Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

काभ्रेका २६ मतदान केन्द्र ‘अति संवेदनशील’

खबरडबली संवाददाता
काभ्रे । जिल्लामा २६ मतदान केन्द्र ‘अति संवेदनशील’ रहेको जनाइएको छ । मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाको एक सय ९० स्थानमा व्यवस्थित गरिएकामध्ये तीन सय ८९ मतदान केन्द्रमध्ये २६ अति संवेदलशील, ४९ संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको हो । भौगोलिक विकटता, अन्य केन्द्रका तुलनामा अधिक मतदाता सङ्ख्या भएको तथा गत निर्वाचनमा भएका घटनाका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदान केन्द्रलाई वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताए ।
 
“सामान्य भनिएका केन्द्रमा पनि घटना हुने गर्छन्, सामान्यतया भौगोलिक विकट्तालाई संवेदनशील मानिन्छ” पाण्डेले भने । प्रजिअ पाण्डेका अनुसार संवेदनशील ठानिएका केन्द्रमा आवश्यक सुरक्षाकर्मीको व्यवस्थापनसँगै गृहमन्त्रालयको निर्देशानुसार छुट्टै सुरक्षा रणनीति अपनाइन्छ । काभ्रेपलाञ्चोकको तीन लाख १० हजार ६३ मतदाता छन् । निर्वाचन प्रयोजनका लागि तीन हजार एक सय १२ कर्मचारी र एक हजार पाँच सय ५६ स्वयंसेवक परिचालन गरिँदैछ । 
 
यसैगरि जिल्लामा एक हजार चार नेपाल प्रहरी र एक हजार आठ सय ८७ म्यादी प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्रराज जोशीका अनुसार निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा आवश्यक थप चार सय २८ प्रहरी व्यवस्थापन भइरहेको छ । 
 
यस्तै कर्मचारी परिचालनकार्य अन्तिम चरणका पुगेको सदरमुकाम धुलिखेलस्थित मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । एक मतदान केन्द्रमा आठ कर्मचारी र चार स्वयंवेवक परिचालन हुनेछन् । हाल जिल्लाका दुई निर्वाचन अधिकृतको कार्यालय धुलिखेल र पनौतीमा मतदान केन्द्रमा पठाउन प्रत्यक्षतर्फको मतपत्र प्याकिङको काम भइरहेको छ । मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईका अनुसार हाल ब्यवस्थापन भइरहेका कर्मचारी मङ्सिर १ गते खटाइएको मतदान केन्द्रमा जानेछन् । कर्मचारी तथा सुरक्षा निकायका व्यक्तिले पनि मतदान गर्न पाउने व्यवस्थाअनुसार जिल्लाका पाँच अस्थायी मतदान केन्द्रको व्यवस्थापन गरिएको भट्टराईले बताउनुभयो ।
 
५० भन्दा धेरै अस्थायी मतदाता भएका स्थान सशस्त्र प्रहरी १५ नं गण पाँचखाल, जिल्ला कारागार कार्यालय, धुलिखेलस्थित कालिजंग गण र नेपाल प्रहरीका लागि एक केन्द्र र भकुण्डेस्थित नेपाली सेनाको बाहिनीमा अस्थायी राखिने भएको हो । जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा एकतीस दल क्रियाशील रहेका छन् । 
 
जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाता छन् ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला तथा बालबालिका मन्त्री श्रेष्ठले गरिन् पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीको ...

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौँ। राष्ट्रपति रामचन्द्र  पौडेलले राजनीतिका लागि पटकपटक सङ्घर्षबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित ...

च्यासलमा महाधिवेशन लक्षित एमाले सचिवालय बैठक सुरु

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी तथा केन्द्रीय क...

नवनियुक्त चार मन्त्रीले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त चार जना मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मन्त्रीमा नियु...

नेपाली राजनीतिमा अब युवाको दबदबालाई कसैले रोकेर रोकिदैन: मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनलाई छाडेर गरिने कुनै पनि संवाद र कार्यक्रम अपूरो हुने बताएको छन्।  राष्ट्रिय यु...

हेटौँडा बजार सडक विस्तारविरुद्ध सर्वोच्चमा मिसिल झिकाउने आदेश

हेटौँडा । हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ। सर्वोच्च अदालतको इजलास नम्बर २ मा शुक्र...

'जेनजी सुशासन योद्धा'का ४५ जनाको शालिक संसद् भवन परिसरमा बनाइने

काठमाडौं। गृह मन्त्रालयबाट विगत तीन महिनामा जेनजी आन्दोलन र यससँग सम्बन्धित विभिन्न ३२ वटा महत्वपूर्ण निर्णय भइ मन्त्रिपरिषदबाट स्वीकृत भएका छन् । गृह...

रवि लामिछानेबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारलाई डीपी अर्यालको आग्रह

सुर्खेत । रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछानेप्रति अहिलको सरकारले आफ्नो स्पष्ट धारणा तत्काल सार्वजनिक गर्नुपर्ने बताएक...

हिमपातपछि हुम्लाको लिमी गाउँ पूर्ण रुपमा बन्द

हुम्ला। नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउ पूर्ण रुपमा बन्द भएको छ । पाँच हजार मिटर उचाइको न्यालु लेकमा परेको यसअघिको हिउँ जमेर याताया...

दुधौरा पुल पुसभित्र सम्पन्न गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा खोलामाथि निर्माण भइरहेको चार लेनको ९० मिटर लामो कंक्रिट पुल आगामी पुस महि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending