व्यवसायी भन्छन् : चुनावमा नेतालाई भोट दिन्छौँ, नोट दिन सक्दैनौँ
कार्तिक २९ गते, २०७९ मगलवार 15th November, 2022 Tue१६:५३:४५ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौँ । मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब पाँच दिन मात्रै बाँकी छ । निर्वाचन आएसँगै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारले खर्च पाउने अधिकतम सीमा तोकेको छ । विगतका निर्वाचनमा राजनीतिक दल, तिनका उम्मेदवारले चन्दा उठाए र दबाब दिए भन्ने सुनिन्थ्यो । तर यसपटक आमरुपमा त्यस्ता गुनासा सुनिएको छैन ।
यद्यपि, निर्वाचन असाध्यै महङ्गो भएको चर्चा पनि चलेको छ । आयोगले तोकेको खर्चको सीमा आफैँमा कम भएको उम्मेदवारहरुले बताउँदै आएका छन् । निर्वाचन अर्थतन्त्रसँग जोडिने भएकाले यसमा खर्च स्वाभाविक रुपमा जोडिएर आउँछ ।
अघिल्ला निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले जबर्जस्ती चन्दा उठाएको तथा दबाब धम्की दिएको भन्ने गुनासो आउने गरेको भए पनि यसपटक त्यस्तो सुन्नु नपरेको स्वयम् उद्योगी तथा व्यवसायीहरु बताउँदै आएका छन् ।
अर्थतन्त्रमा चर्को दबाब परेको, उद्योग व्यवसायसमेत मर्कामा परेका कारण स्वयम् उद्योगी तथा व्यवसायी आफैँले पनि चन्दा दिनसक्ने अवस्थामा छैनन् । रुस र युक्रेन सङ्घर्षका कारण अर्थतन्त्रमा बाह्य दबाब कायमै छ । त्यसको अर्को प्रभाव अर्थतन्त्रको घरेलु रुपमा परेको छ ।
बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएका कारण मुलुकको समग्र अर्थतन्त्रमा प्रभाव परेको छ । अहिले सहज रुपमा ऋण पाउने अवस्था छैन । उच्च ब्याजदरका कारण लगानीकर्ताको मनोबल घटेको टिप्पणी भइरहेको छ । त्यसकारण पनि उद्योगी व्यवसायीले निर्वाचनका लागि भनेर यसपटक चन्दा दिन सक्ने अवस्था नरहेको उद्योगी तथा व्यवसायीको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार यस पटकको निर्वाचनमा चन्दाको खासै दबाब आएको छैन । “व्यवसायीहरु आफैँ चन्दा दिनसक्ने अवस्थामा छैनन् । व्यापार व्यवसायलाई नियमित राख्ने भन्ने चिन्तामा रहेका उद्योगी व्यवसायीले चन्दा कसरी दिनु ?”, उनले भने। यद्यपि उद्योगी व्यवसायीहरुले आ–आफ्नो हैसियतअनुसार चन्दा दिएको भने हुनसक्ने उनको भनाइ छ । तर यसपटक भने चन्दाकै लागि दबाब भने नभएको उहाँले बताए ।
अर्थतन्त्र चापमा परेको विषयमा प्रमुख राजनीतिक दल र उम्मेदवार आफैँ जानकार छन् । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव उस्तै छ । चौतर्फी दबाबका कारण नेपाल बैंकर्स सङ्घले आगामी महिना ब्याजदर नबढाउने निर्णय आज मात्रै गरेका छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका सङ्घका उपाध्यक्ष सुनिल केसीले मङ्सिर महिनामा ब्याजदर नबढाउने निर्णय भएको जानकारी दिए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल उम्मेदवारलाई भोट दिएर सहयोग गर्ने तर नोट दिन नसक्ने स्पष्ट पारे । उनले कतिपय पार्टीका नेता तथा उम्मेदवारलाई स्वतःस्फूर्त रुपमा केहीले सहयोग गरेको भए पनि आमरुपमा सहयोग गर्न नसक्ने अवस्था रहेको बताए । “हामीले स्पष्टरुपमा भोट दिएर सहयोग गर्छौं, नोट दिन सक्दैनौँ भनेका छौँ”, उनले भने।
चेम्बर अफ कमर्सका कुनै पनि सदस्य र पदाधिकारीले यसपटक चन्दाका लागि दबाब महसुस गर्नु नपरेको उहाँको भनाइ छ । निर्वाचनपछि देशको अर्थतन्त्रले लय समात्ने र हाल देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गर्दै अध्यक्ष मल्लको छ ।
केही उम्मेदवारले भने सार्वजनिक रुपमा नै चन्दाका लागि आह्वान गरेका छन् । रुपन्देहीमा वाम लोकतान्त्रिक गठबन्धनको समेत सहयोग पाउनुभएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले बैंकको खाता नम्बर सार्वजनिक गरी सहयोगका लागि आग्रह गरेका छन् । शुभचिन्तकहरुले युआर कोड स्क्यान गरी सहयोग गर्न सक्ने प्रबन्ध गरिएको छ ।
काठमाडौँ क्षेत्र नं ९ मा साझा पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएका उम्मेदवार मिलन पाण्डेले पनि सहयोगका लागि आग्रह गरेका छन् । साथै, काठमाडौँ क्षेत्र नं ७ मा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएका अस्मिता सिंह ९मानुषी यमी भट्टराई०ले पनि शुभेच्छुकलाई सहयोगका लागि आग्रह गरेको छ । त्यस्तै, अन्य केही उम्मेदवारले समेत सहयोगका लागि सार्वजनिक आह्वान गरेको छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका रवीन्द्र मिश्रले निर्वाचन आयोगले तोकेको खर्च गर्न पाउने सीमा बराबरको सहयोग रकम आफूलाई प्राप्त भइसकेको भन्दै अब सहयोग नगर्न अपिलसमेत गर्नुभएको छ ।
यस्तो छ उम्मेदवारले खर्च गर्न पाउने सीमा
आयोगका अनुसार काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ मा प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च पाउनेछन् । त्यसबाहेक मुलुकका १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाखसम्म खर्च गर्न पाउनेछन् ।
आयोगले निर्धारण गरेको खर्चको सीमाअनुसार २६ निर्वाचन क्षेत्रका उम्मेदवारले रु ३३ लाख, ६५ निर्वाचन क्षेत्रका उम्मेदवारले रु २९ लाख र ५२ निर्वाचन क्षेत्रका उम्मेदवारले रु ३१ लाखभन्दा बढी खर्च गर्न पाउने छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...
हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...
काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...
सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...
हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...
काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...
प्रतिकृया लेख्नुहोस्: