बागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले गठबन्धन सफल हुँदै गएकाले निर्वाचनपछि समेत गठबन्धन कायम रहने बताएको छन् ।
बागलुङ निर्वाचन क्षेत्र नं १ मा २१ हजार चार सय ५१ मत प्राप्त गरेर विजयी हुनुभएका केसीले आज बागलुङ बजारमा निकालेको विजयी ¥यालीपश्चात् आयोजित कोणसभामा बागलुङमा गठबन्धन सफल भएको बताए ।
उहाँले बागलुङ जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गठबन्धनका साझा उम्मेदवार विजयी भएकाले गठबन्धन शतप्रतिशत सफल भएको बताउँदै प्रतिगमनका विरुद्धमा आफ्नो लडाइँ अगाडि बढेको बताए ।
“बागलुङमा प्रतिगमन परास्त भएको छ, गठबन्धन सफल भयो, राष्ट्रिय जनमोर्चाले मिल्दो एजेण्डामा मात्रै गठबन्धनमा सहभागी भएको छ, नमिल्दा एजेण्डा हाम्रो पार्टीका मात्रै हुन”, अध्यक्ष केसीले भने, “गठबन्धन चुनावपछि समेत कायम हुन्छ, जनमोर्चाले सरकारमा जाने नजाने विषयमा केही निर्णय गरेको छैन, बागलुङको समग्र विकासमा सक्दो भूमिका खेल्ने छु, मतदातालाई धन्यवाद ।”
सादगी र स्वच्छ छविका नेताको रुपमा परिचित राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले चौथो पटकलाई संसद् यात्रा तय गरेको छन् । पन्ध्र वर्षपछि चुनावी मैदानमा उत्रिएका ८२ वर्षीय केसी चौथोपटक संसद् भवन छिर्दै हुनुहुन्छ । विसं २०५४ र २०६४ मा बागलुङ क्षेत्र नम्बर २ बाट प्रत्यक्ष चुनाव जित्नुभएका केसी २०७० सालमा समानुपातिकबाट संसद् छिर्नुभएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ३० गते, २०८२ - १७:२४
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...
फाल्गुन ३० गते, २०८२ - १३:५२
काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एशिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर र...
फाल्गुन ३० गते, २०८२ - १३:३९
इनरुवा। सुनसरीको गढी गाउँपालिका २ औरावनीबाट लागु औषध ट्रामाडोल र स्पास्पेन सहित एकजना पक्राउ परेका छन् । जिल्लाको गढी गाउँपालिका वडा नम्बर २ औरावन...
फाल्गुन ३० गते, २०८२ - १३:३१
मुस्ताङ। प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुन: सुरु भएको छ। मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चाप समेत न्यू...


प्रतिकृया लेख्नुहोस्: