Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

वीरगञ्जमा विद्यार्थी अपहरण तथा हत्याको अभियोगमा प्रधानाध्यापक पक्राउ

खबरडबली संवाददाता

पर्सा । कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । 

वीरगञ्ज महानगरपालिका–२५ खलवाटोला सिर्सियामा सञ्चालित विद्यालयमा अध्ययनरत १४ वर्षीय नीरजकुमार दुसादको अपहरण तथा हत्याको अभियोगमा सोही विद्यालयका प्रधानाध्यापक पर्साको धोवनी गाउँपालिका–१ घोडदौर पिपरा निवासी ३० वर्षीय दिलीपकुमार पटेल र उनका सहयोगी वीरगञ्ज–१७ अलौँ निवासी २४ वर्षीय कृष्ण भरेन भनिने श्यामप्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका पटेल र यादवलाई आज प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयमा अभियुक्तद्वयलाई सर्वजनिक गर्दै प्रहरी उपरीक्षक कोमल शाहले मृतक नीरजका पिता श्रीराम हजार दुसादसँग रु ५० लाख फिरौती लिने उद्देश्यले मङ्सिर ५ गते बालकको अपहरण गरी पटेल र यादवले हत्या गरेको जानकारी दिनुभयो । उनले  अपहरणको १२ दिनपछि अर्थात् मङ्सिर १७ गते मोबाइलबाट नीरजका पितालाई फोन गरी यादवले रु ५० लाख फिरौती माग गरेपछि उक्त नम्बरलाई पच्छ्याउँदै जाँदा पहिले यादव र उनले दिएको जानकारीका आधारमा घटनाका मुख्य योजनाकार पटेल पक्राउ परेको बताए।
 
पटेल र यादव पक्राउ परेपछि उनीहरूसँग सोधपुछ गर्दा पटेलले दिएको जानकारीका आधारमा पुस १० गते राति शौचालयको ट्याङ्कीबाट नीरजको शव बरामद गरेको उपरीक्षक शाहले जानकारी दिए। उनले पटेल र यादवको आर्थिक अवस्था खराब हुँदै गएकोे र नीरजका पिता दुसादलाई नेपाल सरकारबाट जग्गाको मुआब्जा बापत लाखौँ रकम पाउने जानकारी पाएपछि बालकको अपरहण गरी हत्या गरेको अनुसन्धानबाट खुलेको बताए ।
 
नीरजलाई प्रधानाध्यापक पटेलले पहिलेदेखि नै चिनेको र उनले बोलाउँदा सहजै भनेको स्थानमा आउने भएकाले उनको अपहरण गर्ने योजना बनाएको पटेलले बयानमा स्वीकार गरेको उपरीक्षक शाहले जानकारी दिए। उनले मङ्सिर ४ गते विद्यालय छुट्टी भएको दिनै नीरजलाई बोलाउँदा सो दिन नआएको र सोको भोलिपल्ट दिउँसो २ बजे आएपछि उनलाई बन्धक बनाई राख्न खोज्दा नीरज कराउन थाले पनि उनलाई शान्त पार्न घाँटी थिच्दा उनको मृत्यु भएको थियो । आफू बसेको घर अगाडि रहेको शौचालयको ट्याङ्कीमा शवलाई हाली दिएको पटेलले जानकारी दिएपछि प्रहरीले पुस १० गते राति बालकको शव बरामद गर्न सफल भएको बताए ।

मृत बालकको शव परीक्षणपछि सत्गतका लागि अभिभावकको जिम्मा लगाइएको छ भने घटनामा संलग्न थप एक जान अभियुक्तको खोजीकार्य भइरहेको उपरीक्षक शाहले जानकारी दिए। उनले पक्राउ परेका दुवै जना अभियुक्तमाथि शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा चलाउने तयारी रहेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, तीन अर्बमाथीको कारोबार

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६६ प्रतिशत...

भिजिट भिसा प्रकरण: रमेश लेखकसहित उच्चपदस्थ कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री रमेश लेखक र उच्चपदस्थ कर्मचारीहरूलाई भिजिट भिसा प्रकरणमा भ्रष्टाचारको अनुसन्धान गरिरहेक...

दवाडी र खापुङसँग जाँचबुझ आयोगले लिन थाल्यो बयान

काठमाडौँ । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगले गृह मन्त्रालयका तत्कालीन सचिव गोकर्णमणि दुवाडी र तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसँ...

सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीको निजी सचिवालयका अनुसा...

पूर्वमुख्यसचिव अर्यालको जवाफ: शान्तिपूर्ण आन्दोलनको नाममा निषेधाज्ञा उल्लंघन भयो

अंकित मल्ल, सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले जिम्मेवार लिनुपर्छ

डडेलधुराबाट प्रतिनिधिसभा उम्मेदवारमा देउवाको एकल सिफारिस

डडेल्धुरा । नेपाली कांग्रेस डडेलधुराले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम एकल सिफारिस गरेको छ। ...

भदौ २४ मा थप ‘क्याजल्टी’ हुन नदिन बालुवाटार छोडेँ: ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते थप ‘क्याजल्टी’ हुन नदिन आफूले बालुवाटार छोडेको बताएको छन् । प्रेस चौतारी, नेपालले बिहीबार ...

आशा छ - मेरो विरुद्ध कोही नउठुन् र निर्विरोध जितूँ: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हुने नेतृत्व चयन प्रक्रियामा आफ्नाविरुद्ध कोही उम्मेदवार नआओस् भन्ने आशा अझै कायम रहेको बता...

भिजिट भिसा तस्करी प्रकरण: सहसचिव भट्टराईसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । भिजिट भिसा तस्करी प्रकरणमा नेपाल सरकारका सहसचिव तीर्थराज भट्टराई र शाखा अधिकृत यज्ञ अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending