ अलौँ निवासी २४ वर्षीय कृष्ण भरेन भनिने श्यामप्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पटेल र यादवलाई आज प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा अभियुक्तद्वयलाई सर्वजनिक गर्दै प्रहरी उपरीक्षक कोमल शाहले मृतक नीरजका पिता श्रीराम हजार दुसादसँग रु ५० लाख फिरौती लिने उद्देश्यले मङ्सिर ५ गते बालकको अपहरण गरी पटेल र यादवले हत्या गरेको जानकारी दिनुभयो । उनले  अपहरणको १२ दिनपछि अर्थात् मङ्सिर १७ गते मोबाइलबाट नीरजका पितालाई फोन गरी यादवले रु ५० लाख फिरौती माग गरेपछि उक्त नम्बरलाई पच्छ्याउँदै जाँदा पहिले यादव र उनले दिएको जानकारीका आधारमा घटनाका मुख्य योजनाकार पटेल पक्राउ परेको बताए।
 
पटेल र यादव पक्राउ परेपछि उनीहरूसँग सोधपुछ गर्दा पटेलले दिएको जानकारीका आधारमा पुस १० गते राति शौचालयको ट्याङ्कीबाट नीरजको शव बरामद गरेको उपरीक्षक शाहले जानकारी दिए। उनले पटेल र यादवको आर्थिक अवस्था खराब हुँदै गएकोे र नीरजका पिता दुसादलाई नेपाल सरकारबाट जग्गाको मुआब्जा बापत लाखौँ रकम पाउने जानकारी पाएपछि बालकको अपरहण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।
 
नीरजलाई प्रधानाध्यापक पटेलले पहिलेदेखि नै चिनेको र उनले बोलाउँदा सहजै भनेको स्थानमा आउने भएकाले उनको अपहरण गर्ने योजना बनाएको पटेलले बयानमा स्वीकार गरेको उपरीक्षक शाहले जानकारी दिए। उनले मङ्सिर ४ गते विद्यालय छुट्टी भएको दिनै नीरजलाई बोलाउँदा सो दिन नआएको र सोको भोलिपल्ट दिउँसो २ बजे आएपछि उनलाई बन्धक बनाई राख्न खोज्दा नीरज कराउन थाले पनि उनलाई शान्त पार्न घाँटी थिच्दा उनको मृत्यु भएको थियो । आफू बसेको घर अगाडि रहेको शौचालयको ट्याङ्कीमा शवलाई हाली दिएको पटेलले जानकारी दिएपछि प्रहरीले पुस १० गते राति बालकको शव बरामद गर्न सफल भएको बताए ।

मृत बालकको शव परीक्षणपछि सत्गतका लागि अभिभावकको जिम्मा लगाइएको छ भने घटनामा संलग्न थप एक जान अभियुक्तको खोजीकार्य भइरहेको उपरीक्षक शाहले जानकारी दिए। उनले पक्राउ परेका दुवै जना अभियुक्तमाथि शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा चलाउने तयारी रहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेविरुद्धको संगठित अपराध अभियोग हटाउन पर्सा अदालतको अनुमति

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध पर्सा जिल्ला अदालतमा दायर गरिएको मुद्दामा लगाइएको संगठित अपराधसम्बन्धी ...

एमालेले असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन गर्ने

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा नेतृत्वमा गठित निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलले देशव्यापी रूपमा सुझाव सङ्कलन कार्यक्रम सञ्च...

सुधन गुरुङ र महावीर पुनले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् विस्तार गरेका छन्। आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले व...

कार दुर्घटनामा भारतीय पर्यटक घाइते

तनहुँ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२, देउरालीमा मङ्गलबार दिउँसो कार दुर्घटना हुँदा तीन जना भारतीय पर्यटक घाइते भएका छन् ।  डुम...

पृथ्वी राजमार्गको गल्छीमा पर्यटक माइक्रो र कार ठोक्किँदा सात जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–७, गल्छी बजारमा पर्यटक माइक्रो र कार आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मङ्गलबार दिउँ...

विपक्षी दलको बैठक जारी, को कोे सहभागी भए ?

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक अहिले जारी ...

सुधन गुरुङ र महावीर पुनले शपथ लिँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारअन्तर्गत गृह मन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले आज पद तथा गोपनीयताको शपथ लि...

मन्त्रिपरिषद् बैठकमा डीडीसीका उत्पादन वितरण, स्वदेशी वस्तु प्रवर्द्धनमा सरकारको जोड

काठमाडौं । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उत्पादन वितरण गर्दै स्वदेशी वस्तुको प्रवर्द्धन र किसान...

बागमतीबाट रास्वपाको प्रदेश अधिवेशन सुरु

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशस्तरीय अधिवेशनको सुरुवात बागमती प्रदेशबाट गरेको छ। हेटौंडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबा...

कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो सवा ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending